ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

रोल्पामा बामपन्थी दबदबा, खस्कंदो काँग्रेस

२९ मंसिर २०७९, बिहीबार
२९ मंसिर २०७९, बिहीबार

रोल्पा, २८ मंसिर ।

रोल्पालाई बामपन्थीको उर्वरभूमि मानिन्छ । २०४६ सालको राजनैतिक परिवर्तनपछि भएका निर्वाचनमध्ये २०५१ र २०५६ को निर्वाचन बाहेक अन्य सवै निर्वाचन वामपन्थीहरुले जित्दै आएका छन् ।

२०४८ सालको संसदीय निर्वाचन रोल्पाबाट नेकपा एमाले र संयुक्त जनमोर्चाको गठबन्धनले जितेको थियो । राप्ती अञ्चलका ५ जिल्लामा भएको वाम गठवन्धनमा रोल्पाका दुवै निर्वाचन क्षेत्र तत्कालीन संयुक्त जनमोर्चाको भागमा परेको थियो । उसले दुवै क्षेत्र जितेको थियो । प्रतिनिधि सभा क्षेत्र नं. १ वाट बर्मन बुढामगर र २ वाट कृष्णवहादुर महराले जितेका थिए ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालले २०५१ को मध्यावधि निर्वाचन बहिष्कार गर्दा क्षेत्र नं. १ वाट राप्रपाका बालाराम घर्तीमगर र क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका सुरेन्द्र हमालले निर्वाचन जितेका थिए ।

२०५६ सालको प्रतिनिधिसभा निर्वाचन बेला नेकपा माओवादी सशस्त्र युद्धमा थियो । उसले सो चुनाव बहिष्कार गरेका कारण रोल्पा निर्वाचन क्षेत्र नं. १ वाट नेपाली काँग्रेसका लेखनाथ आचार्य र क्षेत्र नं. २ बाट सोही पार्टीका सुरेन्द्र हमालले चुनाव जितेका थिए ।

सरकार, माओवादीबीच भएको विस्तृत शान्ति संझौतासँगै द्वन्द्वरत माओवादी शान्ति प्रकृयामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा रोल्पाका दुवैक्षेत्र नेकपा माओवादीले जितेको थियो । क्षेत्र नं. १ बाट जयपुरी घर्तीमगर र क्षेत्र नं. २ बाट पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेका थिए । प्रचण्ड रोल्पा २ र काठमाडौ १० बाट विजयी भएका कारण एक निर्वाचन क्षेत्र छोड्नु पर्ने व्यवस्था अनुसार रोल्पा २ छोड्दा भएको उपनिर्वाचनमा नेकपा माओवादीका सन्तोष वुढामगरले उपनिर्वाचन जितेका थिए ।

२०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट कृष्णवहादुर महरा र क्षेत्र नं. २ बाट ओनसरी घर्तीमगर विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा रोल्पालाई १ प्रतिनिधि सभा र २ प्रदेश सभामा बाँडिएको थियो । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीले चुनावी गठवन्धन गरेका थिए । रोल्पाको १ प्रतिनिधि सभा र २ प्रदेश सभा नेकपा माओवादी केन्द्रको भागमा पर्दा प्रतिनिधि सभामा वर्षमान पुन र प्रदेश सभा क मा कुलप्रसाद केसी तथा ख मा दीपेन्द्र पुन विजयी भएका थिए ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठवन्धनको नाममा चुनाव लडेका थिए । उक्त निर्वाचनमा रोल्पाको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन र प्रदेश सभा १ मा जोखबहादुर महरा तथा प्रदेश सभा २ मा नेपाली काँग्रेसका अमरसिंह पुन गठवन्धनको साझा उम्मेदवार वनेका थिए । प्रतिनिधि सभा र प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन विजयी भएका थिए । प्रदेश सभा सदस्यमा निर्वाचित पुन नेकपा माओवादी केन्द्रको पूर्व पोलिटव्यूरो सदस्य तथा रोल्पा ईन्चार्ज हुन् ।

यसबीचमा भएका दुईवटा स्थानीय तह निर्वाचनमा समेत रोल्पा वामपन्थी बाहुल्य जिल्लाको रुपमा चिनिन पुगेको छ । दश स्थानीय तह रहेको रोल्पामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र ७ र नेकपा एमाले २ गरी ९ स्थानीय तह वामपन्थीले जित्दा नेपाली काँग्रेसले एक स्थानीय तह मात्रै जितेको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र ७ र नेकपा एमाले एक सहित ८ स्थानीय तह वामपन्थीले जित्दा नेपाली काँग्रेसले २ स्थानीय तह जितेको छ ।
समानुपातिकमा वढ्दो वामपन्थी मत, खस्कदो काँग्रेस
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रोल्पामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको मत बढ्दा नेपाली काँग्रेसले मत घटाएको छ । २०७४ र २०७९ सालको प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा जिल्लामा वाम जनमत बढेको र काँग्रेसको मत घटेको देखिएको हो ।

नेकपा माओवादी केन्द्रले ४ मंसिरको निर्वाचनमा समानुपातिक तर्फ २८ हजार १५९ मत प्राप्त गरी जिल्लामा पहिलो दलको रुपमा रहेको छ । उसले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ खसेको मतको करिव ४२ प्रतिशत मत प्राप्त गरेको छ । २०७४ सालको निर्वाचनमा सो पार्टीले समानुपातिक तर्फ २७ हजार २२० अर्थात करिव ३९ प्रतिशत मत प्राप्त गरेको थियो । उसले २०७४ सालको तुलनामा २०७९ मंसिर ४ को निर्वाचनमा करिव ३ प्रतिशत मत बढाएको छ ।

अर्को वाम दल नेकपा एमाले रोल्पाले ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ११ हजार ८५७ मत प्राप्त गरी जिल्लामा तेश्रो ठूलो दलको रुपमा देखिएको छ । उसले २०७४ सालको निर्वाचनमा १० हजार ५४५ मत प्राप्त गरेको थियो । उसले अघिल्लो निर्वाचनको तुलनामा मंसिर ४ मा भएको निर्वाचनमा मत बढाएको छ ।

प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ नेपाली काँग्रेस रोल्पाले १५ हजार ७० मत प्राप्त गरी जिल्लामा दोश्रो ठूलो दलको रुपमा रहेको छ । नेपाली काँग्रेस रोल्पाले २०७४ सालको निर्वाचनमा १५ हजार ८४७ मत प्राप्त गरेको थियो । उसले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा मत घटाएको हो ।

पहिलो पटक निर्वाचन लडेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १ हजार ९०४ मत प्राप्त गरेको छ । सो पार्टी समानुपातिक मतका आधारमा जिल्लामा चौथो ठूलो दलको रुपमा देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत मत घटाएको छ । उसले गत ४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ १ हजार ३३६ मत प्राप्त गरेको छ । २०७४ सालको निर्वाचनमा सो पार्टीले १ हजार ८३३ मत प्राप्त गरेको थियो ।

कुल १ लाख ४५ हजार ४७१ मतदाता रहेको रोल्पामा गत मंसिर ४ को निर्वाचनमा ६७ हजार ४९ अर्थात ४६ प्रतिशत मत खसेको थियो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कुल १ लाख २७ हजार ६२९ मतदाता मध्ये ७० हजार ६६९ अर्थात ५५ प्रतिशत मत खसेको थियो ।

रोल्पामा बामपन्थीको मत बढ्नु र प्रजातन्त्रवादीको मत घट्नुलाई पुर्व सांसद लेखनाथ आचार्य स्वभाविक ठान्छन् । आचार्यका अनुसार ४ मंसिरको निर्वाचनमा एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश मत काँग्रेसको काटेको बताउँछन् । काँग्रेसको मत घट्नुको अर्को कारण प्रत्यक्षमा काँग्रेसको उम्मेदवार नहुनुलाई मान्छन् । “आफ्नो पार्टीबाट प्रत्यक्ष तर्फ उम्मेदवार नहुँदा धेरै काँग्रेसी मतदाता भोट हाल्न नजाँदा काँग्रेसको मत घटेको हुन सक्छ”, आचार्यले भने । “वामपन्थीहरु निर्वाचनलाई जीवनमरणको विषय बनाएर खट्ने गर्छन, काँग्रेसीहरु निर्वाचनलाई सामान्य प्रकृयाको रुपमा लिंदा पनि वामपन्थी मत बढेको हुन सक्छ”– आचार्यले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?