ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

स्थायी राजधानी देउखुरीमा मन्त्रिपरिषद बैठक राख्ने तयारी

मुख्यमन्त्री कार्यालय केही दिनमै उदघाटन
२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

बुटवल, २४ मंसिर ।

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी तोकिएको देउखुरीमा अवको मन्त्रिपरिषद बैठक राख्ने तयारी गरेको छ । केही दिनअघि मात्र बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामान सारिएपछि अव मन्त्रिपरिषद बैठक देउखुरीमै बस्ने गरी प्रदेश सरकारले तयारी गरेको हो ।

अव एक–दुई दिनमै निर्वाचन आचारसंहिता हट्ने र त्यसपछि लगत्तै देउखुरीमा मन्त्रिपरिषदको बैठक राख्नुका साथै मुख्यमन्त्री कार्यालयको पनि उदघाटन गर्ने गरी मुख्यमन्त्री कुलप्रसाद केसीले तयारी थालेका छन् ।

उनले बुटवलबाट सामान सारेपछि अहिले देउखुरीमा मुख्यमन्त्री कार्यालयको स्थापना गरिसकेका छन् । राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा मुख्यमन्त्री कार्यालय र निवास, प्रमुख सचिव निवास र अन्य केही मन्त्रालयहरु तयार गरिएको हो ।

बुटवलबाट सामानहरु सारेर देउखुरीमा मुख्यमन्त्रीको कार्यकक्ष कक्ष तयार पारिसकिएको छ । सामानहरु सार्न भन्दा केही दिनअघि देखि नै मुख्यमन्त्री कुलप्रसाद केसी दाङमा छन् । कार्यालयको कामकाज समेत उतैबाट गरिरहेका छन् । मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु दाङ र बुटवल दुवैतिर कार्यरत छन् । कतिपय कर्मचारी जाने आउने गरिरहेका छन् ।

चुनावी आचारसंहिता हटेलगत्तै मुख्यमन्त्री कार्यालय औचारिक रुपमा सुरु गरिने मुख्यमन्त्री कार्यालयका सचिव तथा प्रवक्ता नरेन्द्रकुमार रानाले बताए । ‘अहिले कोही यता कोही उताबाट काम काम गरिरहेका छौँ । जाने आउने पनि भइरहेको छ’ उनले भने, ‘यहाँ कार्यालयका धेरै जसो सामानहरु सारिसकेका छौं । आचारसंहिता हटेको दिन मुख्यमन्त्री कार्यालय उदघाटन भएर त्यहीबाट कामकाज सञ्चालन हुन्छ ।’

यही मंसिर ४ गतेको संसदीय निर्वाचनको लागि असोज १२ गतेदेखि आचारसंहिता जारी भएको थियो । निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेपछि आचारसंहिता हट्ने छ । आचारसंहिता हटेसँगै देउखुरीमै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठक बस्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले बताए ।

‘आचारसंहिता सकिए लगत्तै मुख्यमन्त्री कार्यालय पनि औपचारिक रुपमा सञ्चालनमा आउँछ । उहाँको निवास पनि यतै बन्यो’ उनले भने, मुख्यमन्त्री कार्यालय उदघाटन भएलगत्तै दाङमै मन्त्रिपरिषद बैठक बस्छ ।’ नयाँ सरकार गठन हुनु अगाडि बस्ने मन्त्रिपरिषद बैठकले मुख्य गरेर प्रदेश प्रमुख मार्फत प्रदेश सभाको अधिवेशन आह्वान गर्ने बताए ।

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले मुख्यमन्त्रीको कार्यलयको अधिकांश कक्ष तयार भइसकेको बताए । मुख्यमन्त्रीको कार्यकक्षसँगै प्रमुख सचिव र सचिवहरुको कार्यकक्ष तथा मन्त्रिपरिषद बैठक कक्ष पनि बनिसकेको जानकारी दिए । यस्तै, राप्ती प्राविधिक शिक्षालयको परिसरमा अन्य मन्त्रालय र देउखुरीमै प्रदेश सभा भवन निर्माणको काम पनि अन्तिम चरणमा छ । प्रदेश सभा सदस्यहरुको सपथ पनि दाङमै गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?