ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

रायमाझीले बनाए अर्घाखाँची एमालेको किल्ला

२० मंसिर २०७९, मंगलवार
२० मंसिर २०७९, मंगलवार

अर्घाखाँची, २० मंसिर ।

जिल्लामा विकासको लहर ल्याउने एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट लगातार चौथो पटक निर्वाचित भए । तीनवटै क्षेत्र एमालेले जितेपछि अर्घाखाँची एमालेको किल्ला बनेको छ ।

माओवादी पृष्ठभूमिबाट २०६४, ०७० र ०७४ मा चुनाव जितेर पटकपटक मन्त्री र उपप्रधानमन्त्री भएका रायमाझीले यसपालि ५ दलीय गठबन्धनबाट उम्मेदवार कांँग्रेस नेतृ पुष्पा भुसाल गौतमलाई १७ सय ३० मतान्तरले पराजित गरे । चारवटै चुनावमा कांँग्रेस उम्मेदवारसँग उनको प्रतिष्पर्धा रह्यो ।

पहिलो संविधानसभा चुनावमा मतदानको तीन दिन अगाडि एमालेबाट उम्मेदवार चेतनारायण आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएर आन्तरिक रुपमा रायमाझीलाई सघाए । बावुराम भट्टराई निकट रायमाझीले पटकपटक मन्त्री हुने अवसर पाए । भट्टराइले माओवादी छाडेर नयाँ शक्ति गठन गर्दा पुष्पकमल दाहालले उपप्रधानमन्त्री पद दिएर रायमाझीलाई माओवादीमै राखे । नेकपा विभाजनपछि दाहाललाई छाडेर केपी ओलीतिर लागे ।

मन्त्री र सांसद हुँदा रायमाझी जिल्लामा महिनैपिच्छे आएर गाउँमा बस्न रुचाउने नेता हुन् । एमालेतिर लागेपछि उनको सांसद पद गुम्यो । त्यसपछि गाउँमै बसेर आफ्ना माओवादीलाई आफुतिर तान्ने र एमाले कार्यकर्तासँग परिचय, भेटघाट, छलफलमा सक्रिय रहे । विवाह, पुजापाठमा नाचेरै रमाए । गाउँमा मान्छेको निधन हुँदा घाटमा र घरमा सान्तना दिए । पार्टीको बैठक र स्वास्थ्य उपचार बाहेक अरुबेला जिल्लामै बसे ।

आफुलाई धोका दिएको भन्दै माओवादी कार्यकर्ताले रायमाझीको तीव्र आलोचना गरेका थिए । ५ दलीय गठबन्धन भएकाले रायमाझीले जित्न नसक्ने धेरैको अनुमान थियो । तर, उनले एमालेको समानुपातिक भोट भन्दा ५ हजार २ सय २५ बढी लोकप्रिय मत ल्याएर चुनाव जिते । ०७४ को चुनावमा माओवादी, एमाले र राष्ट्रिय जनमोर्चा सहितको वाम गठबन्धनबाट उनी सहित प्रदेशसभा–१ बाट चेतनारायण आचार्य र २ बाट रामजीप्रसाद घिमिरे निर्वाचित भएका थिए । अहिले पनि उनै तीन जना उम्मेदवार थिए । सबै क्षेत्र एमालेले नै जित्यो ।

२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाका ६ पालिकाको १२ पदमध्ये ३ वटा पद मात्रै एमालेले जितेको थियो । त्यसमा पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसका प्रवेश गरिन् । अहिलेको चुनावमा ८ पद र जिसस एमालेले जित्न सफल भएपछि रायमाझीकै कारण राम्रो परिणाम आएको भन्दै एमाले वृत्तमा थप चर्चा पाए । संसदीय चुनावमा रायमाझीको छविकै कारण जित्न सकिएको एमाले नेता बताउँछन् । यसरी एमालेले एक्लै चुनाव लडेर तीनवटै सिट जितेको अर्घाखाँचीमा पहिलो हो । २०७० को चुनावमा तत्कालिन क्षेत्र नं. २ बाट एमालेका डा.. दुमन थापाले एकल जितेका थिए ।

२०६४ सालदेखि हालसम्म चुनावमा मात्रै होइन, अरु बेलाका हरेक कार्यक्रममा पनि रायमाझीले विकासका कुरा धेरै गर्छन् । उनले राजनीतिक भाषण खासै गर्दैनन् । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, पोखरा–सुर्खेत सडक, मदन भण्डारी, नौमुरे बहुउद्देश्यी परियोजना सहित गाउँका सडक कालोपत्रे गर्ने, मथुरा र पाणिनीमा कृषि कलेज, स्कुल, स्वास्थ्य संस्थाको भवन, धार्मिक शक्तिपीठका मन्दिर सहित थुप्रै पूर्वाधार निर्माण गरेको दावी गर्छन् ।

पूर्वाधार विकास, अर्घाखाँची अस्पताललाई ५० बेडको बनाउने, काठको पोलमुक्त, विद्युत सवस्टेशन निर्माण, पर्यटकीय पूर्वाधार निर्माण, खानेपानी, सिचाइ लगायत जिल्लाका साना र ठूला सञ्चालित विकास योजना, बजेटको कुरा गरिहरन्छन् । अहिले कृषि, पर्यटनबाट सयौं युवालाई स्वरोजगार बनाउने उनले नारा अघि सारेका छन् ।

यसपालि पनि भैरहेका कामलाई निरन्तरा दिंदै नयाँ काम गर्दै अर्घाखाँचीलाई विकास र सृमद्धिमा नमूना जिल्ला बनाउने आफ्नो अभियानलाई साथ दिन भन्दै मत मागे । भेटघाट, कार्यक्रम र छलफलमा विकास र समृद्धिको जिल्लाको विवरण नै भन्ने र धेरै बजेट पार्ने भन्दै विकासका सपना सधैं बाँडिरहन्छन् । यसपालिको चुनावमा गठबन्धन दलले सामाजिक सञ्जाल, चुनावीसभा र भेटघाटमा तीव्र आलोचना गरेपनि असफल भए ।

चौथो पटक निर्वाचित भएपछि विकासवादी नेताको छवि भएका रायमाझीले अब विकास र समृद्धिको युग भएकाले विकासका काम गरेर नमूना जिल्ला बनाउने काममा लाग्ने बताए । चुनाव जितेपछि ५० वर्षसम्म एमालेले मात्रै चुनाव जित्ने दावी गरे ।

गठबन्धनबाट उम्मेदवार बनेकी काँंग्रेस नेतृ पुष्पा भुसाल गौतमलाई चुनावमा भोट माग्न आउने र विकासका काममा कुनै योगदान नरहेको भन्दै गाउँमा प्रचार गरेर मतदाता आफुतिर आकर्षित गरेर रायमाझी निर्वाचित भए ।

२०६४ मा काँग्रेसका मानबहादुर विश्वकर्मा, ०७० र ०७४ का काँग्रेसकै डा. रामबहादुर बिसी प्रतिष्पर्धामा रहे । २०१५ सालमा कांग्रेस नेता सुवर्ण समशेरले उम्मेदवारी दिएर जिल्लामा नआई काठमाडौंमै बसेर जितेका थिए । २०४८ र ०५१ म तत्कालिन क्षेत्र नं. १ बाट रेवतीप्रसाद भुसाल, २ बाट ढुण्डिराज शास्त्रीले चुनाव जितेर मन्त्री भएका थिए । २०६४ सालमा तत्कालिन क्षेत्र नं. २ बाट कांग्रेस नेतृ पुष्पा भुसाल गौतमले चुनाव जितिन् । अरु सबै चुनावमा कांग्रेस उम्मेदवार पराजित भएका छन् । संगठन कमजोर बन्दै गएको र पार्टीभित्रको अन्तरघातकै कारण काँंग्रेस चुनावमा पराजित हुँदै आएको छ । अहिले गठबन्धन दलको समर्थन भएर पनि कांग्रेसले जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?