ट्रेंडिंग:

>> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

लुम्बिनीमा मासु, मदिरा निषेधित गर्न माग

२७ भाद्र २०७५, बुधबार
२७ भाद्र २०७५, बुधबार

अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीलाई शान्तिको हब बनाउने चर्चा चलिरहेको बेला पबित्र धार्मिक स्थल बुद्धको जन्मभूमि लुम्बिनी वरिपरि मासु, मदिरा बिक्री बितरणमा रोक लगाउन माग गरिएको छ । खुलेयाम बिक्री बितरण भइरहेको मासु र मदिराका कारण बुद्धजन्मस्थल वरिपरि दुर्गन्धित बनेको भिक्षुहरूको भनाइ छ । लुम्बिनीको पडरिया, पर्सा, महिलवार र तेनुहवा आसपासका क्षेत्रमा मासु, मदिरा बिक्री बितरण कार्यमा रोक लगाउन आवश्यक रहेको लुम्बिनी नागरिक समाजका संयोजक भिक्षु सागरधम्मको भनाइ छ ।
पर्यटकहरू बेलहिया प्रवेश गर्ने बित्तिकै मदिराको होर्डिङ्गबोर्ड खसी, बंगुर र कुखुराको साप्रा झुण्डयाईएको फोटो खिच्न बाध्य भइरहेको अवस्थामा त्यसलाई निषेध गरि धार्मिक गतिविधि झल्किने वातावरणको सिर्जना गर्नुपर्ने राजकीय बौद्ध बिहारका प्रमुख भिक्षु समेत रहेका भिक्षु धम्मको सुझाव रहेको छ ।
बुद्धजन्म स्थल लुम्बिनी वरिपरि मासु, मदिरा बिक्रीबितरण माथि प्रतिबन्ध लगाउन साउन महिनाको अन्तिम साता लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी बिकास कोषको संयुक्त बैठकले निस्कर्ष समेत निकाली सकेको हँुदा कार्यन्वयन गराउन खुल्ला बहस गर्ने गृहकार्य भईरहेको मेयर मनमोहन चौधरीले जानकारी गराए ।
यद्यपि राज्यद्वारा नै मासू मदिरा बिक्री बितरण गर्ने ईजाजत पाएका ब्यवसायीहरूलाई प्रहरीले निश्चित समय तोकेर तत्काल बिक्री बितरण गर्न लगाइएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताएका छन । केही महिना अगाडी प्रहरीले एक सय भन्दा बढी लिटर घरेलु मदिरा बिभिन्न होटेल तथा रक्सीभट्ठीमा छापा मारि नष्ट समेत पारिएको उनले दाबी समेत गरे ।
त्यसै गरि लुम्बिनीलाई मासु, मदिरा निषेधित बनाउने अभियानकै रूपमा सबैसँग हातेमालो गरि अघि बढेमा मात्रै सफलता प्राप्त हुने लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेईयले बताए । देशबिदेशबाट आउने धार्मिक पर्यटकहरू मासु, मदिरा लुम्बिनीमा छयाप्छयाप्ती बिक्री बितरण देखेर मन खिन्न पारी स्वदेश फर्किन थालेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेईयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?