ट्रेंडिंग:

>> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

सुव सेनलाई जानकी साहित्य पुरस्कार

२५ भाद्र २०७५, सोमबार
२५ भाद्र २०७५, सोमबार

यस वर्षको जानकी साहित्यिक पुरस्कार गुल्मेली साहित्यकार सूव सेन (सूर्य बहादुर सेन) लाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा गत वर्ष स्थापना गरिएको ‘जानकी साहित्यीक पुरस्कार’ गुल्मी जिल्ला जन्मस्थान भई निरन्तर साहित्य साधनामा लाग्ने श्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार पहिलो पटक सेनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
उमेरले आठ दशकको पाईला टेक्न लागेका सेनले नेपाली वाङ्मयमा मूलतः नेपाली आख्यान, नियात्रा, प्रबन्ध,काव्य कविता, ईतिहास, खोज–अनुसान्धान र नाटकको क्षेत्रमा कलम चलाउँदै आएका छन् । नेपाली साहित्यमा पछिल्लो चरणमा सेन सफल नाटककारको रूपमा समेत चिनिन्छन् । सेनका हालसम्म ४५ वटा कृतिहरू प्रकाशित भएका छन् । साहित्यीक कृतिहरूमा आफ्ना भावना विचारहरूलाई निर्धक्क साथ प्रस्तुत गर्ने खुवी र कलाका धनी समेत रहेका सेनको जन्म १९९६ सालमा साविक गुल्मीको बाझकटेरी पुर्कोटमा भएको थियो ।
२०३३ सालमा गुल्मीको रुरु गाउँपालीका–४ मा जन्मेर साहित्य र समाजसेवामा लाग्दालाग्दै चार दशकको कलिलै उमेरमै असामयीक निधन हुनपुगेकी साहित्य सर्जक जानकी ज्ञवालीको सम्झनामा उनका परिवारहरूले किरण पुस्तकालयको नाममा १ लाख ५१ हजार १ सय ५१ रूपैंयाको अक्षयकोष स्थापना गरेका हुन् । उक्त अक्षयकोषको ब्याजवाट प्रत्येक वर्ष ज्ञवालीकोे जन्म दिन रामनवमीका दिन पुरस्कार घोषणा गरि युवा कवि मोतीराम भट्टको जन्म जयन्तीको अवशरमा किरण पुस्तकालय मार्फत प्रदान गरिने जानकी प्रतिष्ठानका अध्यक्ष सीताराम भट्टराईले बताए ।
सदरमुकाम तम्घासमा १५३ औं मोती जयन्ती एवं किरण पुस्तकालयको स्वर्ण जयन्तीको सन्र्दभमा आयोजित एक कार्यक्रममा प्रदेश सभा सदस्य कमलराज श्रेष्ठद्वारा सेनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले साहित्य समाजको एउटा अभिन्न अंग भएको हुँदा साहित्यको संरक्षण, संवद्र्धन र विकासका लागि सवैको सहयोग र चिन्तन अपरिहार्य रहेको बताए । पुस्तकालयको स्वर्ण जयन्तीको अवसरमा गुल्मी लगायत, पाल्पा, अर्घाखाँची, वाग्लुङ्ग, प्यूठान, दाङ, रुकुम, रूपदेन्ही, कास्की, चितवन, काठमाण्डौ लयागतका जिल्लाहरूवाट साहित्यकार एवं पुस्तकालय संचालकहरूको व्यापक सहभागिता रहेको किरण पुस्तकालयका सम्पादक शशी पन्थीले जानकारी दिएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?