ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान
कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग

सिद्धार्थ वरियर्सको शानदार जित

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

स्वस्तिक श्रेष्ठ
बुटवल, २५ कात्तिक

कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा सिद्धार्थ वरियर्स विजयी भएको छ । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सिद्धार्थले ओमसतिया स्टारमाथि १ सय ७ रनको शानदार जित निकाल्दै पहिलो जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको सिद्धार्थले ४० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७८ रनको लक्ष्य खडा गरेको थियो । सिद्धार्थको लागि संगम पाण्डेले ८८ बलमा ४९ र अल्दीप क्षेत्रीले ४४ बलमा ३४ रनको योगदान दिएका थिए । यसैगरि ब्रिजेस थारुले १५ बलमा १७ रन जोडेका थिए । ओमसतियाका बद्री आलमले ५ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए । यसैगरि अनिल यादव, निरज मोहरिया, शुभम खनालले समान १–१ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछयाएको ओमसतियाका ब्याट्सम्यानहरु २१.३ ओभरमा केवल ७१ रनमा समेटिए । उसमा लागि अज्जाल हकले १४ बलमा १४ र शैलेन्द्र यादवले १६ बलमा ११ रन बाहेक अन्य ब्याट्सम्यानहरुल् दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न सिद्धार्थका ब्रिजेस थारुले ४ ओभर बलिङ गर्दै १ मेडलसहित ७ रन खर्चेर ३, अर्जुन करुसले ७ ओभर बलिङ गर्दै १ मेडलसहित १८ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरि तुसार चौहानले २ विकेट लिए । खेलमा सिद्धार्थका ब्रिजेस थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

बिहिबार उद्घाटन खेलमा जिबिआईसिए सैनामैना विजयी भएको थियो । देवदह ड्रागनलाई १५ रनले पराजित गर्दै सैनामैनाले पहिलो जित हासिल गरेको हो । सैनामैनाका सन्देश ज्ञवाली म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको गौचनले बताए । स्थानिय पालिकाहरुबाट यु १९ उमेर समुहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बीचमा खेल हुनेछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?