ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

खेलाडीले सम्मानित जिवन जिउने गरी एमालेले नीति बनाउछ : उपाध्यक्ष पौडेल

१९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक २०७९, शनिबार

बुटवल, १९ कार्तिक ।
युवा अवस्थामा हरेक खेलाडीको योगदानलाई सम्मानजनक जिवन जिउने आधार हुने गरि नीति बनाउने पुर्वउपप्रधान तथा अर्थमन्त्री, नेकपा एमाले पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रतिवद्धता जनाएका छन । खेलाडीले सम्मानित जिवन जिउनसक्ने, देश र दुनियामा इज्जत कमाउन सक्ने गर्व गर्न सक्ने परिस्थिती निमार्ण गर्न जरुरी रहेको उनले बताए । सबैका लागि खेलकुद नारासहित स्थापना भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्घारा बुटवलमा खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरुको बिचमा भेलालाई सम्बोधन गर्दै उनले यसका लागि नीति निमार्ण र पुर्वाधार निमाणर््ाको पक्षमा लगानी गर्न जरुरी रहेको दाबी गरे । ‘खेलाडीहरुले सम्मानित जिवन जिउन पाउनुपर्छ ।’– उनले भने । यो विषयमा आफु र आफनो पार्टी निरन्तर लागेको दाबी गरे । ‘उनिहरु खेलाडी भएर खेल खेल्छ तर खेलले जिवन चल्दैन, युवा अवस्थामा खेल खेल्छ तर वृद्ध अवस्थामा बाच्ने आधार हुदैन ।’– उनले भने । निशुल्क बिमा र निवार्ह भत्ता सबैभन्दा सानो अपेक्षा भएको भन्दै उनले यो सजिलै पुरा हुने पनि बताए । उर्जासिल समय खेल जिवनमा बिताएको खेलाडी वृद्ध अवस्थामा सम्मानजनक जिवन बाच्नसक्छ भन्ने अनुभुति समाजमा दिनसक्ने हुनेगरि काम अघि बढाएको उनले बताए । नेपालमा खेल क्षेत्रका असाधारण सम्भावना रहेको उनले दाबी गरे । नेपाल साहसिक खेल, शान्ति खेल, पर्यटन खेलजस्ता सम्भावना रहेको बताए । नेपालका हिमाली भागमा हाईअल्टिच्युड स्पोर्ट्स ट्रेनिङ कम्प्लेक्स बनाएर अन्तराष्ट्रिय खेलाडी भित्राउन सकिने भन्दै यसको सम्भावना धेरै रहेको उनले बताए । नेपालमा भएको मौसम नै सम्भावना भएको भन्दै यो सदुपयोग गर्न सकिने उनले बताए । यसैगरि खेल पर्यटनको विकास गर्ने, हिमाली र पहाडी क्षेत्रमा पर्यटन जोडेर आयआर्जन गर्न सकिने उनले बताए । यसैगरि बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार गर्ने रुपमा शान्तिका लागि खेलकुद जोड्न सकिने उनले बताए । खेल र खेलाडीहरुको सम्मान र स्वाभिमान बढाउने पक्षमा थोरै काम आफुले गरेको भन्दै अब धेरै काम गर्न बाकी रहेको बताए । खेल क्षेत्रबाट एउटा ब्यक्तिलाई अनुसासन, पारदर्शिता र निरन्तरता सिकाउने भन्दै यसबाट राजनितिक पार्टीहरुले सिक्नुपर्ने नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले नैतिक, भौतिक रुपमा एकेडेमीबाट निरन्तर नेतृत्व प्रदान हुँदै आएको बताए । केवल निर्वाचनमात्र नभई खेल र खेलाडीहरुका पक्षमा काम गर्ने नेतृत्वलाई सहयोग गर्नुपर्ने उनले बताए । नेकपा एमाले पार्टीले स्कुल टु ओलम्पिकको योजनासहित घोषणापत्र सार्वजनिक गरेको उनले दाबी गरे । ‘खेलकुदको गतिविधिमा खेल पर्यटनलाई जोडेर अघि बढाएको छ ।’–उनले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व पर्यटनमन्त्री तथा नेकपा एमाले रुपन्देही २ (१) का उम्मेदवार लिला गिरिले आफनो कार्यकालमा धेरै खेल विकासका काम भएको दाबी गरे । एक पालिका एक खेलमैदान, जितगढि रंगशाला, भैरहवा क्रिकेट मैदान, दाङमा रंगशाला निर्माणको काम भएको बताए ।
कार्यक्रममा कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वस्थ्यमन्त्री तथा नेकपा एमाले रुपन्देही २ (२) का उम्मेदबार भोजप्रसाद श्रेष्ठले खेल र खेलाडीको भावना बुझने पार्टी नेकपा एमालेमात्र भएको बताए ।
कार्यक्रममा बक्सिङ खेलका पुर्वखेलाडी तथा प्रशिक्षक तुल बहादुर थापाले युवा अवस्थाभर देशको लागि योगदान गरेका खेलाडीहरुको बारे सरकार लाग्नुपर्ने बताए । पुर्वखेलाडीहरुलाई सम्झने र गहनाका रुपमा खोज्नेकाम एकेडेमीले गर्दै आएको उनले दाबी गरे ।
कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले
खेलाडीहरुको विमा तथा जेष्ठ खेलाडीहरुलाई भत्ताको ब्यवस्था गरिनुपर्ने बताए ।
कार्यक्रममा राप्रपा युवा नेता प्रदिप उदयले खेल र खेलाडीलाई राष्ट्रको पहिचान र एकताको रुपमा लिने गरिएको बताए । राजनीति गर्ने ब्यक्तिहरुको कमीका कारण खेल क्षेत्रको विकास ध्यान नदिएको उनले गुनासो गरे । मन्त्रीपरिषदमा सबैभन्दा कमजोर पार्टीको वा नेता खेलकुद मन्त्री बनाउने परिपार्टी अन्त्य गराउनुपर्ने बताए । निर्वाचित भएर जाने अबको नेतागणहरु खेल र खेलाडीहरुको बारेमा सोच्नुपर्ने सुझाव दिए । नीति सिद्धान्त फरक भएको पार्टी बिचको तालमेल राष्ट्र बचाउने अभियान भएको उनले बताए ।
कार्यक्रममा एकेडेमीका केन्द्रीय सचिव डा शक्ति बस्नेतले खेल केवल देशको पहिचान दिनेमात्र नभई आम मानिसको शारिरिक, मानिसिक स्वस्थ्यसंग जोडिएको विषय खेल भएको बताए । मानविय स्वस्थ्यसंग खेलकुद जोडिएको भन्दै उनले रोग लागेपछि उपचार गर्ने भन्दा पनि खेलमा आवद्ध गराएर स्वस्थ्य बनाउने अभियानमा सरकारको लगानी जरुरी रहेको बताए । खेलको विकास आफनो लक्ष्य बोकेको पार्टी र नेतृत्वलाई अबको निर्वाचनमा जिताउन जरुरी रहेको उनले बताए । आफुहरुले स्पोर्ट्स हस्पिटल स्थापना गर्न अवधारणा अगाडि बढाएको उनले बताए । कार्यक्रममा एकेडेमीमा आवद्ध विभिन्न खेलका खेलाडी, प्रशिक्षकहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?