ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

सरसफाईका दूत हर्कबहादुर

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

तपाईं घोराहीको बसपार्क क्षेत्रभित्र हुनुहुन्छ भने सचेत हुनुहोस् ! बसपार्क क्षेत्रभित्र फोहर फालेमा तपाई हर्कबहादुर वलीको कार्वाहीमा पर्नुहोला नि । सरसफाइमा चिटिक्क बसपार्कमा कसैले फोहर गरे हर्कबहादुर सम्झाउने र सम्झाउँदा नमाने कार्बाही गर्ने गर्दछन् ।
हर्कबहादुर सरसफाई दुत हुन् । उनी २०७२ मंसीर ११ गतेदेखि सरसफाई दूतको रूपमा नियुक्त भएका हुन् । बिहान ६ बजेदेखि साँझ ७ बजे सम्म उनी बसपार्क क्षेत्रमा खटिएको भेटिन्छन् ।
रोल्पा जिल्ला हालको परिवर्तन गाउँपालीकाबाट १६ वर्ष अगाडि दाङ झरेका हर्कबहादुर परिवारलाई छोडेर बिदेश गए । बिदेशमा छँदा सफा सडक देखेका उनलाई आफ्नो टोल पनि सफा राख्न मन लाग्यो । सेवारखोला नयाँबसपार्क टोलमा स्थायी बसोवास गर्दै आएका हर्कबहादुरले आफ्नो टोलको बैठकमा सरसफाई गर्नुपर्ने बिचार राखे । तत्कालीन टोल बिकास संस्थाका संस्थापक सचिव शक्तिराम डाँगीलाई पनि उनको बिचार मन प¥यो । २०६९ साल साउन देखी मासीक रूपमा बसपार्क टोलमा मासीक रूपमा सरसफाईको काम सुरु भयो । तर दैनिक रूपमा ३ सय बस छुट्ने बसपार्कमा मासीक रूपमा गरिने सरसफाईले नपुग्ने भएपछि संस्थाले सरसफाई निरिक्षक नियुक्त गर्ने निर्णय गरेको हर्कबहादुरले बताए । टोलको साधारण सभामा सरसफाई निरीक्षक नियुक्त गर्ने निर्णय सबैलाई राम्रो लागेपनि कसलाई खटाउने भन्ने बिषयले निकै चर्चा पायो ।
हर्कबहादुरले आफू सामाजिक कामको लागि तयार रहेको बताएपछि साधारणसभाले २०७२ मंसीर ११ गते देखि उनी सरसफाई दुतको रूपमा नियुक्त ग¥यो भने उनले काम गर्ने समय भनेको बिहान ६ बजेदेखि साँझ ७ वजे सम्म तोकियो ।
टोलबासीले मासिक एक सय रूपैयाँ उठाएर सरसफाई दुतलाई मासीक १० हजार रूपैयाँ दिने निर्णय टोल विकाश संस्थाले गरेको थियो । आफू सरसफाई दुतको रूपमा नियुक्त हुँदाको समय संझदै हर्कबहादुरले भने– “बिदेश गएर अरूले व्यवसायीक काम सीकेर आए तर म भने सरसफाईको काम सीकेकोले त्यही गर्दै छु” । सुरुमा बसपार्क क्षेत्रमा प्रवेश गर्ने नागरिकलाई सचेतना दिन साह्रै गाह्रो भएको उनले बताए । दुतको रूपमा नियुक्त भएपछि सुरुका आठ÷ दश दिन त हार मानेका वलीले नियम बनाएपछि आफैबाट सुरु गर्नुपर्छ भन्ने चेतना दिँदै हिँडे । उनले जसले फोहर गर्छ त्यसैलाई उठाउन लगाउने बानीको विकास गराए । पहिलो पटक फोहर फाल्नेलाई जसले फाल्यो त्यसलाई नै उठाएर फाल्न लगाउने गरेको उनले जानकारी दिए । यदी अटेर गरेर नफालेमा अवस्था हेरी २० देखि ५० रूपैयाँसम्म जरीमाना गर्ने गरेको उनले बताए । झण्डै तीन बर्षको अवधिमा उक्त टोल विकाश संस्था अहिले नमुना नै बनेको छ । टोलमा कहिँकतै फोहर देखिदैन । प्रत्येक बिजुलीका पोलमा साना र बसपार्क भित्र ४ वटा ठुला डष्टविन राखिएको छ । अहिले वषपार्क क्षेत्र भित्र अपशब्द वोल्न समेत उनले रोक लगाएका छन् । अटेर गर्नेहरूलाई बसपार्कमा रहेको प्रहरीको सहायतामा थप कार्बाही समेत गर्ने गरेको वलीले जानकारी दिए । गाडीका स्टाफहरूले नै अलि वढी अटेर गर्ने गरेको उनले बताए । उनले फोहर गर्नेलाई हातले टिपेर फाल्न लगाउने जस्ता कारबाही गर्ने गरेको बताए ।
दाङको घोराही उपमहानगरपालिका १४ ले सुरुवात गरेको सरसफाई अभियान अहिले जिल्लाव्यापी बन्दै गएको छ । २०७२ मंसीर ११ गते सरसफाई निरीक्षक नियुक्तगरी क्लिन नयाँ वसपार्क बनाउने अभियान थालेको नयाँ वसपार्क टोल विकाश संस्थाको सिको हुन थालेको छ । नयाँ वसपार्क टोल विकाश संस्थाका तत्कालीन अध्यक्ष शक्तिराम डाँगीको अग्रसरतामा थालेको सरसफाई अभियानले सार्थकता पाएपछि अहिले जिल्लाका अन्य ठाउँहरूमा पनि सरसफाई हुन थालेको हो । घोराही नगरपालिका स्थापना भएदेखि साप्ताहिक रूपमा टोल विकास संस्थाहरूले सरसफाई गरेतापनि सरसफाई निरीक्षक नै नियुक्तगरी फोहर गरेको भेटिएमा जरीमाना गर्ने जिल्लामा नयाँ वसपार्क टोल विकाश संस्था मात्रै रहेको छ । घोराहीको नयाँ वसपार्क टोलविकाश संस्थाले सुरुवात गरेको नमुना योग्य कामको सिको अन्य ठाँउहरूमा पनि हुन थालेको छ । तत्कालीन तुलसीपुर नगरपालीकाले पनि बजार क्षेत्रमा करिब २ वर्ष पहिले देखि सरसफाई अभियान नै सुरु गरेको छ ।
प्रत्येक हप्ता शनिबार अहिलेको उप महानगरपालिकाको नेतृत्वमा राजनीतिक दल पत्रकार सुरक्षाकर्मी लगायतको सहभागितामा सरसफाई हुँदै आएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १८ ले पनि विजौरी बजार क्षेत्र भित्र साप्ताहीक रूपमा सरसफाई कार्यक्रम सञ्चालन गरिरहेको छ ।
विजौरी बजार क्षेत्रमा हुने सरसफाई कार्यक्रमको नेतृत्व विजौरी उद्योग वाणिज्य संघले गरिरहेको उद्योग वाणिज्य संघ विजौरीका अध्यक्ष मुकेश वलीले जानकारी दिए । त्यसैगरी जिल्लामा क्रियाशील संघसंस्थाहरूले पनि नगर सरसफाईको कार्यलाई अगाडि बढाईरहेका छन् । जिल्लामा क्रियाशिल संघ संस्थाहरूले पनि अहिले आफ्नै नेतृत्वमा सरसफाई कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?