ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा…
आसन्न निर्वाचन

एमाले आऊ देश बचाऊ

नयाँ बनाउनु त छँदैछैन । बनेका र बनिरहेका कतिपय यी यस्ता विकास र समृद्धिका काम भत्काउँदा पनि गठबन्धन आफूलाई अग्रगमन भन्छ । विकास र समृद्धिको अभियन्ता एमालेलाई प्रतिगमन भन्न कत्ति लाज मान्दैन । प्रायोजित सत्ताको शक्तिमा धनमत्त, बलमत्त, बैसमत्त गठबन्धन मदमत्ताका कारण भष्मासुर बनेको छ ।
१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

अर्जुन ज्ञवाली

२०७२ को लोकतान्त्रिक गणतन्त्रको संविधान लागू भएपछि मुलुकमा दोस्रो संघीय र प्रादेशिक आम निर्वाचन हुन गैरहेको छ । यो निर्वाचन हुन अव थोरै दिन मात्र बाँकी छ । पहिलोपल्ट सम्पन्न संघीय र स्थानीय दुवै निर्वाचन मुलुकमा राजनीतिक स्थिरता र समृद्धिका लागि भएका हुन् । तर, देशी विदेशी चलखेलका कारण मुलुकमा न त राजनीतिक स्थिरता कायम हुन सक्यो, न त अपेक्षित समृद्धि नै । झण्डै दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारलाई अप्राकृतिक ढंगबाट अपदस्थ गरियो । जसले गर्दा राजनीति फेरि अस्थिर भयो । अहिले फेरि त्यही राजनीतिक स्थिरता र समृद्धिका लागि भनेर निर्वाचन हुँदैछ । बिडम्बना छ, स्थिरता र समृद्धिमाथि दह्रो ‘ब्रेक’ हान्नेहरु पनि स्थिरता र समृद्धिकै लागि भनेर चुनाव लडिरहेका छन् । काँग्रेस लगायतका पाँच दलको सिद्धान्तहीन गठबन्धन गरेर तिनीहरुले अदालती फरमान मार्फत केपी ओलीको कम्युनिष्ट सरकारलाई ढालेका हुन् । ढालेपछि ढल्यो भनेर बुझे हुन्थ्यो, त्यस्तो बुझेनन् । फेरि त्यसलाई ढाल्न गठबन्धनलाई बरकरार राखे । गठबन्धनका पाँच दल जो सरकारमा छन्, तिनीहरु आफूले ढालेको भनेको एमालेसित एक्ला एक्लै लड्न सकेनन् । काँग्रेस लगायतका पाँच पाँच दलको बल बाँधेर एमालेको एउटै दलसित बहादुरीपूर्वक चुनाव लडिरहेछन् । यत्तिकै स्पष्ट छ–चुनाव एमालेले जित्छ । प्राविधिक रुपमा एमाले सरकारबाट ढले पनि जनमतबाट ढलेको छैन । फेरि चुनाव जित्छ र फेरि एमालेको स्थिर सरकार बन्छ । कुनै नियोजित तथा कुनै त्यस्तो अप्राकृतिक दुर्घटना बाहेक एमालेको जितलाई कसैले लल्कार्न सक्दैन ।

गठबन्धनको एकमात्र मुख्य उद्देश्य छ–जसरी पनि एमालेलाई हराऊ । एमालेलाई हराउन सके उद्देश्य पूरा हुन्छ । हो, चुनाव लडेपछि जीतको कल्पना जो कोही गर्छ, गठबन्धन पनि सो कल्पना गर्न सक्छ । कथंकदाचित झिनोमसिनो जीत भैहालेपनि गठबन्धनको जीतपछि एक्ला एक्लैको जीत हो । त्यसले कुनै गन्तव्य लिन सक्दैन । गठबन्धनको प्रकृतिलाई हेर्दा गन्तव्य लिन सक्ने स्थिति नै छैन । तसर्थ जनताले यस्तो जतिखेर पनि भताभुङ्ग हुन सक्ने भविष्यहीन बन्धनलाई विश्वास गर्ने कुरै आउँदैन । चुनावमा भोट माग्न रौतहट गएर गठबन्धनले भन्यो–हामीलाई भोट दिनुस्, तपाईलाई विदेश जान फ्रि भिसा, फ्रि टिकट दिन्छौं । कुरा स्पष्ट छ–यिनीहरुलाई स्वालम्बनसित पूरा विमोह छ । मुलुकका तन्नेरीहरुलाई विदेश पठाउने र तिनले पठाएको रेमिट्यान्स खाएर शासन गर्ने तिनको निहीत स्वार्थ छ । आफ्ना युवालाई मुलुकमै राखेर तिनको श्रम र सिपबाट मुलुक बनाउने कुनै योजना छैन । स्वालम्बनसित विमोह छ । परावलम्वनसित मोह छ । थुक्क नियति ! के के छन् के के चर्तिकला गठबन्धनका । एमसिसी पास गर्ने कुरामा यिनीहरु दुई थरी भए । एक थरीले जस्ताको तस्तै पास गरौं भने, अर्काथरीले जस्ताको तस्तै पास गर्न सकिदैन भने । अर्काथरी क्रान्तिकारीले कहाँ हुन्छ ? साम्राज्यवादसित झुक्नै हुन्न भनेर ढुंगामुढा गरे । रेलिङ् भाँचे । तर, आखिरीमा अर्थ न वर्थको व्याख्या थपेर लुत्रुक्क पास गरे । के खानु बाँगा मुख भने झैं खान खान सोझै मुख खाएको भएपनि हुन्थ्यो, बाँगै मुख खाए । उही तातो पानी नपाए पछि चिसै पानीले नुहाउने भने जस्तो ।

गठबन्धनलाई सरकारमा स्थापित गर्न मद्दत गर्ने देशी विदेशी शक्तिका लागि कम्फर्टेवल सरकार हो यो । यो कुरा गठबन्धनलाई कसैले लगाएको मिथ्या आरोप होइन, यसका मुख्य नेताकै भर्सन हो । भनेपछि यसलाई आफ्ना देशी विदेशी मद्दतगारहरुको मनोरथ पूरा गर्न जे पनि गर्नुपर्ने हुन सक्छ । कहिले करका दरहरु हेरफेर गरेर खुशी पार्नुपर्ने हुन सक्छ । कहिले सिंगै हाइड्रोपावर दिएर पनि खुशी पार्नुपर्ने हुन सक्छ । पश्चिम सेती हाइड्रोपावर जस्तै । उनीहरु यहाँ कुनै उद्योग, कलकारखाना खोलिदिनेवाला त छैनन्, बाँकी रहेका कलकारखाना बन्द गरेर निष्कन्टक बजार उपलव्ध गराउन पर्ने नै हो । यही सब गरिरहेका छन् यिनीहरु । कतिपय यस्ता कामलाई यिनले निरन्तरता दिएका छन् । आफ्नो डेढ वर्षे कार्यकालमा कतिपय नयाँ कोशेलीहरु प्नि दिएका छन् । यही सब काम तमाम गर्न गठबन्धनलाई चुनावमा जितको आवश्यकता छ, नेपाल र नेपालीको समृद्धिका लागि कदापि आवश्यक छैन ।

एमालेको लोकप्रियतालाई कम गर्न सकिन्छ कि भनेर यिनले जे पनि गरेका छन् । यस सिलसिलामा स्वास्थ्य जस्तो संवेदनशील कुरामा पनि प्रहार गर्न यिनीहरु हिच्किचाएनन् । दुरदराजमा स्वास्थ्यलाई सुलभ गराउन एमालेले देशैभरी एकै चोटि एक पालिका एक अस्पतालको योजना बनाएर एकै चोटी ३५० अस्पताल निर्माणको अभियान सुरु ग¥यो । पूर्वाधारको बजेटसहित शिलान्यास पनि गरेको थियो । तर दुर्भाग्य, गठबन्धन सरकारले आफूले बजेट बनाउँदा निर्ममतापूर्वक अस्पतालको बजेट काटिदियो । अस्पतालहरु एमालेका मात्र थिएनन्, सम्पूर्ण नेपाली जनताका थिए । एमालेसितको रिस पोख्न यसले जनताको स्वास्थ्यमाथि खुल्लम खुल्ला खेलाँची ग¥यो । कसका रिसले कसको काखमा सु…. गर्ने भनेको यही त हो । यो चाहिं उसले गरेको सबभन्दा ठूलो पाप हो ।

नयाँ बनाउनु त छँदैछैन । बनेका र बनिरहेका कतिपय यी यस्ता विकास र समृद्धिका काम भत्काउँदा पनि गठबन्धन आफूलाई अग्रगमन भन्छ । विकास र समृद्धिको अभियन्ता एमालेलाई प्रतिगमन भन्न कत्ति लाज मान्दैन । प्रायोजित सत्ताको शक्तिमा धनमत्त, बलमत्त, बैसमत्त गठबन्धन मदमत्ताका कारण भष्मासुर बनेको छ । मदमत्तताकै कारण जनबलबाट उसको बालुवाको घर जतिखेर पनि भत्कन सक्छ भन्ने कुरा उसलाई बोध हुन सकिरहेको छैन । लोकतान्त्रिक गणतन्त्रपछिको यो दोस्रो निर्वाचन पहिलो निर्वाचन भन्दा अलि फरक छ । पहिलो निर्वाचन गणतन्त्रको संविधानलाई कार्यान्वयन गर्ने मूल उद्देश्यसित सम्बन्धित थियो भने यो निर्वाचन देश, जनता र राष्ट्रले जित्ने कि परचक्रीलाई ‘कम्फर्ट’ हुने गरी जित्ने विषयसित सम्बद्ध छ । अर्थात स्वालम्बनले जित्ने कि परावलम्बनले जित्ने भन्ने कुरासित सम्बद्ध छ । यस अर्थमा यस निर्वाचनलाई महानिर्वाचन भन्न पनि सकिन्छ । महामतसंग्राम पनि भन्न सकिन्छ । गठबन्धनले सुकुम्बासीको लालपुर्जामाथि निकै ठूलो खेतीपाती गरेको छ । अहिले चुनावको मुखमा आएर भनिरहेछ–एमालेले तपाईहरुलाई लालपूर्जा दिन्छु भन्थ्यो खै दिएको ? उसले कहाँ दिन्छ दिंदैन, हामीलाई भोट दिनुस् हामी तपाईलाई लालपूर्जा दिन्छौं ।

एमालेको केपी ओली सरकारले अत्यन्तै मेहनत गरेर मुलुकभरिका सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या सदाका लागि समाधान हुने गरी ठोस योजना बनाएर योजना अनुसार नियम कानुन तर्जुमा गरी तदनुसार अन द स्पट सर्वेक्षण गरी लालपुर्जा निर्माण गरिसकेको थियो । वितरण गर्न मात्र बाँकी थियो । वितरण भैदियो भने लामो समयदेखि थाती रहेको सुकुम्बासी समस्या समाधानको श्रेय एमालेलाई जाने भयो, तब त हामी चित पर्छौ भनेर गठबन्धनको प्रतिगामी सरकारले सुकुम्बासी समस्या समाधान आयोग नै भंग गरिदियो । तीन वर्षदेखिका समाधानका सम्पूर्ण प्रयास चक्नाचुर भए । तर पनि, लाजै नमानी गठबन्धन भनिरहेछ–तपाईलाई लालपुर्जा एमालेले दिंदैन हामी दिन्छौं । जसले हातमा पर्न लागेको लालपुर्जा खोस्छ त्यसले लालपुर्जा दिन्छ भनेर विश्वास गर्ने ठाउँ सुकुम्बासीहरुलाई छैन । उनीहरुका दुइवटा आँखाले एमालेले सुकुम्बासीहरुका लागि र अव्यवस्थित बसोबासीहरुका लागि बकाइदा नियम बनाई छानविन गरी प्रमाणहरु जुटाई जग्गा दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरी लालपुर्जा निर्माण गरेको देखेका छन् । त्यसो भएर उनीहरु तिनका झुटा आश्वासनमा झुक्किनेवाला छैनन् । एमालेले आफूले लगाएर तयार गरेको खेती समयमा आफैले स्याहार्छ ।

एमालेले आफू सरकारमा छँदा मुलुकको सम्मृद्धिका लागि कोरेको खाका, त्यसका लागि हालेको जग र चुच्चे नक्सा उसलाई चुनाव जित्न यथेष्ट छन । त्यसमा आफ्नो बलियो पार्टी संगठन छँदैछ । यी पंक्तिहरु लेखिरहँदा माथि जुन इण्डिकेटरहरुको उल्लेख गरिएको छ, तिनको अन्तर्य पनि एमाले आऊ भन्ने हो । देश संकटमा छ, संकट मोचन एमालेबाट संभव छ भन्ने हो । प्रष्ट शब्दमा ती इण्डिकेटरहरुको भाव हो– एमाले आऊ देश बचाऊ ।
शंकरनगर, रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?