ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

बाग्दुलामा सडकमै पार्किङ

१३ भाद्र २०७५, बुधबार
१३ भाद्र २०७५, बुधबार

जिल्लाभरबाट आएका सवारीसाधनहरू सडकमै पार्किङ गर्दा बाग्दुला बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । सवारीको चाप दिनानुदिन बढ्दै गएको र पार्किङ गर्ने स्थान नहुँदा सर्वसाधारणलाई सास्ती हुने गरेको छ । बस, जिप, म्याजिकहरू बाग्दुला बजारको मुख्यचोकमै पार्किङ हुने गरेका छन् । बजार गर्न आएका सर्वसाधारणलाई अव्यवस्थित पार्किङले हैरानी बनाउने गरेको छ ।
जिल्लाको प्रमुख बजार केन्द्रको रूपमा रहेको बाग्दुलाबाट जिल्लाका गाउँ–गाउँमा सवारीसाधन छुट्ने गर्छन् । लामो तथा छोटो दुरीका सवारीहरू समेत यहीँबाट छुट्ने गरेका छन् । दिनप्रतिदिन सवारी जाम समेत बढ्दै गएको झिमरुक अर्डर एण्ड सप्लार्यस बाग्दुलाका संचालक प्रसु अधिकारीले बताइन् । ‘कतिपय व्यवसायीहरूले बाटो मिचेर घर बनाएका छन्’, उनले भनिन्, ‘नगरपालिकाको मापदण्ड पनि पालना गरिएको छैन् ।’ फराकिलो सडक र बसपार्क निर्माण नहुँदासम्म बाग्दुलामा सडकमै गाडी पार्किङको समस्या भइरहने उनले बताइन् । अस्तव्यस्त पार्किङले व्यवसायीहरूलाई समस्या पारेको उनले जानकारी गराइन् ।
बाग्दुला बजार क्षेत्रमा दैनिक झण्डै दुई सय वटा सवारीसाधन ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक कार्यालय देविस्थान प्यूठानका प्रमुख, प्रहरी नायव निरिक्षक छविलाल ढकालले जानकारी गराए । जिल्लाभरमै बाग्दुला बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न चुनौती भइरहेको उनले बताए । ‘बसपार्क नबन्दासम्म समस्या भइरहने देखिन्छ’, उनले भने, ‘यसबीचमा पनि जसोतसो व्यवस्थापन गरिरहेका छौँ ।’ दुई जना ट्राफिक प्रहरी बाग्दुलामा खटाइएको छ । फोप्लीको चुनढुंगा बोक्ने टिपरसमेत बजार क्षेत्रबाटै ओहोरदोहोर गर्दा थप समस्या भइरहेको उनको भनाइ छ ।
स्थानीय सरकारले निर्माणधिन टिकुरी बसपार्कलाई पूर्णता दिनतर्फ ध्यानदिनुपर्नेमा उनले सुझाव दिए । झिमरुक नदी नजिकै फाँटमा शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा मार्फत बसपार्क निर्माण कार्य भइरहेको छ । निर्माणाधिन बसपार्क झिमरुक खोलाको उच्च जोखिममा परेको छ ।
बिहान नौ देखि ११ बजेसम्म सवारीको चाप धेरै हुने गरेको छ । म्याजिक, बस र जिपहरूलाई बाध्यताले सडकको किनारामा छुट्टाछुट्टै पार्किङ गर्न लगाइएको ढकालको भनाइ छ । बाग्दुलाबाट बिजुवारतर्फको विद्युत पोलबाट माथीतर्फ म्याजिक गाडीलाई पार्किङ गर्न लगाइएको छ । ढकालका अनुसार जिल्लामा जनशक्ति थोरै हुँदा मुख्यबजार केन्द्रमा ट्राफिक व्यवस्थापन गर्न कठिनाई हुने गरेको छ । पुरानो दरवन्दी अनुसार जिल्लामा ट्राफिक प्रहरी परिचालन भएका छन् । दरवन्दी अनुसार नौ जना नै जनशक्ति भएपनि हाल सवारीको चाप अनुसार उक्त संख्या थोरै भएको ढकालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?