ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

अर्घाखाँची नेकपामा विवाद चर्कियो

१२ भाद्र २०७५, मंगलवार
१२ भाद्र २०७५, मंगलवार

पीताम्बर भुसाल र रामबहादुर चौहान एउटै गाउँ बाँगीका हुन् । तत्कालिन एमाले जिल्ला सचिवमा चौहान र सचिवालय सदस्यमा भुसाल थिए । एकीकृत पार्टीको अध्यक्ष पद तत्कालिन एमालेलाई परेपछि भुसाललाई प्रदेश सांसद एवं तत्कालिन अध्यक्ष चेतनारायण आचार्यले अध्यक्ष पदमा सिफारिस गरे । चौहान सहित पूर्वएमाले कावा अध्यक्ष जीवनारायण कोइराला र उपसचिव प्रेमनारायण गैरेले पार्टीमा कनिष्ठ व्यक्तिको सिफारिस र विधि, विधान र प्रक्रियालाई मिच्ने काम भएको भन्दै निर्णय सच्याउन माग गरेको छ । दुवै पक्षधर नेता/कार्यकर्ता असन्तुष्ट जनाउँदै एकले अर्काेलाई गालीगलौजमा उत्रिएका छन् ।
कोइराला, चौहान र गैरेले संयुक्त रूपमा हस्ताक्षर गरी पाटी केन्द्रीय कार्यालयमा सिफारिस निर्णय बदर गर्न उजुरी दिएको छ । पार्टीको विधि, विधान र प्रक्रिया विपरित कमिटीमा कुनै सल्लाह नगरी एकलौटी ढंगले तत्कालिन अध्यक्ष एवं प्रदेससभा सदस्य चेतनारायण आचार्यले एकल सिफारिस गरेर मनोमानी गरेको कोइरालाले बताए । कमिटी छनोट गर्दा पार्टी वरिष्ठता, क्षमता एकताको भावनालाई आधार बनाउने र सिफारिस वा निर्णय गर्दा तत्कालिन एमाले र माओवादी केन्द्रका कमिटीमा रहेका कमरेडहरूको पनि राय सल्लाह लिन प्रवाधान भएपनि व्यक्तिवादी ढंगले सिफारिस गरेर हामीले फेसबुकबाट जानकारी पाउनु नियम विपरित कार्य हो, कोइरालाले भने ।
व्यक्ति भन्दा पनि हामी विधि र विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मान्यता भएको उनले बताए । नेता रामबहादुर चौहानलाई असन्तुष्ट टोलीले काठमाडौं पठाएको छ । व्यक्तिगत सिफारिस बदर गर्न माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड कहा“ धाएका छन् । उनले अन्य शीर्ष नेतालाई पनि नियमसंगत नभएको तर्क गरेका छन । सिफारिस गर्दा राय सल्लाह लिनुपर्ने नियम भएपनि पार्टी जिल्ला इन्चार्ज र हामी कसैलाई पनि सोधिएन, त्यसैले अन्याय भएकाले गुहार माग्न केन्द्रमा धाउनु परेको बताए ।
उनले पार्टीको सातौं महाधिवेशनमा आफुसंग सचिव पदमा हारेका भुसाल सचिवालयको नवौं नम्बरमा परेकालाई अध्यक्ष सिफारिस गर्नु न्याय संगत नभएको दावी गरे । भुसाल पार्टी भित्र इमान्दार र लगनशील व्यक्तिको रूपमा चिनिन्छन । चौहान हकी, खरो र प्रखर वक्ताको रूपमा चिनिन्छन । चौहान प्रदेस सांसद रामजीप्रसाद घिमिरे पक्षधरबाट सचिव जितेका थिए । भुसाल सांसद आचार्य पक्षधरबाट सचिवमा पराजित भएका थिए ।
प्रदेस र संघको चुनावमा टोपबहादुर रायमाझी मुख्य निर्वाचन परिचालन कमिटीको संयोजक, नजिर मिया सह–संयोजक र आफु सचिव ह“ुदा भुसाल सदस्य समेत नरहेको बताए । भुसालको आफु विरोधी नरहेको तर, प्रक्रिया विपरित काम भएकाले इमान्दार कार्यकर्ता अपमानित भएको दाबी गरे ।
हामी व्यक्तिको विरोधी हैनौं, सिस्टमले पार्टी चल्नुपर्छ र सिफारिस विधिसम्मत ढंगले हुनुपर्छ भनेर लागेको नेता गैरेले बताए । वरिष्ठताका आधारमा छनोट गर्दा भुसाल अध्यक्षमा सिफारिस हुन नसक्ने दावी गर्दै निर्णय गलत भएको बताए ।
प्रदेस सांसद एवं तत्कालिन एमाले अध्यक्ष चेतनारायण आचार्यले पार्टीमा अनुशासन, लगाव र पार्टी हाँक्न सक्ने व्यक्ति भुसाल भएकाले अध्यक्षमा सिफारिस गरिएको बताए । निरन्तर पार्टी काममा खटेकाले भुसाल नै अध्यक्षका लागि उपयुक्त आफुले ठानेको दाबी गरे । उनले विरोध भन्दा पनि पार्टीको काममा खटिन असन्तुष्ट पक्षलाई अनुरोध गरेका छन । अहिले सामाजिक सञ्जालमा दुई समुहमा विभाजन भएर नेता कार्यकर्ता एकले अर्काेलाई आरोप–प्रत्यारोप लगाउने काममा लागेका छन । यसको प्रभाव गाउ“ स्तरका कार्यकर्तामा समेत परेको छ । पार्टी अध्यक्ष सांसद, उपाध्यक्ष प्रदेस कमिटी सदस्य भएकाले आफु वरिष्ठतामा स्वत पर्ने र अध्यक्ष पाउनु स्वभाविक रहेको चौहान दाबी गर्छन । अध्यक्षमा सिफारिस भुसालले समर्थन नगर्नु व्यक्तिगत विचार भएपनि सधै आफु पार्टीमै क्रियाशिल भएकाले विरोध गर्नु जायज नभएको बताउ“छन ।
जिल्लाबाट प्रदेस कमिटीमा भुसाल एकल सिफारिसमा परेका छन् । पार्टी केन्द्रले निर्णय गर्न बाकी छ । जिल्लामा अध्यक्ष र सचिवको सिफारिसको आधारमा गर्न लागिएको हो । यो कमिटीले पार्टीको चुनाव गराउनेछ । कोइराला पाणिनी गाउ“पालिका अध्यक्षमा उम्मेदवार बनेका थिए । चुनावमा पराजित भए । भुसाल २०५४ सालमा २५ वर्षको उमेरमा बा“गी गाविस अध्यक्ष भएका थिए । त्यसपछि पाटीका विभिन्न कमिटीमा छन । चौहान अस्पताल विकास समिति र सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?