ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै

अस्पतालसँग जानकारी माग

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

जिल्ला पृथ्वी चन्द्र अस्पतालमा जिसस नवलपरासीका प्रमुख शिव शंकर रायले आइतबार अस्पतालको अवस्थाबारे जानकारी लिएका छन् ।
विगत एक शताब्दीदेखि केन्द्रिय सरकारले सञ्चालन गर्दै आएको जिल्ला अस्पताल अहिले प्रदेश मातहतमा आएपछि प्रदेश सरकारले हालै गरेको अस्पताल विकास तदर्थ समितिको अध्यक्षमा जिल्ला समन्वय समितिको प्रमुख तोकेको छ । प्रदेश मातहतमा अस्पताल आएपछि समन्वय समितिका प्रमुख र प्रदेश सांसदले समेत अस्पतालको अवस्थाबारे जानकारी लिएका हुन् ।
अस्पतालको स्तरोन्नती भएपनि विशेषज्ञ चिकित्सक नबस्ने, अस्पतालको औजार उपकरण, पूर्वाधार, आर्थिक स्रोत ब्यवस्थान लगायतका विषयमा उनले अस्पतालमै पुगेर जानकारी लिएका हुन् । अस्पतालमा गुणस्तरिय सेवाका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर अगाडि बढ्नु पर्ने र त्यसका लागि हालको अवस्थाबारे अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (प्रमेसु) डा.अनन्त कुमार शर्मासँग विवरण माग गरेका थिए । प्रमेसुले प्रदेश सरकारलाई अस्पतालको अवस्थाबारे लिखित जानकारी गराई सकिएको जनाउँदै सो जानकारीपत्र प्रमुख रायलाई उपलब्ध गराएका थिए ।प्रदेश साँसद बैजनाथ जैसवाल सहित अस्पताल पुगेको प्रमुख रायले अब अस्पतालमा ब्यापक सुधारको आवश्यकता औल्याउँदै प्रमेसु शर्मालाई भने, अस्पतालको वर्तमान अवस्थाको विस्तृत जानकारी सहितको प्रतिवेदन तयार गर्नुस, वर्तमान अवस्थाको लेखाजोखाको आधारमा अगामी योजना बनाउने र कुन निकायबाट के सहयोग लिईने त्यसका लागि पनि कार्ययोजना बनाउन लगाउनुस ।
अस्पतालबारे जनमानसमा सकारात्मक भन्दा नकारात्मक प्रचार बढि भएकोले अहिले जिल्ला अस्पताल ५१ सैयाको भई स्तरोन्नी भए पनि विरामी संख्या न्यून रहेको छ । अस्पतालमा सेवा पाइदैन भन्दै विरामी अस्पताल पुग्नु भन्दा निजी क्लिनिक र जिल्ला बाहिरका अस्पताल तथा मेडिकल कलेजमा जानु परेको छ । अस्पतालको स्तरोन्नती भएर के गर्ने ? दैनिक दुई सय भन्दा बढिले सेवा पाउने अस्पतालमा अहिले ५० जना पनि विरामी आएका छैनन् । अस्पतालबाट सुलभ, सजिलो र गुणस्तरिय सेवा प्रवाह गरेर पुनः जिल्लाबासी र विरामीको मन जित्नका लागि योजना आवश्यक रहेको प्रमुख रायले बताए । अस्पतालका लागि हामीले के गर्नु पर्छ ? त्यो कुरा पनि संकेत गर्नुस,प्रदेश साँसद जैसवालले प्रमेसु शर्मासंग भने, अब अस्पतालमा ब्यापक सुधारको आवश्यकता छ । बुटवल र भैरहवा जाने विरामीलाई उपचार सेवा परासीबाटै दिइने गरि कार्ययोजना बनाउनका लागि उनले आग्रह गरे ।
अस्पताल स्तरोन्नी भई ५१ सैया अस्पताल भएपछि नेपाल सरकारले विशेषज्ञ चिकित्सक, चिकित्सक,स्वाथ्यकर्मी र अन्य कर्मचारी गरि कुल ५२ जना कर्मचारीको दरबन्दि स्वीकृत गरेर पठाएको छ । तर त्यस मध्ये २६ जना मात्र कर्मचारी अस्पतालमा अहिले हाजिर छन् । ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ, प्रमेसु शर्माले भने,तर एक जना पनि विशेषज्ञ चिकित्सक अहिले हाजिर छैनन् । अन्य दरबन्दिका डाक्टर छैनन् । ६ जना डाक्टरले काम गर्दै आए पनि उनीहरू छात्रवृतिका डाक्टर हुन् । तिनैबाट काम चलेको छ । केही स्थानिय स्रोतबाट स्वास्थ्यकर्मी रहेका छन् । उनीहरूले पनि उचित पारिश्रमिक नपाउँदा उत्साहपुर्ण तरिकाले काम गर्न सकेका छैनन् । जबकी जिल्ल अस्पतालले २४ सै घण्टा आकस्मीक सेवा, २४ सै घण्टा फर्मेसी सेवा,कल्चर मेसिन सहितको १२ घण्टा प्रयोगशाला, अन्तरंग र बहिरंग सेवा सहित एच.आई.भि. उपचार केन्द्र समेत सञ्चालन गर्दै आएको छ ।
एक्सरे सेवा, क्षयरोग पत्ता लगाउने अत्याधुनिक उपकरण सहितको जिन एक्सपट प्रयोगशाला, क्षयरोग उपचार केन्द्र क्षयरोग उपचार केन्द्र, लंैगिक हिँसा सम्बन्धित एकद्धार संकट ब्यवस्थापन सेवा, विशेषज्ञ चिकित्सकद्धारा अप्रेसन गरि निःशुल्क प्रसुती सेवा लगायतका कतिपय सेवाहरू कुनै उपकरण र कुनै चिकित्सकको अभावमा प्रभावित छ । त्यसै गरि चिकित्सक र उपकरण अभावमा हालसम्म सञ्चालन हुन नसकेको शल्यक्रिया विशेषज्ञ सेवा,युएसजी सेवा,अल्ट्रासाउण्ड,टिएफटी,एचविए,आईरन प्रोफाईल,एडिए,एच सि भी,रगत र पिसाबको कल्चर लगायतको प्रयोगशाला र दन्त उपचार सेवा पनि सञ्चालनमा आउन सकेको छैन् । त्यसैगरि पुर्वाधार अभावमा फ्रिजिगँ सहितको पोष्टमार्टम भवन अभाव,उपयुतm पार्कि· ब्यवस्थापन,उपयुतm खानपान र पानी आपुर्ति जस्ता समस्या रहेको प्रमेसु शर्माले जानकारी गराए । अस्पतालका लागि आफ्नै एम्बुलेन्स र सवारी साधन पनि उत्तिकै आवश्यक रहेको बताए ।
सबै तर्फबाट सहयोग भयो भन्ने एक बर्ष भित्रै आधुकिस सेवा सहितको स्तरिय असपतालको रूपमा चिनाउन सकिन्छ, प्रमेसु शर्माले प्रदेश साँसद जैसवाल र जिसस प्रमुख रायसंग सरकारसंग भने, कि दरबन्दीका कर्मचारी ल्याउन प¥यो कि कर्मचारी अस्पतालले नै ति दरबन्दीमा कर्मचारी र चिकित्सक भर्ना गर्ने गरि रकम र अख्तियारी दिन पर्यो । औजार उपकरणका लागि पनि प्रयाप्त बजेट पठाउन प¥यो । यसका लागि प्रदेश सरकारसंग पहल गर्नुपर्ने उनको भनाइ थियो । जानकारी पश्चात प्रदेश सांसद जैसवाल र जिसस प्रमुखले अस्पतालको आकस्मि कक्ष, इन्डोर, प्रसुतिकक्ष, प्रयोगशाला, फर्मेसी लगायतका कक्षहरूको अवलोकन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?