ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै

उमेरले सानो वडाध्यक्षको ठूलो काम

१० भाद्र २०७५, आईतवार
१० भाद्र २०७५, आईतवार

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला यादव) ले आफ्नो वडा अन्तर्गत गरिने ब्यक्तिगत घटना सम्बन्धी कामहरू निःशुल्क गर्ने घोषणा गरेका छन् ।
वडा अध्यक्ष यादवले सार्वजनिक सूचना नै जारी गरि वडाबाट हुने जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, सम्बन्धविच्छेद जस्ता घटना दर्ता निःशुल्क रूपमा गर्ने बताएका छन । स्थानिय तहहरूले कर बढाएको भन्ने गुनासो आई रहेको अवश्थामा वडा नं. ४ ले आफ्नो वडामा आउने सम्पूर्ण सेवाग्राहीलाई यस्तो सुविधा प्रदान गर्ने भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भोला उमेर अहिले २५ बर्ष मात्र पुगेका छन । सम्भवतः जिल्लाकै कान्छो रहेका यी जनप्रतिनिधिले कर छुट दिने मात्र हैन आफुले वडाबाट पाउने पारीश्रमिक पनि समाजसेवामा नै समर्पित गर्ने बताएका छन । उनले आफुले पाउने सेवासुविधाबाट वडाका नागरिकलाई सेवा दिने जनाएका छन । वडा अध्यक्ष यादवले आफुले पाउने मासिक पारिश्रमिक तथा भत्ताबाट वडा नम्बर ४ का नागरिकलाई स्वास्थ्य सेवा तथा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताए । वडामा आफ्ना पारिश्रामिकबाट वडामा रहेका विपन्न परिवारलाई पर्दा सहयोग गर्ने उनले बताए । “अरू केही नभए पनि एम्बुलेन्स बापतको रकम परिश्रमिकबाट दिने घोषणा गरेको हु ” यादवले भने । वडा नम्बर ४ का जनताले आफुलाई आफ्नो प्रतिनिधि चयन गरेको हुदा उनिहरूको समपूर्ण सुख दुखमा आफुले सहभागीता जनाउने यादवको भनाई छ ।
त्यस्तै नागरिकता, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, सम्बन्धविच्छेद जस्ता घटना दर्ता सिफारिसको पनि निःशुल्क व्यवस्था गरिएको उनले बताए । वडा नम्बर ४ का वडा अध्यक्षले गरेको यो घोषणाले सो वडामा मात्र नभई नगरमै तरङ्ग ल्याई दिएको छ । अरू वडाले पनि वडा नम्बर ४ का अध्यक्ष भोलाबाट सिक्नु पर्ने नगरवासीहरूको भनाई रहेको छ । संघिय समाजवादी फोरम नेपालबाट वडा अध्यक्षमा बिजयी यादव नगरमा फोरमका एक मात्र निर्वाचित वडा अध्यक्ष हुन । नेकपाको बहुमत रहेको नगर कार्य समितिमा उनले पटक पटक बिभिन्न निर्णयहरूमा एक्लै भए पनि असहमति जनाउँदै आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?