ट्रेंडिंग:

>> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

भत्किएको राजमार्गमा कल्भर्टका लागि टेण्डर

१० भाद्र २०७५, आईतवार
१० भाद्र २०७५, आईतवार

घोराही तुलसीपुर सडकखण्डमा पर्ने मोतीपुर सोतामा गतवर्ष साउनमा आएको बाढिले वगाएको कल्र्भट निर्माणका लागि टेण्डर आह्वान भएको छ । गतवर्ष आएको बाढिले भत्काएको कल्भर्ट करिब १ वर्षपछि टेण्डर आव्ह्वान गरिएको हो ।
लमही, घोराही, तुलसीपुर राजमार्ग अन्र्तगत तुलसीपुर ६ हात्तिखौवाको कल्र्भट नहुदा यातायात ब्यवसायी तथा सवारी साधन प्रयोगकर्ताहरूले सास्ती खेप्दै आएका थिए । उक्त स्थानमा कल्र्भट नहुँदा यातायात आवागमन एकतर्फि बनाईएको छ । गतवर्ष साउन २७ गतेको वाढिले घोराही तुलसीपुर सडकखण्डको मोतीपुरमा कल्भर्ट बगाउदा यातायात सेवा केही दिन बन्द समेत भएको थियो । तुलसीपुर उप महानगरपालीका ६ को मोतीपुर सोतामा आएको वाढिले उक्त कल्भर्ट वगाएको थियो ।
कल्र्भट बगाएको एक वर्ष पुग्दा पनि सम्वन्धीत पक्षले कल्र्भट बनाउन ढिलाई गरेको सडक डिभिजन कार्यालयले एकतर्फी आवागमनको लागि होडिङ वोर्ड समेत राखेको छ । एकतर्फि आवागमन हुँदा सडकमा जामहुने गरेको सवारी चालकहरू बताउछन् । घोराही तुलसीपुर सडकखण्डमा चल्ने सवारी चालक केशव वलीका अनुसार अहिले पनि त्यो ठाँउमा गाडि चलाउदा अफ्ठेरो हुनेगरेको छ । सडकको लेवल नमिलेको र एकतर्फी मात्र वाटो सञ्चालन गर्दा जाममा पर्ने गरेको उनको भनाई छ । “अहिले सडक डिभिजन कार्यालयले टेण्डर खोलेको सुनेको छु, तर कहिले बन्ने हो थाहा छैन” वलीले भने । दाङका खोलामा बन्दै गरेको पुल हुन् या चार लेनको सडक कुनै पनि समयमा नवनेका कारण उक्त कल्र्भट पनि समयमा बन्नेमा सवैले आशंका गरेका छन् । “दाङमा निर्माण हुन लागेका काम कुनैपनि समयमा सम्पन्न भएका छैनन् यो पनि कति वर्ष लाग्ने हो” अर्का सवारी चालक सुमन पोख्रेलले भने । वर्षादको समयमा सञ्चालन गरिएको एकतर्फी वाटोमा एकवर्षपछि कल्र्भट निर्माणका लागि टेण्डर खुला गरिएको छ । डिभिजन सडक कार्यालय दाङका प्रमुख वद्रीप्रसाद शर्माका अनुसार टेण्डरको प्रक्रिया पुरा हुनासाथ बाटोमा कल्भर्ट निर्माणको काम अगाडि वढाइने वताउछन् । “टेण्डरको प्रक्रिया पुरा भएपछि तत्काल हामीले काम सुरु गर्छाै” शर्माले भने । उनले टेण्डरको सम्पूर्ण प्रक्रिया दशै अगाडि सुरु गरेर तत्काल काम अगाडि वढाइने जानकारी समेत दिए । गतवर्ष आएको बाढीले कल्भर्ट वगाउँदा तुलसीपुर उप महानगरपालिकाको पहलमा अस्थायी रूपमा ह्युमपाईप राखेर बाटो सुचारु गरिएको थियो । भत्किएको एक वर्ष वित्दा सम्म सडक डिभिजन कार्यालयले बजेट अभावको कारण देखाउदै उक्त सडक मर्मतको लागि काम गरेन भने स्थानीय सरकारले राजमार्गमा आफुले लगानी गर्न नपाउने भएकोले केन्द्र सरकारको मुख ताक्नुपर्ने बताउदै आएको थियो । “केन्द्रको मातहतमा भएकाले हामीले निरन्तर दवाव दिएपछि मात्रै निर्माण प्रक्रिया अगाडि वढ्ने भएको हो” नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले उप महानगरपालिकाको खवरदारीका कारण निर्माण कार्य अगाडि वढ्न सकेको जिकिर गरे ।
कल्भर्ट निर्माण नहुँदा तुलसीपुर उप महानगरपालिकाप्रति जनताको आलोचना वढ्दै गएपछि नगरप्रमुख पाण्डेले पछिल्लो समय पहलकदमी लिएर निर्माणको काम अगाडि वढाउन दवाव दिएका हुन् । कल्र्भट निर्माणका लागि दवाव दिएको बताउदै मेयर पाण्डेले समयमै काम सक्न पनि दवाव दिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?