ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

महिलाको नेतृत्वमा गाउँमा खानेपानी

९ भाद्र २०७५, शनिबार
९ भाद्र २०७५, शनिबार

गाउँमा संचालन भएको खानेपानी आयोजनालाई स्थानीय महिलाहरूले अगुवाई गरेका छन् । ऐरावती गाउँपालिका–६ आँपखोलामा संचालन गरिएको आँपखोला खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिमा सबै महिलाहरू छन् । सातजना महिलाहरू समितिमा बसेर गाउँमा खानेपानी आयोजना समयमै पुरा गरेको अध्यक्ष मिना घर्तिमगरले जानकारी गराइन । ‘महिलै महिला बसेर खानेपानी आयोजना पुरा ग¥यौँ’,उनले भनिन्,‘महिलाले पनि विकास निर्माणको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिन खोजेका हौँ ।’ काम गर्दा आफूहरूलाई कुनै समस्या नभएको उनले अनुभव सुनाइन । गाउँका दश घरधुरीलाई लक्षित गरी आयोजना निर्माण गरिएको छ । आयोजना सम्पन्न भएपछि सबैका घरमा पानीका धारा झरेका छन् ।
वर्षौदेखि खानेपानीको हाहाकार हुने गरेको विगत सम्झदै समितिका सचिव एवं स्थानीय शारदा थापाले हिजोआज सुखका दिन फर्किएको सुनाइन । गाउँ नजिकै खानेपानीको मुहान भएपनि घण्टौँ बोकेर पानी ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । छोराछोरीहरू समेत घरमा पानी पु¥याएर मात्र विद्यालय जानुपर्ने बाध्यता थियो । पानीको सहज सुबिधा भएपछि हिजोआज गृहणी महिलाहरूको दैनिकी फेरिएको उनले बताइन् । महिलाहरूले पानी बोक्ने समय अन्य काममा सदुपयोग गर्ने गर्छन् । खानेपानीकै समस्या भएपछि तरकारीखेती, व्यक्तिगत सरसफाई गर्ने समेत समस्या हुने गरेको महिलाहरू बताउँछन् । ‘कुण्टाको पानी बोकेर जसोतसो काम चलाउँदै आएका थियौँ’,थापाले भनिन्,‘आजभोलि सबैका घरमा धारा बनेका छन् । पानीकै चिन्ता गर्नुपर्दैन ।’
महिलाहरूले श्रमदानसहित आयोजना पुरा गरेका हुन् । पानी बोकेरै समय विताएका महिलाहरूको जीवनशैलमै परिवर्तन आएको देखिएको छ । उनीहरू व्यक्तिगत सरसफाईसँगै समयको सदुपयोग गर्न थालेका छन् । ‘विहान बेलुका पानीको चिन्ता गर्दै समय वित्थ्यो’, थापाले भनिन्,‘घरमा पानी आउला भन्ने सोँचेकै थिएनौँ । पानी आउँदा धेरै सजिलो भएको छ ।’ आपखोलासँगै जिल्लाका धेरै गाउँमा खानेपानी आयोजना निर्माण गरेर पानीको सहज पहुँच पुग्न थालेको छ । विगतको तुलनामा हिजोआज दुर्गम वस्तीहरू खानेपानीको समस्याबाट छुटकारा पाएका छन् ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना(दोस्रो चरण) अन्तर्गत गाउँमा खानेपानी आयोजना निर्माणमा सहयोग भएको हो । आपखोलाको गाउँदेखि माथीपट्टी दुई हजार लिटर क्षमताको पानी संकलन ट्यांकनी निर्माण गरेर सवैका घरमा पानी पु¥याइएको जिल्ला सम्वन्य समिति प्यूठान अन्तर्गत प्राविधिक सहयोग इकाइका वास इञ्जिनियर धु्रव थापाले जानकारी दिए । उनका अनुसार हाल जिल्लाभर कुल चार करोड ३५ लाख रूपैयाँ वरावरको खानेपानी आयोजनाहरू निर्माणधिन अवस्थामा छन् । स्वर्गद्धारी नगरपालिकामा भिंगृ लिफ्ट र गौमुखी गाउँपालिकाको काथलखोला खानेपानी तथा सरसफाई आयोजनाका लागि एक÷एक करोड भन्दा बढी बजेट छुट्टाएर उपभोक्ता मार्फत काम भइरहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म जिल्लाका सवै योजनाहरू पुराहुने उनले बताए ।
पानीको हाहाकार भएका जिल्लाका विकट वस्तीमा पछिल्लो समय खानेपानी आयोजना संचालन गरेर पानी पु¥याइएको छ । मुहानै नभएका स्थानमा इनार निर्माण गरी लिफट् आयोजना मार्फत गाउँमा पानी लगिएको छ । पश्चिम नेपालले जिल्लाका विजुली सहित भिंगृ, लिवाङको टिमुरचौर, माझकोट, अर्खा, रजवारा, डामृ लगायत गाउँमा आयोजना संचालन गरेर खानेपानीको सहज सुविधा पु¥याएको जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले जानकारी दिए । खानेपानी आयोजना संचालन भएपछि धेरैजसो दुर्गमबस्तीका हजारौँ घरपरिवार लाभांवित भएका छन् ।
करोडौँ रूपैयाँ लगानी गरेर खानेपानी आयोजना संचालन गरेपछि दुर्गमवस्तीका सर्वसाधरणलाई सहजता मिलेको छ । जिल्लाका धेरैजसो स्थानीय तहले समेत घरघरमा पानीका धारा पु¥याउने योजना बनाएका छन् । सबैका घरमा धारा बनेपछि पूर्ण सरसफाईका गतिविधि संचालन गर्न सहज पर्ने देखिएको छ । गाउँ तथा नगरपालिकाले चालु आर्थिक वर्षका लागि खानेपानी आयोजना संचालन गर्न करोडौँ बजेट विनियोजन गरेको जनाएका छन् । ‘पालिकाकै सबैभन्दा धेरै बजेट खानेपानीमा विनियोजन भएको छ’,माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकामगरले भने,‘यसवर्ष सवैका घरमा पानीका धारा पु¥याउने लक्ष्य छ ।’ स्वच्छ खानेपानीको अभावमा नागरीकले सहज जीवयापन गर्न नसक्ने उनको बुझाई छ ।
जिल्लाका धेरैजसो गाउँबस्तीहरू पानीको मुहानदेखि माथी हुँदा खानेपानी पु¥याउन कठिनाई भइरहेको थियो । तर, सरोकारवाला निकायले लिफ्टमार्फत आयोजना निर्माण गरेपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको पाइएको छ । विद्युत्तको पहुँच नभएका प्यूठान नगरपालिकाको भुतभुते खानेपानी आयोजना माझकोट र स्वर्गद्धारी नगरपालिकाको भिंगृस्थित ओदार्ने खानेपानी आयोजनामा सोलारबाटै लिफ्ट गरेर घरघरमा पानीका धारा झारिएको छ ।

तस्वीर :बिजुलीस्थित आँपखोला गाउँका महिलाहरूको अगुवाईमा निर्माण भएको खानेपानी आयोजना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?