ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

सडक निर्माणमा अनियमितताको आरोप

९ भाद्र २०७५, शनिबार
९ भाद्र २०७५, शनिबार

जिल्लाको सरावल गाउँपालिका–६ कुर्थावलमा सडक ग्राभेल र नाला निर्माण कार्यमा अनियमितता भएको आरोप लागेको छ । कारण सडकको काम अधुरो हँुदा सास्ती बेहोर्नुपरेको स्थानीयको भनाइ छ । गाउँपालिकाको पदाधिकारी र कर्मचारीको मिलोमतोमा अनियमितता हँुदा अहिले गाउँलेले सास्ती भोग्न परेको गुनासो स्थानीयले गरेका छन् । गाउँपालिकाले सडकमा ग्राभेल गर्ने र दुवैतर्फ पक्कि नाला निर्माण गर्ने गरि १३ लाख विनियोजन गरि बाँकी ६८ हजार ४ सय ९७ रुपियाँ श्रमदान समावेश गरि आयोजना सञ्चालन गरेको थियो । आयोजना अधुरो हँुदा नै गाउँपालिकाले भुतmानी गरेका कारण अहिले सडकमा भएको खाल्टोले स्थानीयलाई आवतजावतमा समस्या भएको गुनासो स्थानीयबासीको रहेको छ ।
आयोजना उपभोतmा समिति मार्फत सम्झौता भएपनि ठेक्का मार्फत गराइएको थियो, एक स्थानीयले भने, समिति, प्राविधिक र पदाधिकारीको समेत मिलोमतो रहेको छ । आयोजनाको काम नहुँदा अहिले सास्ती गाउँलेलाई भएको हो । सो आयोजनामा अझ सडकमा रहेका पुरानै इट नालीमा प्रयोग गरियो, तर पनि आयोजना सम्पन्न भएन्, के को आधारमा गाउँपालिकाले भुतmानी ग¥यो छानविन हुनुपर्ने उनको भनाइ थियो ।
यस्तो सानो आयोजनामा लाखौ रुपिया घोटाला हुन्छ, तर पनि सरोकारवाला निकाय मौन छन् ।
जनप्रतिनिधिको नाउमा लुट मच्चिदा पनि अनुगमन गर्ने निकाय हेरेको छैन् । गाउँपालिकाका प्राविधिक र पदाधिकारी मिलेपछि अनियमितता हुने गरेको भनाई स्थानियको छ । अनुगमन गर्न आउने गाउँपालिकाका उपाध्यक्ष उत्तमा राय लगायतको अनुगमन टोलीले पनि उहिँ प्राविधिकले जे भन्छन्,तिनैको कुरा सुनेको आरोप स्थानियको रहेको छ ।
कमसल भए पनि काम पुरा गरिदिएको भए पनि केही राहत हुने थियो । तर भुतmानी भए पछि काम अधुरै छोड्दा सडक हिलाम्य भएको छ । खाल्टो भएका कारण बाहिरबाट आउने यात्रुलाई समेत सास्ती झेल्न परेको छ । योजनामा भ्रष्टाचार गरेकै छन्,स्थानिय दिनेश गुप्ताले भने,अधुरो काम पनि पुरा कम्तीमा गरिदिएको भए स्थानियलाई राहत त हुन्थ्यो । मानविय संवेदना समेत नभएका जनप्रतिनिधि र जनता भन्दा जनप्रतिनिधिलाई खुशी बनाउदै हिड्ने प्राविधिक कर्मचारीले समेत स्थानियको समस्या नबुझेको दुखेसो उनले पोखे ।
उता झरही खोलामा पुल नबनिदिएका कारण वर्दघाट चिसापानीसम्मका मानिस कुर्थावल गाउँ हँुदै बुडबन्तवापुरको पुल भएर मानिसहरू आउने जाने गरेका थिए । तर अहिले सडकमा खाल्टो परेका कारण त्यो पनि विकल्प अवरुद्ध भएको छ । यो बाटो भएर गाँउ बाहिरका मानिस आउदा समेत गाली गर्ने गरेका छन् । तर पनि जनप्रतिनिधि र गाउपालिकालाई लाज नभएको स्थानियको भनाई थियो । गाँउलेको सोझोपनको फाईदा उठाउदै भ्रष्टाचार गर्ने गरेका छन् । सोझा गाउलेले के गर्न सक्छन् । डाडु पन्यु आफ्नै हातमा अहिले भएको छ, स्थानियले भने, जनप्रतिनिधि र कर्मचारी प्राविधिक मिले पछि कस्को के लाग्छ । सडकको अनियमितता बारे पटक पटक गाउपालिका प्रशासनलाई जानकारी गराए पनि सुनुवाई नभएको गुनासो स्थानियबासीको रहेको छ । जिल्लाबाट पनि कुनै अनुगमन भएको छैन्, गुप्ताले भने, अनुगमनकर्तालाई पनि चिल्लो सजिलो बाटो भए मात्र जाने बानी रहेको छ । यस्तो दुर्गम गाँउमा किन आउने तिनीहरू पनि । त्यस्तै परे अनुगमनकर्ताले पनि आफ्नो भाग बुझि सके होलान,किन आउन प¥यो जनताको समस्या हेर्न ? उनले आक्रोस ब्यतm गरे ।
यता गाँउबाट सडकको अनियमितता भएको, पुरानो इटा प्रयोग भएको र काम अधुरो भएको गुनासो गाउँपालिकामा आएको योजना अनुगमन समितिका संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले बताईन् । आफुले तिन पटकसम्म अनुगमन गरेको सुनाउदै उनले गाँउलेको भनाई एक किसिमको भएको र प्राविधिकले जति स्टिमेट थियो,त्यती बराबरको काम भएको जानकारी गराएका कारण यथार्थ के हो ? निक्र्यौल गर्न नसकिएको उनको भनाई छ । सडकमा खाल्टो भएका कारण सो खाल्टो पुर्नु पर्ने हो,तर बजेट निकासा नभएका कारण हुन नसकेको प्रतिक्रिया उनले जनाईन् । केही दिनमै निकासी गराएर खाल्टो पुर्ने उनले दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?