ट्रेंडिंग:

>> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

नयाँ शहर बन्दै गढवा

६ भाद्र २०७५, बुधबार
६ भाद्र २०७५, बुधबार

नेपाल सरकारको शहरी बिकास मन्त्रालयको तराई मधेशमा संभावित नयाँ शहर गढवा हुलाकी लोकमार्ग अन्तर्गत एकिकृत बिकास गुरुयोजना दाङ जिल्लाको गढवामा संचालित हुने भएको छ । तराइ मधेशमा नेपाल अधिराज्यका १५ वटा आधुनिक शहर निर्माणका कार्यक्रमहरू मध्ये दाङको गढवा गाउँपालिकामा छनौटमा परि यो कार्यक्रम लागू हुने भएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् । सो गाउँपालिका छनौटमा परे लगतै गााउपालिका सम्पूण पूर्वाधारबारे गढवा गाउँपालिकामा विज्ञ टोली सहित सरोकारवालाहरू बीच वृहत छलफल भएको छ । जसका लागि प्राकृतिक स्रोतले भरिपूर्ण पुर्वाधार, शुन्दर गढवा, शिक्षा, पर्यटन र समृद्ध शहरको आधार भन्ने मुलनारा समेत तय भएको गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारको शहरी बिकाश मन्त्रालयको नयाँ शहर कार्यक्रम अन्तर्गत दाङको गढवा गाउँपालिकामा पहिलो चरणमा ५ बर्षे एकिकृत योजना तयार गर्ने, संभाब्यता अध्ययन गर्ने,प्रविधीक नक्सा तयार गर्ने, गाउँपालिकाको भिलेजप्रोफाइल (पाश्र्वचित्र) तयार गर्ने र भिन्न भिन्न बिश्लेषणात्मक अध्ययनको आधारमा नयाँ शहरको रणनीति बमोजिम गाउँपालिकामा कस्तो ढंगको शहरी बिकास कार्यक्रम लागू गर्ने भन्ने डि.पि.आर.का गुरुयोजना तयार गरिने नयाँ शहर योजनाका परामर्शदाता शहरी योजनाविद् सुमन कुमार कर्णले बताए । तराई मधेशका पन्ध्र स्थानलाई नयाँ शहर बनाउने कार्यक्रम दाङको गढवा गाउँपालिकामा छानिएको हो, । जसमा गााउँपालिकाको भौतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यटन, वित्तिय ब्यवस्थापन, वातावरण ब्यवस्थापन, प्रकोप ब्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन गरि ९ वटा क्षेत्र (सेक्टरमा) कार्यक्रम सञ्चालन गर्न दिर्घकालिन गुरुयोजना बनाइने भएको छ ।
जस अन्तर्गत गाउँपालिकाका सडक सञ्जाल स्तरिकरण, जग्गा विकाश कार्यक्रम शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, एकीकृत वस्ती बिकास र ल्याण्डफिल साइट ब्यवस्थापन लगायतका कार्यहरू गरिने भएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यको व्यवस्थापन गर्न लागि एउटा मुल समिति र ९ वटा उपसमितिहरू गठन गरिने पनि गाँउपालिकाले जनाएको छ । नेपाल सरकारको लगानी रहने गरि डिपिआर योजना तयार भएपछि स्टिमेट तयार हुने र ति कार्यक्रमहरूको बल्ल मात्र लगानी फिक्स हुने बताइएको छ । नौ महिनामा डिपिआरका सबै योजनाहरू तयार गरिने कन्सल्टेन्स कम्पनिका परामर्शदाता तथा शहरी बिकास योजना विद् सुमन कुमार कर्णले बताए । सो कार्यक्रमको जिम्मा नेपाल सरकार शहरी बिकाश मन्त्रालय मार्फत् काठमाण्डौले लिएको छ । दाङको गढवा र बर्दियाको राजापुर नगरपालिकामा यो कम्पनिले नयाँ शहर बनाउने जिम्मा लिएको बताइएको छ । ब्यवस्थित र पुर्वाधार युक्त शहर बनाउने, शहर बनि सकेपछि तोडफोड नहोस भन्ने अबधारण बमोजिम पहिले नै बृहत गुरुयोजना बनाएर स्मार्ट सिटी बनाउने सरकारी लक्ष्य रहेको र सोही बमोजिम देउखुरीको गढवामा काम गर्न थालिएको कम्पनिका परामर्शदाता मिता सुवालले बताइन ।अल्पकालिन कार्यक्रम अन्तर्गत पाँच बर्षे, मध्यकालिन अन्तर्गत १० बर्षे र दिर्घकालिन कार्यक्रम अन्तर्गत २० बर्षे बिस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) का गुरुयोजना बनाएर काम गरिने छ, जसभित्र पुर्वाधार युक्त, बसोवास योग्य, रोजगार र सिप तथा क्षमताको बिकास, आकर्षण योग्यभौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारका कार्यक्रमहरू संचालन गरिने छ, शहरी योजनाविद् सुमन कुमार कर्णले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?