ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

क्षयरोगका बिरामी बढ्दै

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ तोप्पानीमा रहेको स्वास्थ्य चौकीमा प्याथोलोजी सेवा सञ्चालनमा आएपछि क्षयरोगका बिरामी भेटीन थालेका छन् ।
ग्रामीण भेगमा रहेको स्वास्थ्य चौकीमा यहि बर्षको जेठ महिनादेखि प्याथोलोजी सेवा सुरु भएपछि ४ जना क्षयरोगका बिरामी थपीएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउँदै आएको निमित्त कार्यालय प्रमुख डिल्लीराज शर्माले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार तुलसीपुर १९ मा तिन महीनाको बिचमा भेटीएका ४ जना बिरामी सहित २३ जना क्षय रोगीले स्वास्थ्य चौकीबाट नियमित औषधि सेवन गरीरहेका छन् ।
भौतिक पूर्वाधारमा कम्जोर रहेको स्वास्थ्य चौकीले तुलसीपुर १९ को तोप्पापानीमा स्थानीयको सहयोगमा निर्मित भवन बाट सेवा दिदै आएको छ । दाङमै सबैभन्दा धेरै खोप केन्द्र रहेको उक्त स्वास्थ्य चौकीमा कर्मचारी कम हँुदा सेवा प्रबाहमा समस्या भएको शर्माले बताएका छन् । ७ खोप केन्द्र रहेको स्वास्थ्य चौकीमा दैनिक ४० जना सम्म बिरामी उपचार गर्न आउने गरेको अहेव टेक बहादुर रोकाले बताए । स्वास्थ्य चौकीमा कार्यालय प्रमुख काजमा अन्यत्र गयपछि ७ जना कर्माचारी रहेको र त्यसमा पनि केही फिल्ड जानुपर्ने भएकाले दुई जनाले बिरामीको हेरचाहा गर्नुपर्ने बाध्यता रहेको शर्माले बताए ।
बिकट क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा दुई जना कार्यालय सहयोगी रहेका छन् भने तुलसीपुर उपमहानगरको सहयोगमा करारमा कर्मचारी राखी प्याथोलोजी सेवा सञ्चालनमा ल्याईएको छ । उक्त स्वास्थ्य चौकीमा ४ घण्टा सम्मको पैदल यात्रामा बिरामीहरू आउने गरेको अहेब टेक बहादुर रोकाले जानकारी दिएका छन् । स्वास्थ्य चौकीमा क्षय रोग, निमोनिया, पखाला, आउमासी, टाईफाईड, स्वास प्रस्वास, प्रेसर, घाउ चोटपटक, लगाएतका बिरामीहरू आउने गरेको रोकाले बताए । स्वास्थ्य चौकीमा सेवा लिनलाई तुलसीपुर १९ को छिल्लीकोट, सुगुरखोला, भित्रिसक्राम, तुलसीपुर ४ को खुनखानी सहित बिभिन्न विगट क्षेत्रबाट आउने गरेका छन् । अधिकांस बिरामीले जनचेतनाको अभावका कारण फोहर पानी प्रयोग गर्ने गरेको पाईएको रोकाले बताए । छाला सम्बन्धी बिरामी पनि स्वास्थ्य चौकीमा आउने गरेको उनले बताए । बिगट क्षेत्रमा स्वास्थ्य चौकी रहेकाले त्यहा आउने बिरामीले स्वास्थ्यको सरसफाईमा ध्यान नदिने गरेको पनि रोकाले बताएका छन् ।
७ कट्ठा श्रेस्ता जमिनमा भवन हुनुपर्ने नेपाल सरकारको नियम भएपनि स्वास्थ्य चौकी जग्गाको अभावमा स्थानीयले ऐलानी जमिनमा बनाई दिएको भवनबाट सेवा दिँदै आएको छ । वडामा बिभिन्न किसीमका रोग लुुकाएर बसेका बिरामी धेरै भएपनि त्यो बाहिर आउन नसकेको निमित्त कार्यालय प्रमुख शर्माले बताएका छन् । तुलसीपुर १९ पहाडी ईलाकामा पर्ने भएकाले यहाँ अझै क्षय रोगसँगै महिलाहरूमा पाठेघरको समस्या रहेका धेरै छन् त्यो पत्ता लगाउनलाई स्वास्थ्य शिविर नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?