ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

लुम्बिनी स्वास्थ्यको हब बन्न सक्छ ।—पूर्व मुख्यमन्त्री लिला गिरी

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

बुटवल, १० चैत । काठमाण्डौपछि स्वास्थ्यको हबका रुपमा लुम्बिनीलाई विकास गर्न सकिने लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले दाबी गरेका छन । प्रादेशिक अस्पताल, सरकारी जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरुको सेवालाई स्तरवृद्धिमात्र नभई सरकारी मेडिकल खोल्ने जस्ता लक्ष्यलाई अघि बढाएको कारण पनि यो हबका रुपमा विकास गर्न सकिने उनले बताए । नेकपा एमाले रुपन्देही स्वास्थ्य तथा जनसंख्या विभागले बुटवलमा आयोजना गरेको जनतासंग चिकित्सक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको जिवनस्तर र चेतना, उनिहरुले पाउने सेवा र त्यो सेवाबाट पर्ने असरको विषयमा रहेको कमीकमजोरीलाई हटाउनुपर्ने सुझाव दिए । ‘सुविधा, स्थिरता र सुरक्षा अहिलेको स्वस्थ्य क्षेत्रमा चुनौतीका रुपमा देखापरेको छ ।’— उनले भने । लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा पछिल्लो दुई दशकमा धेरै विकास भएको उनले दाबी गरे । कुनै बेला ससाना रोग लागेमा भारत उपचार गर्न जाने बानीमा फेरिएको बताए । यस क्षेत्रमा रहेको सरकारी अस्पतालमा विशिष्टिकृत सेवा, मेडिकल कलेज, नीजि अस्पतालका कारण सेवाग्राहीहरु सहज उपचार पाउन सकेको उनले बताए । अहिलेको विकास पर्याप्त नभएको भन्दै उनले समयको माग, बढ्दो जनसंख्या, परिवर्तति राजनीतिक जिम्मेवारीका कारण थप विकास खोजेको दाबी गरे । ‘सन्तोष मिल्ने अवस्था छैन, हामी अघि बढ्नुपर्छ ।’—उनले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले नीति निमार्णको तहमा सहयोग पुर्याउने, सल्लाह दिने, अन्तरक्रिया गर्ने साथै पार्टीलाई उपयुक्त दिशा दिन मद्यत गर्ने हो । जिल्ला, प्रदेश, केन्द्रमा रहेको यो विभाग निरन्तर आफनो काम गर्दै आएको उनले बताए । नेतृत्वसंगको कुरा आएपनि अझै नागरिकसंगको कुरा आउन बाकी रहेको उनले बताए । ‘अब जनतासंग जोडिनुपर्छ ।’— उनले भने ।

नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले चिकित्सकहरुको समस्या सुनुवाई हुने ठाउ नै नरहेको दुखेसो गरे । चिकित्सकहरुप्रति समाजमा बनेको धारणालाई चिर्न जरुरी रहेको भन्दै सामाजिक उत्तरदायित्वमा आफुहरु अगाडी रहेको दाबी गरे । ‘चिकित्सकहरु समाजको अभिन्न अंग हो ।’—उनले भने ।

कार्यक्रममा विभागका संयोजक सुनिल श्रेष्ठले ‘स्वस्थ्य समाज समृद्ध आधार’ मुल नारासहित आम नागरिकको स्वास्थ्य, सरकारी स्वास्थ्य सेवाको अवस्थाका बारेमा काम गर्दै आएको बताए । नागरिकको स्वास्थ्यसंग सम्बन्धित खाद्यका विषय, विकास निमार्णका धेरै विषयहरु रहेको भन्दै उनले केवल प्रतिनिधिपात्रहरु बिच अन्तरक्रिया गरिएको उनले बताए । विभागबाट रुपन्देहीका पाच वटै क्षेत्रमा निशुल्क स्वस्थ्य जाच तथा निशुल्क औषधी वितरणसंग ल्याब सम्बन्धि निशुल्क परिक्षण समेत गर्न सफल भएको उनले बताए । जसमा मधुमेह, कोलेस्ट्रोल लगायतको परिक्षण भएको थियो । आफनो गाउमा आफनै ठाउमा भन्ने नारासहित स्वास्थ्य शिविर चलाउदै आएको उनले बताए । आगामी दिनमा लागुऔषध विषयमा विभिन्न विद्यालयका विद्यार्थी, महिलाको पाठेघर र स्तन क्यान्सर सम्बन्धमा स्क्रिनिङको लागि अनेम संघसंग सहकार्य गर्ने तथा स्वास्थ्यका साथ खेलकुद अन्य जनसंगठनसंग अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष समुन्द्र जिसीले स्वास्थ्य क्षेत्रमा रहेको विकृति हटाउन सरकार लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा उठेका विषयबस्तुलाई टिर्पोटकर्ता डा रोहित राज क्षेत्री, माधव सापकोटाबाट संकलन गरि पार्टी जिल्लामा पठाईने र उपयुक्त समयमा सम्बोधन हुने विभागका सचिव केदार नेपालले बताए ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, एमाले जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसी, रुपन्देही ब्यापार संघका अध्यक्ष दिपक अधिकारी, लुम्बिनी प्रादेशिक अस्पतालका पुर्वअध्यक्ष बाबुराम भट्टराई, पुर्व मेसु डा.ईन्द्र ढकाल, देवदह मेडिकल संघका चेयरपर्सन गोपाल पोखरेल, राष्ट्रिय चिकित्सक संघका निर्वतमान अध्यक्ष डा.सन्तोष पोखरेलले स्वस्थ्य क्षेत्रमा देखिएको कमीकमजोरीलाई हटाउन समुदायका सरोकारवाला पक्ष नै जिम्मेवार हुनुपर्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?