ट्रेंडिंग:

>> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान

पशुमा बाँझोपन हटाउन ‘डोर टु डोर’

गाईभंैसी बाँझोपनको उपचार पनि हुन्छ,भन्ने किसानमा जानकारी नहुनुले पनि किसान बाँझोपनको उपचार खोज्ने गरेका छैनन् । उपचार गरेर बाँझोपन समस्या हटाउन सकिन्छ,भन्ने डोर टु डोर सेवामा दिईने कार्य गरिएको छ ।
२८ पुष २०८०, शनिबार
२८ पुष २०८०, शनिबार

नवलपरासी, २८ पुस । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय, नवलपरासीले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्न थालेको छ । घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशुपालनमा देखिएको समस्याहरूको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्य शुरु गरेको हो ।

पशुपालक किसानका फर्म र घरमा रहेका दुधालु गाई भैंसी मध्ये अधिकांशमा बाँझोपन जस्ता समस्या देखिएको अस्पतालकी पशु चिकित्सक डा.विभूति सिंहले बताईन् । उनका अनुसार पशु स्वास्थ्यकर्मी सहित चिकित्सकहरूको टोली पशुपालक किसानको डोर टु डोर पुग्ने र सेवा दिईने अभियानको रूपमा चलाइको छ ।

यसले पशुपालक कृषकमा उत्साह थपिएको छ, उनले भनिन्, किसानहरूले यस्तो पहिलो पटक घरदैलोमै आएर पशु (गाईभैंसी) को समस्या बुझ्ने कार्य भई रहेको छ । पशुमा देखिने बाँझोपन समस्या प्रमुख समस्याको रूपमा देखिएको छ । पशु बिरामी हँुदा त किसानले थाहा पाउने र उपचारका लागि आफै सक्रिय हुने गरेको भए पनि बाँझोपनलाई समस्याको रूपमा नलिई समान्य रूपमा हेर्ने गरेको हुदा यस्मा किसानले सकेसम्म ती गाईभैंसीलाई पाल्ने र नसके बिक्री गर्नुका साथै छाडा पनि छाडिदिइने गरेका छन् ।

खासगरि भैंसीको मासु नेपालमा खाने प्रचलनले बाँझो भैंसी त मासुका लागि बिक्री भई नै हालेका छन्, डा.सिँहले भनिन्, तर गाईलाई काट्ने मासु खाने नेपालमा खुलेयाम प्रचलन नभएको हुँदा छाडा छाड्ने समस्या देखिएको हो । यसले छाडा गाईको संख्या बढ्नु एउटा कुरा हो, तर त्यसले किसानका लागि घाटा पनि हो । बाँझोपन समस्यालाई निराकरण गर्न सकियो भन्ने पशुपालक किसानलाई नोक्सानी ब्यहोर्न नपर्ने उनको भनाइ थियो । गाईभैंसी बाँझोपनको उपचार पनि हुन्छ, भन्ने किसानमा जानकारी नहुनुले पनि किसान बाँझोपनको उपचार खोज्ने गरेका छैनन् । उपचार गरेर बाँझोपन समस्या हटाउन सकिन्छ, भन्ने डोर टु डोर सेवामा दिईने कार्य गरिएको छ । घरेलु उपचार, स्याहासुसार जस्ता चेतनाको जानकारी गराउँदै नमुना छनौटमा परेका पशुको चिकित्सा उपचार पनि गरिएको चिकित्सक डा.सिँहले बताईन् ।

उनका अनुसार सुनवल नगरपालिकामा ५१ वटा गाई र १४ वटा भैसीमा बाँझोपन देखिएको थियो । त्यसैगरि बर्दघाट नगरपालिकामा पनि ३४ गाई र १७ वटा भैसीमा बाँझोपन समस्या भेटियो, पशु चिकित्सक डा.सिँहले भनिन्, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोली घरमै पुगेर सेवा दिदा किसानमा खुशी देखियो । पशुपालन तर्फ उत्साह पनि ब्यक्त गरेका थिए । यो सेवा निरन्तताको अपेक्षा पनि किसानले गरेको उनको भनाइ थियो । एउटा फर्ममा ५ वटा पशुमा बाँझोपन देखिएकोले यो समस्या जिल्लाभरि धेरै हुनसक्ने अनुमान रहेको छ । यसलाई अभियानकै रूपमा अब पशु सेवा केन्द्रले सञ्चालन गर्ने बताउँदै उनले नगरपालिका र गाउँपालिका भित्र रहेका पशु सेवा शाखाले पनि सक्रियता देखाउनु पर्ने आग्रह गरिन् ।

स्थानीय तहमा पशु चिकित्सक नभए पनि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रसँग सहकार्य गरेर पनि गाउँपालिका र नगरपालिकाले यो अभियानको निरन्तरता दिईनु पर्छ । गाउँपालिका तथा नगरपालिकाले आफ्नो आर्थिक विकास शाखाको प्रमुख आधार कृषि पशु र उद्योगलाई राख्ने तर त्यस क्षेत्रमा प्रभावकारी लगानी गर्ने कार्य प्राथमिकतामा नपर्ने देखिएको छ ।

पूर्वाधारलाई प्राथमिकता त्यसपछि समाजिक क्षेत्र रहेको तर स्थानीय सरकारको आर्थिक विकास शाखा भनेर चिनाउने क्षेत्रमा लगानी कम भेटिनु दुःखद भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए । स्थानिय तह पनि जनतासँगको नजिकको सरकार हो, तर सरकारको प्राथमिकतामा आर्थिक विकास परेको देखिएको छैन । प्रदेश सरकारसँग सहकार्य गरि विज्ञ सेवा पनि दिलाउन सक्छ, त्यसका लागि पशु सेवा विज्ञ कार्यालय तत्पर रहेको उनको भनाइ थियो । बाँझोपनको समस्याका प्रमुख कारण लम्पी स्किन, खोरेत तथा अन्य महामारी रोग आउनुका साथै पशुलाई दिईने सन्तुलित आहारा नहुँदा सन्तुलित पोषण अभावका कारण पनि बाँझोपन बढेको उनले बताए ।

साँढे वा राँगो खोज्दा पशुले विभिन्न लक्षणहरू देखाउँछ,जस्मा प्राथमिक लक्षण अरू पशुलाई आफू माथि उक्लन दिइनु महŒवपूर्ण लक्षण मानिन्छ । शुरुको अवस्था आफू अर्को पशुमाथि उक्ले पनि स्टाण्डिगँ हिटमा भने अरू पशुलाई आफूमाथि उक्लन दिन्छ । यी बाहेक सुत सुन्निनु, सूतको भित्रिभागमा रातो अथवा गुलाफी रँग जस्तो देखिनु तुरतुर पिसाब फेरि रहनु, दुध घटाउनु, कराउनु जस्ता लक्षण समेत देखाएको बारे किसानलाई सुझाव दिइएको थियो । त्यसैगरि सबै पशुमा यस्ता लक्षणहरू राम्रोसँग नदेखिन पनि सक्छ । यस्तो ऋतुकाललाई मन्द ऋतुकाल भनिन्छ । यस्तोमा पशुको प्रत्यक्ष हेरचाह गर्ने ब्यक्ति अझ चनाखो हुनु जरुरी छ र प्राविधिकले पनि भित्रि अंगहरूको परिक्षण गरी निक्र्याैल गर्न जरुरी हुन्छ ।

प्रजनन् दर उच्च हुनका लागि मुख्यत ऋतुकाल पहिचान गर्ने दक्षता कृत्रिम गर्भाधानकर्ताको क्षमता पशुको प्रजनन् क्षमता र वीर्यको प्रजनन् क्षमतामा भर पर्नेगर्छ । यसका लागि गर्भ रहने दर बढाउन ऋतुकाल शुरु भएको १२ देखि २० घण्टा भित्रको समयलाई कृत्रिम गर्भाधान गराउन उपयुतm समय मानिन्छ, सोही बेला कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु मन्द ऋतुकालमा हुन सक्छ त्यस्तो अवस्थामा किसान चनाखो हुनु पर्छ र प्राविधिकले प्रजनन अंग परीक्षण गरेर मात्र पशु ऋतुकालमा आए नआएको निधो गर्नु पर्छ । पशु ब्याएको कम्तीमा पनि ४५ देखी ६० दिन पछि मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशु तुहाएको छ भने त्यस्तो अवस्थामा दुईवटा ऋतुकाल छोडेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ ।
यसैगरि कहिलेकाहीँ गर्भाधानमा पनि पशु ऋतुकालमा आउन सक्छ यस कारण कृत्रिम गर्भाधान गर्नु पूर्व इतिहास लिने र गर्भ परिक्षण गर्ने कार्य गर्नुपर्छ । यदि कृत्रिम गर्भाधान गराउन पशुलाई टाढाबाट ल्याइएको भए कम्तीमा पनि १५ मिनेट आराम गर्न लगाई त्यसपछि मात्र कृत्रिम गर्भाधान गराउनु पर्छ ।

पशु बिरामी भएको अवस्थामा वा ज्वरो आएकोमा कृत्रिम गर्भाधान गर्नु हँुदैन यदि गरेमा पनि गर्भधारण दर कम हुन्छ । यदि पशु ऋतुकालको समय १७ दिन भन्दा कम र २५ दिन भन्दा बढि छ भने पशुको उपचार गरेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशुलाई दाना वा अनाजमा भन्दा धेरै खनिज पदार्थ हरियो घाँसमा हुन्छ । हरियो घाँस खान नपाएको अवस्थामा मिनरल मिक्स्चर किनेर दानामा मिसाएर खुवाउनु पर्ने हुन्छ, जस्ता सन्देश पनि यो अभियान भित्रै दिँदै आएको केन्द्रले जानकारी गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np