ट्रेंडिंग:

>> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी

गुल्मीमा किन घट्यो सुन्तला ?

१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

गुल्मी, १८ पुस । गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घटेको छ । गत बर्ष जिल्लामा छ हजार आठ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष छ हजार पाँच सय ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

गत वर्ष पाँच सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको भएपनि यस वर्ष उक्त क्षेत्रफल वृद्धि भई छ सय २३ पुगेको छ । सुन्तला खेती गर्ने क्षेत्रफल बढेपनि यस वर्ष सुन्तलाको उत्पादन र उत्पादकत्व घटेको हो । गत वर्षको तुलनामा सय वर्ष जिल्लामा सुन्तला उत्पादनमा ११ प्रतिशत कमी भएको छ । गत बर्ष २९ करोडको उत्पादन भएकोमा यस वर्ष उक्त उत्पादन घटेर करिब २३ करोड ७८ लाखको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

सुन्तला उत्पादनको हिसाबले यो बर्ष १२ करोड ८४ लाखको सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । गत बर्ष जिल्लाबाट १३ करोड २१ लाखको सुन्तला निर्यात भएको बताईएको छ । यसरी सुन्तलाको उत्पादन घट्नुमा फल पातलो लाग्नु, फलका दाना साना हुनु र गत वर्ष भन्दा कम उत्पादनहुनु मुख्य कारण रहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

जिल्लामा सुन्तला खेती गर्ने परम्परागत प्रविधिको कारण ९५% भन्दा बढि सुन्तला बगैचा बिजु बोटका छन । बिजु बोटहरूमा फँेद र जरा कुहिने रोग सबैभन्दा बढि देखिएको धुर्कोट गाउँपालिकाका २ सुफलका कृषक शिबलाल खनालले बताए । उनले अधिकांस सुन्तला बगंैचामा मलखाद र शुक्ष्म तत्वको अभावका कारण पात पहेलोहुने, छिर्केमिर्र्के देखिने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने र सानो हुने, रसिलो फल नलाग्ने, बोक्रा बाक्लो हुने जस्ता समस्या देखिदै गएको कारण गत वर्ष भन्दा केही कमी आएको बताए ।

जिल्लाका १२ वटै पालिकाहरूमा सुन्तला खेती हुने गर्दछ । १२ पालिकाका अन्र्तगत ३७ वडामा सुन्तलाजात फलफुल जोन लागु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारमा सुन्तला खेतीका लागि चक्लाबन्दी शुरु गरिएको छ ।

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा छत्रकोटको लुम्छा, श्रृङ्गा रेसुङ्गा नगरपालिकाको भाडगाँउ, अर्खले, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन ।

यहाँका अधिकांस व्यवसायी कृषकहरूले आफ्नै लगानीका साथै केही स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको सहयोगमा करिब ६० हेक्टर क्षेत्रफलमा सुन्तला रोपण गरेका छन । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीले पनि सुन्तलाको क्षेत्रमा काम गर्दै आएको छ ।

सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जातहरू पहिचान गरि तिनको व्यवसायीकरण गर्न शुरु गरेको छ । ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैचा व्यबस्थापनमा सुधारका लगायत मलखाद, सिंचाई र काँटछाँट गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीकी प्रमुख गंगा कुमारी पोख्रेलले बताईन ।

गुल्मीको सुन्तला निकै मिठो र स्वादिलो भएका कारण यहाँको सुन्तलाको माग जिल्ला भित्र र बाहिर उत्तिकै राम्रो मानिन्छ । व्यापारीहरू पनि कृषककै घरघरमा आएर बगैंचामै पुगेर सुन्तला खरिद गर्ने गर्दछन । सुन्तला कृषकहरूका लागि पनि मुख्य आम्दानीको स्रोत बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np