ट्रेंडिंग:

>> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

असल दुध उत्पादन पाच दिने तालिम

१५ पुष २०८०, आईतवार
१५ पुष २०८०, आईतवार

बुटवल, १५ पुस ।  आम उपभोक्ताबाट दुधको गुणस्तरको बारेमा गुनासो आईरहेको बेला रुपन्देहीमा पाच दिने असल दूध उत्पादन तालिम दिईएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा लुम्बिनी प्रदेशका पशु किसान, दुग्ध उद्योगीहरुलाई समेटेर पाच दिने असल दुध उत्पादन तालिम दिएको हो ।

बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले आम उपभोक्तामा गुणस्तरको बिषयमा सचेतना जागेको भन्दै अब पुरानै तवरमा उद्योग नचल्ने बताए । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पशु किसान, उद्योगीहरुलाई समेटेर यो तालिम चलाउदा उपयोगी देखिएको अनुभव उनले सुनाए । हाल जिडिपिमा ३ प्रतिशत योगदान दिएको, ५ लाख कृषक पशुपालनमा रहेको र करीब ३० अरब रुपैया सरकारको लगानी रहेको महत्वपूर्ण क्षेत्रलाई अझ ब्यवस्थित गर्ने गरि कार्यक्रमहरु संचालन गर्न लागेको उनले बताए ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले डेरी ब्यवसायीहरुलाई असल दुध उत्पादन तालिम आजको माग र आवश्यकता भएको बताए । किसानसंग जोडिएको ब्यवस्थापन र नैतिकताको विषय भएको उनले बताए । असल अभ्यास र असल सोच बिना असल काम अघि बढ्न नसक्ने उनको दाबी छ । सरकार र नेतृत्व तहमा पहुच नहुदा किसानलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन जरुरी रहेको भन्दै उनले किसान र उद्योगीहरु पनि आफनो मर्यादित पेशाका रुपमा पहिचान गर्ने गरि लाग्नु सुझाव दिए ।

तालिममा सहभागी गुल्मीस्थित बम्घा बहुउद्देश्यीय सहकारी संस्थाका लेखासमिति सदस्य दिपक पुरीले दुध उत्पादनमा अप्नाउनुपर्ने सावधानी, यसको तत्वहरुको बारेमा आफुहरुले राम्रो ज्ञान लिन पाएको बताए । संवेदनशीलता तरल पदार्थ भएकाले उत्पादनदेखी उपभोगसम्मको अवस्थालाई बुझन र बुझाउनुपर्ने बताए ।

यसैगरि वशिष्ठ डेरि उद्योग, सुस्ताका पवन भट्टराईले दूध उत्पादनको कुरा एउटा किसान गोठ तयारदेखि नै शुरु गर्नुपर्ने बताए । गोठको अवस्था, चौपायाको स्वस्थ्य, खानपान र ब्यवस्थापनसंग यसको उत्पादन जोडिने उनको तर्क थियो ।
कार्यक्रममा दुग्ध विकास संस्था बुटवलका गुण नियन्त्रण शाखाका माधव पाण्डेले तालिममा सिकेको कुरा कार्यान्वयन गर्न सकेमात्र सफल हुने बताए ।

कार्यक्रममा दुग्ध उद्योगी गणेशसिह भण्डारीले कृषकबाट प्राप्त दूधलाई चिलिङ सेन्टरमा कतिसमयमा राख्नुपर्ने, दुधको विविधिकरण गरि बजारमा बजारीकरण गर्नेसम्मका विषयहरु सिकाई भएको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवको विशेष सहयोगमा संचालन भएको तालिममा बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले सहजिकरण गरेका थिए । तालिममा रुपन्देही, गुल्मी, अर्घाखाँची र नवलपरासी जिल्लाका १८ जना दुग्ध उत्पादन सहकारीका सदस्यहरु सहभागी थिए । लुम्बिनी प्रदेशका रुपन्देहीमा ५३ वटा, बर्दियामा ६२ वटा, बाकेमा २३, नवलपरासी ७ वटा दुग्ध सहकारी संस्था छन ।

भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np