ट्रेंडिंग:

>> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’

महिलालाई आत्मनिर्भरमा सहयोगी बन्दै तरकारी खेती

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

लमही, १४ पुस । बिहान ४ बजेदेखि नै देउखुरी लमही, भालुबाङ विभिन्न चोकमा कठ्याङ्ग्रिने जाडोको परवाह नगरी छिटुवा र डालोमा सागसब्जी तरकारी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छ देउखुरीका थारू महिलाहरू । लमही चोकचोकमा महिला किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा लस्करै बसेका हुन्छन् न चिसो न घाम पानी पर्दा शीत झर्दापनि ग्राहकको प्रतीक्षामा बसिरहेका हुन्छन् ।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्दै आएकी राप्ति गाउँपालिका ४ कि सिता थारु बिहानै पिपरि बाट लमही आउने बस चढेर लमही आउछिन अनि चोक निरको सडकपेटिमा तरकारीको पसल लगाउँछिन अनि बिहानभर तरकारी बेचेर पुन घर फर्कने गर्छिन । उनको दिनचर्या यसरी नै बित्ने गरेको बताउँछिन । यस्तै राजपुर गाउँपालिका १ बेलाकि कमलावती चौधरी पनि व्यवसायिक रूपमा काउली, टमाटर र आलुखेती गरेर आत्मनिर्भर बनेको बताउँछिन । उनी भन्छिन ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषि कर्मबाट राम्रो आम्दानी भएको छ । पछिल्लो समयमा गाउँपालिका र सघ÷ संस्थाले पनि सहयोग गरेका छन । तालिम, प्राबिधिक सहयोग पाएका छौं । अहिले पालिकाबाट केही अनुदान दिएको छ उनले भनिन् । गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले बस त कहिले अटो चढेर आउने छुकनि थारु पनि सडकपेटिमा नै तरकारी बेचेर आत्मनिर्भर भएको बताउँछिन । दैनिक गुजरा टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उनको कृषि आम्दानीले थेगेको छ ।

५ देखि ७ कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक २ देखि ३ लाखसम्मको कारोबार गर्दै बचत गर्दै आएको बताउँछिन । बचत रकमबाट नै उनी मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आएकी छिन । यस्तै गढवा गाउँपालिका मानपुरकि दुखिया चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राख्दै आएकी छिन। पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेँडा काउली फलाउने दुखिया धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउछिन।उन्ले गत वर्ष ३ लाख आम्दानी गरेको बताइन। चिसो होस या जाडो बिहान गढवा बजार बजारमा तरकारी राख्नुस् भन्दै घरघर पुग्ने गर्छिन ।

यस्तै लमही नगरपालिका घुम्नाकी रामपती चौधरी लगायत थारु महिला दिदिबहिनिहरू पनि बिहानै टाउकोमा छिटुवा अनि डालोमा तरकारी बोकेर लमही बजार बजारमा ताजा साग तरकारी राख्नुस् भन्दै झिसमिसेमै आइपुगछन । केहीले स्वयं आफैले बजारमा बिक्री गर्छन भने केहीले घरबाट थोक मुल्यमा बिक्री गरेको बताउछन । सिजन अनुसार आफ्नै बारीमा उत्पादित तरकारी बेच्न हिँड्दै गरेका सयौँ थारु महिलाहरूका झुण्ड सहर बजारका चोक गल्लीमा देखिनु अब सामान्य दृश्य जस्तै बनेका छन् ।

बजार सानो भएकाले गाउँका सबै उत्पादन त्यहाँ खपत हुँदैनन् । बजार खोज्दै जाँदा उनीहरू महेन्द्र राजमार्ग आसपासका स साना चोक बजार हुँदै लमही तथा भालुभाङसम्म पुग्न पर्ने बाध्यता उनीहरूको रहेको छ । थारु महिलाहरूले तरकारी बेचेर दुई चार पैसा हात पार्न थालेपछि बस्तीको दैनिकी पुरै फेरिएको छ । एकातिर आर्थिक स्वतन्त्रताले महिलाहरूलाई आत्मविश्वासी बनाएको छ भने बजारको प्रतिस्पर्धाले उनीहरूलाई उत्पादनको विविधता सिकाएको छ ।

छोराछोरीको पढाई खर्च, औषधी उपचार, लत्ताकपडा र घरायसी सामानको लागि उनीहरूले ऋण खोज्नु परेको छैन । आधुनिक खेतीप्रणालीको प्रयोगले तरकारीमा सुधार गरेपछि देउखुरीका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले आम्दानी हुन सकेको थिएन । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । उष्ण हावापानी ,सिचाइको सुबिधा भएका कारण यहाँ अधिकाम्स किसानले मौषमी तथा बेमौसमी तरकारी खेती गर्ने गर्दछन । पछिल्लो समयमा पालिकाहरूले पनि व्यावसायिक तरकारी खेतीलाई प्राथमिककता दिएको बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?