ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

फिफा विश्वकप छनोटका लागि भोलि नेपालले लाओससंग खेल्दै

ठूलो संख्यामा उपस्थित भएर हौसला बढाइदिन खेलाडीको अपील
२४ आश्विन २०८०, बुधबार
२४ आश्विन २०८०, बुधबार

काठमाडौं,२४ असोज । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५:३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेलिने छ ।

उक्त खेलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ) ले लाओसविरुद्ध बिहीबार हुने खेलमा नेपाली खेलाडीको हौसला बढाउन बढीभन्दा बढी समर्थकलाई उपस्थित हुन आग्रह गरे । खेलाडीको सबैभन्दा ठुलो शक्ति भनेकै दर्शक भएको भन्दै उनले भोलीको खेलमा रंगशालामा समर्थकको ओइरो लागोस् भने ।

उनले लाओसविरुद्धको खेलमा राष्ट्रिय गान बज्दा सबै समर्थकलाई खेलाडीसँगै राष्ट्रिय गान गाउन पनि आग्रह गरे । उनले भने, ‘खेलअघि हामी सँगै मिलेर राष्ट्रिय गान गाऔँ । खेलको अन्तिम समयसम्म पनि रातो र चन्द्र सूर्यको धुनमा रंगशाला गुन्जिरहोस् । रंगशालामा घन्कने समर्थकहरूको आवाज नै हामी खेलाडीको ऊर्जाको स्रोत हो । ’
उनले लाओसविरुद्ध मैदानमा ओर्लन आफ्नो टोली तयार रहेको पनि बताए । नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि आफ्नो टोली लाओसलाई चुनौती दिन तयार रहेको बताए ।
लाओसविरुद्धको खेलका लागि घोषित नेपाली टोलीमा किरणकुमार लिम्बु, दीपक कार्की, अभिषेक बराल, सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिषरत्न छुन्जु, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।

नेपाल र लाओसबिचको दोस्रो लेग खेल भने लाओसको घरेलु मैदानमा खेलिने छ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्र विश्वकप छनोटको अघिल्लो चरणमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?