ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

बाँकेका पाँच पालिकाले अझै गठन गरेनन् खेलकूद विकास समिति, कार्यविधि निर्माणमै ढिलाई

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

नेपालगञ्ज, २० असोज ।

ऐन बनेको ६ बर्ष बितिसक्दा पनि बाँकेमा हालसम्म तीनवटा पालिकाले मात्र स्थानीय खेलकूद विकास समिति गठन गरेका छन् । कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाले मात्र नगर तथा गाउँ खेलकूद विकास समिति सञ्चालन कार्यविधि बनाएर समिति गठन गरेका हुन् ।

कोहलपुर नगरपालिकाले २०७६ फागुन १ मा नै कार्यविधि बनाएर स्थानीय राजपत्रमा प्रकाशन गरेको जनाएको छ । सोही कार्यविधि अनुसार गतबर्षको साउनमा कोहलपुर नगर खेलकुद विकास समितिको संयोजकमा बुद्धिबहादुर थापालाई मनोनयन गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । थापा अन्तर्राष्ट्रिय तेक्वान्दोका एम्पायर र राष्ट्रिय खेलाडी हुन् । प्रमुख आचार्यले भने– ‘स्थानीय खेलकुद विकास समिति सक्रिय रहेकाले गत चैतमा राष्ट्रियस्तरको कोहलपुर गोल्डकप फुटवल प्रतियोगिता सफल पा¥र्यौं, फेरि कोहलपुरमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजनाको तयारी गरिरहेका छौ.।’ यसबर्ष खेलकुदतर्फ ७५ लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै प्रमुख आचार्यले भने –‘खेलकुदसँग सम्बन्धित नगरस्तरिय विभिन्न खेलकुद प्रतियोगिता आयोजना भईरहन्छन् जसले गर्दा स्थानीय स्तरदेखि खेलप्रति चासो बढ्दै गएको छ ।’ एक वडा एक खेलकुद मैदान बनाउने नगरको योजना अनुसार ग्रामीण वडाहरुमा खेलकुद मैदान बनाईए पनि शहरी क्षेत्रका वडामा खाली जमिनको अभावमा बनाउन नसकिएको प्रमुख आचार्यको भनाई छ ।

यस्तै बैजनाथ गाउँपालिकाले पनि २०७७ सालमा गाउँपालिका स्तरीय खेलकूद बिकास समिति सञ्चालन कार्यविधि बनाएर त्यसैको आधारमा समिति गठन गरेको जनाएको छ । सोही कार्यबिधि अनुसार महाबिर थारुको संयोजकत्वमा गठन भएको स्थानीय खेलकुद बिकास समितिले सक्रियतापूर्वक काम गरिरहेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले बताईन् । समितिकै सक्रियतामा गतबर्ष पुसमा बैजनाथ गाउँपालिकास्तरीय प्रथम उपप्रमुख कप सम्पन्न गर्न सफल भएको उपाध्यक्ष राकायाले बताईन् । उनले भनिन्–‘स्थानीय खेलकूद विकास समितिसँगै प्रत्येक वडामा खेलकुद क्लव पनि गठन गरेका छौं, सोही क्लवको माग अनुसार खेलकूदका गतिविधि गर्दै आएका छौं ।’

क्लवको माग अनुसार खेलकुदको सामग्री उपलब्ध गराउनुका साथै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी हुन जाने खेलाडीलाई खेलकूद पोशाक र जुत्ता लगायतका सामग्री प्रदान गर्दै आएको उनले बताईन् । यस बर्ष पनि उपप्रमुख कप आयोजनाको तयारी गरिरहेका छौं, उनले भनिन् –‘उपप्रमुख कप बाहेक विभिन्न खेलकुद गतिविधिका लागि यस बर्ष १० लाख बजेट विनियोजन गरेका छौं ।’ खेलकूदको माध्मबाट समाजमा अनुशासन र सामाजिक सद्भाव कायम राखी युवाहरुलाई धुम्रपान, मध्यपान, लागूपदार्थ दुब्र्यसनको कुलतबाट जोगाई शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित र सुसंस्कृत समाज निर्माणको निमित्त खेलकूद बिकास समिति सञ्चालन कार्यविधि बनाएको उाध्यक्ष रोकायाले बताईन् ।

कोहलपुर र बैजनाथ जस्तै खजुरा गाउँपालिकाले पनि गाउँ खेलकूद विकास समिति सञ्चालन कार्यबिधि २०७८ स्वीकृत गरेर समिति गठन गरिसकेको छ । गत माघ ४ गते खजुरा गाउँपालिका प्रमुख अध्यक्ष रहने गरी खजुराको खेलकूदको बिकास र ब्यवस्थापनको लागि अधिकार सम्पन्न खेलकूद विकास समिति गठन गरेको उपाध्यक्ष मन्जु मल्लले जानकारी दिईन् । स्थानीय खेलकूद विकास समितिले नै गतबर्ष अन्तर विद्यालय मेयरकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको उपाध्यक्ष मल्लले बताईन् । खेलकुद क्षेत्रका लागि यस बर्ष खजुरा गाउँपालिकाले ४० लाख बजेट बिनियोजन गरेको जानकारी दिँदै उपाध्यक्ष मल्लले गाउँपालिकाको प्रत्येक वडामा पनि वडास्तरीय खेलकूद विकास समिति गठन भईसकेको बताईन् । वडामा समेत समिति गठन भएपछि खेलकूदका जुनसुकै गतिविधि गर्न सहज भएको उनले बताईन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ (१) ले दिएको अधिकार प्रयोग गरी स्थानीय पालिकाले आवश्यकता अनुसार नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सकिने प्रवधान रहेपनि बाँकेका ४ वटा पालिकाले अहिले सम्म स्थानीय खेलकूद विकास समिति सञ्चालन कार्यविधि बनाउन नसकेको अवस्था छ । खेलकूदको बिकास र प्रवद्र्धनका लागि सबैजसो पालिकाले बर्षेनी लाखौं बजेट विनियोजन गरेर विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आए पनि समिति गठन गर्न सकेका छैनन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भर्खर कार्यविधि तयार पारेको जनाएको छ । कार्यबिधि तयार पारिसकेको जानकारी दिँदै राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले भने, ‘अव कार्यविधि कार्यपालिकाको बैठकमा स्वीकृत गराएर स्थानीय राजपत्रमा प्रकाशन पश्चात छिट्टै स्थानीय खेलकूद विकास समिति गठन गर्ने तयारीमा छौं ।’

कार्यविधि बनाउन ढिलाई भएकाले हाल सम्म समिति गठन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । राप्ती सोनारीमा खेलकुदका पूर्वाधार सुबिधा सम्पन्न नभए पनि एक वडा एक खेलकुद मैदान रहेकोले सबै बिधाका खेलमा खेलाडीहरु अब्बल रहेको गाउँपालिकाले जनाएको छ । वडा र गाउँपालिका स्तरीय प्रतियोगिता सबैजसो वडामा हुँदै आएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जीवन न्यौपानेले जानकारी दिए । राप्ती सोनारी गाउँपालिकामा राष्ट्रिय स्तरका एकदर्जन बढी खेलाडी रहेकोमा स्वर्णपदक विजेता आधादर्जन खेलाडी रहेको गाउँपालिकाले दावी गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाले हाल सम्म स्थानीय खेलकूद बिकास समिति सञ्चालन ऐन बनाउन नसकेको बताएका छन् ।

नेपालगञ्ज उपमहानगरभित्र जिल्ला खेलकूद विकास समितिले नै सबै खेलकूदका गतिविधि गरिरहेकाले हालसम्म छुट्टै स्थानीय खेलकूद विकास समितिको आवश्यकता महसुस नभएर प्रक्रिया अगाडि नबढाएको उपमहानगरपालिकाले जनाएको छ । हालसम्म स्थानीय खेलकूद विकास समिति सञ्चालन कार्यविधि नबनाईएको र समिति पनि गठन नगरिएको नेपालगन्ज उपमानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताए ।

जानकी गाउँपालिकाले पनि हाल सम्म कार्यविधि बनाउन नसकेको जनाएको छ । समिति नभए पनि विभिन्न खेलकूदका गतिविधि भईरहेको छ, गाउँपालिका अध्यक्ष छब्बन खाँले भने –‘वडा स्तरमा युवाहरुले खेलकुद प्रतियोगिता गरिरहन्छन्, त्यही त हो स्थानीय खेलकूद विकास समिति ।’

डुडुवा गाउँपालिकामा पनि हाल सम्म स्थानीय खेलकूद विकास समिति सञ्चालन कार्यविधि र समिति गठनबारे कुनै प्रक्रिय सुरु नभएको गाउँपालिकाका कर्मचारी बताउँछन् । गाउँपालिकाका सूचना अधिकारी सन्जयकुमार कर्णले गाउँकार्यपालिकाको बैठकमा हाल सम्म यो विषयमा कसैले प्रस्ताव समेत नगरेको बताए । उनले भने ‘नयाँ ऐन र कार्यविधि बनाउने विषयमा जनप्रतिनिधिले नै प्रस्ताव गर्ने कुरा हो, तर अहिले सम्म यो विषयमा कसैले कुरा उठाएको जानकारी छैन ।’

नरैनापुर गाउँपालिकामा पनि गाउँकार्यपालिका सदस्यहरुले यस विषयमा छलफल समेत नगरेको प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले बताए । उनले भने ‘खेलकूदसँग सम्बन्धित विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ, तर स्थानीय खेलकूद विकास समिति बनाएको छैन ।’ उनले अगाडि थपे, ‘जनप्रतिनिधिलाई यस विषयमा जानकारी नभएर पनि हुन सक्छ, अवको कार्यपालिका बैठकमा म आफै कुरा उठाउँछु ।’ अव बस्ने कार्यपालिका बैठकमा स्थानीय खेलकूद विकास समिति गठनको विषयलाई प्रस्तवको लागि सुझाव दिने उनले प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?