ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

विश्वकप क्रिकेट तामझाम विनाको उद्घाटन, विश्व च्याम्पियन इङ्ल्याण्ड न्युजिल्याण्डद्वारा स्तब्ध

१८ आश्विन २०८०, बिहीबार
१८ आश्विन २०८०, बिहीबार

बर्दघाट, १८ असोज ।

तेह्रौँ सँस्करणको विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । कुनै पनि औपचारिक कार्यक्रम र तामझाम विना विश्वस्तरको प्रतियोगिता सुरु भएको यो पहिलो घटना हो ।

उद्घाटन कार्यक्रममा भारतीय कलाकारहरु रणविर सिँह, अरिजित सिँह, तमन्ना भाटिया, वरुण धवन, शँकर महादेवन लगायतका कलाकारहरुले प्रस्तुति दिने बताइएपनि कुनै पनि साँगितिक कार्यक्रम र आतिशबाजी भएको थिएन । १३ औँ सँस्करणको विश्वकप क्रिकेटको उद्घाटन खेल १२ औँ सँस्करणको विजेता इङ्ल्याण्ड र उपविजेता न्युजिल्याण्डविच भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रँगशालामा सम्पन्न भएको थियो ।

उद्घाटन खेलमा विश्व विजेता टोली इङ्ल्याण्डले ९ विकेटको फराकिलो अन्तरले पराजय भोगेको छ । टस हारी पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन जोडेको थियो । उसका लागि जोय रुटले ७७ रन बनाउँदै अर्धशतकीय पारी खेलेका थिए । कप्तान जोश बटलरले ४३ र ओपनर जेनी वेरिष्टले ३३ बाहेक अन्यको प्रदर्शन भने फितलो रह्यो ।

न्युजिल्याण्डका म्याट ह्यारीले इङ्ल्याण्डका ३ खेलाडीलाई पेवेलियनको बाटो देखाएका थिए । ग्लेन फिलिप र मिचेल स्यान्टनरले समान २—२ विकेट लिएका थिए । २ सय ८३ रनको लक्ष्य पच्छाएर प्रतिउत्तरमा ब्याटिङ गर्न मैदानमा उत्रिएको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८२ बल बाँकी छँदै १ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।

न्युजिल्याण्डले सुरुवाती विकेट दोश्रो ओभरमै टिम स्कोर मात्र १० हुँदा गुमाएको थियो । ओपनर ब्याटर विल योङ शुन्य रनमै पेवेलियन फर्केका थिए । ओपनर ब्याटर डेभोन कन्भे र रचिन रविन्द्र आक्रामक खेल प्रदर्शन गर्दै दोश्रो विकेटको लागि २ सय ७३ रनको साझेदारीमा टिमलाई जित दिलाउन महत्वपूर्ण योगदान गरे । कन्भेले १ सय २१ बल खेल्दै ३ छक्का र १९ चौकाको मद्दतले अविजित १ सय ५२ र रविन्द्रले ९६ बलमा ५ छक्का र ११ चौकाको मद्दतमा अविजित १ सय २३ रन प्रहार गर्दै दुबै खेलाडीले सतक प्रहार गरेका थिए । शुक्रबारको खेल नेदरल्याण्डस र पाकिस्तानविच दिउँसो सवा २ बजे हैदराबादमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?