ट्रेंडिंग:

>> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री

‘टाइगर प्यालेसको बन्द क्यासिनो २ महिनाभित्र पूर्ण क्षमतामा चल्छ’

१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

बुटवल, १ भदौ । रुपन्देहीको कोटिहवास्थित पांचतारे होटेल टाइगर प्यालेस रिसोर्टको नयां व्यवस्थापनले बन्द रहेको क्यासिनो दुई महिनाभित्र सञ्चालनमा ल्याउने जनाएको छ ।
गैर आवासीय नेपालीहरुको लगानी रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले १५ मिलियन डलरमा टाइगर प्यालेस रिसोर्टलाई हालै खरिद गरेको हो । १५ बिघा क्षेत्रफल ओगटेको रिसोर्ट लुम्बिनी प्रदेशकै पहिलो पांचतारे होटेल हो ।
नयां व्यवस्थापनले शुक्रबार रिसोर्टमै पत्रकार सम्मेलन गरी दुई महिनाभित्र क्यासिनो सञ्चालनमा ल्याउने गरी काम गरिरहेको कम्पनीका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । १५ मिलियनमा खरिद गरेपनि बांकी बक्यौता र दायित्व समेत जोड्दा करिब ४ अर्ब लगानी पुग्ने सुवेदीले बताए । हाल रिसोर्ट आंशिकरुपमा चलेपनि क्यासिनो भने लामो समयदेखि बन्द छ ।
‘रिसोर्ट खरिद गरेपछि क्यासिनो पूर्ण क्षमतामा सञ्चालन गर्ने हाम्रो प्राथमिकतामा छ’–सुवेदीले भने–‘क्यासिनोले तिर्न बांकी सबै कर तिरेर ६० दिनभित्र सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’
सीमावर्ती भारतको उत्तर प्रदेशका विभिन्न शहरका पर्यटकलाई क्यासिनोमा आकर्षित गर्न सकिने नयां व्यवस्थापनको विश्वास छ ।
नेपालको कानुनअनुसार सरकारलाई बुझाउर्ने कर र र दायित्व सबै तिर्न तयार रहेको उनले बताए । उनका अनुसार कर र बैंक ऋण समेत सवा २ अर्ब रुपैयां रिसोर्टले तिर्नुपर्ने दायित्व रहेको छ ।
अस्ट्रेलियन सिलभर हेरिटेज ग्रुपले करिब पाँच अर्ब लगानीमा नेपालकै ठूलो क्यासिनोसहितको रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तर, कोभिड महामारी र लगानीकर्ताबीच आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन ।
रिसोर्टमा भएको बैंक ऋणको दायित्व र अन्य व्यावसायिकका कारण आर्थिकरुपमा जर्जर भएको रिसोर्ट सञ्चालन गरी रोजगारी सिर्जना,पर्यटन क्षेत्रमा योगदान र नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश दिन आफूहरुले रिसोर्ट खरिद गरेको सुवेदीले प्रष्ट्याए ।
जग्गा सट्टाभर्ना लगायत रिसोर्टसंग केही विवादित विषय भएपनि नयाँ व्यवस्थापनले कानुन र अदालतको आदेश मानेर अघि बढ्ने सुवेदीले बताए ।
क्यासिनोसहित रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र राज्यले वार्षिक करोडौँ राजस्व प्राप्त गर्ने भएकाले सरकारी निकायले विवादित विषय समाधानमा सहयोग गर्नुपर्ने रिसोर्टका निर्देशक दीपक गौतमले बताए ।
यसअघिको विदेशी व्यवस्थापन स्थानीय समुदायसंग राम्ररी घुलमिल नहुंदा समस्या उत्पन्न भई रिसोर्ट धराशायी भएकाले त्यसबाट पाठ सिकेर आफूहरुले स्थानीयसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?