ट्रेंडिंग:

>> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी

शैक्षिक समस्या समाधानको पथ बनोस् संघीय शिक्षा ऐन

१६ श्रावण २०८०, मंगलवार
१६ श्रावण २०८०, मंगलवार

विगत लामो समयदेखि अस्तव्यस्त रहेको समग्र शिक्षा क्षेत्रलाई समेट्ने दाबी गर्दै नेपाल सरकारले नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको छ । शिक्षा क्षेत्र निकै लाजमर्दो तवरले अघि बढिरहेको शिक्षाविद्हरुले भन्दै आइरहेका छन् । नेपालको संविधानले भनेजस्तो सर्वशुलभ निःशुल्क शिक्षा एवं यावत् शैक्षिक समस्याहरुको परिचर्चाहरुकै पृष्ठभूमीमा नयाँ शिक्षा ऐन संसदमा पेस हुने भनिएको छ । सबैको व्यापक चासो र निकै महत्वका साथ प्रतीक्षा गरिएको उक्त शिक्षा विधेयकले तमाम शैक्षिक अन्योल एवं विकृतीहरुलाई हटाउन कोशेढुङ्गा सावित हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

शिक्षा क्षेत्रलाई समयसापेक्ष सुधारका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने निकाय पनि विभिन्न स्वार्थमा अल्झिरहनाले नेपालको विद्यालय शिक्षा सुधार हुन नसकेको चर्चा सर्वत्र व्याप्त छ । शिक्षा क्षेत्रका अभियन्ताका रुपमा आफुलाई दावी गर्ने शिक्षकहरुका पेसागत संघ, संगठनहरुको उपस्थिति पनि राज्य संयन्त्रका अगाडि निरीह बन्दै जानु पक्कै पनि राम्रो संकेत होइन । विगत लामो समयदेखि शिक्षकका हक, अधिकारको नाम दिदै खोलिएका पेसागत संघ, संगठनहरुले गर्ने प्रहसनमूलक शैक्षिक आन्दोलनहरु बीचैमा टुङ्गिनु पनि कुनै आश्चर्यको विषय रहेन । विभिन्न नाम दिइएका शिक्षक एवं कर्मचारीहरुलाई राज्यले गर्ने छुद्र व्यवहारलाई पनि नेतृत्वको सीमित स्वार्थमा रोकिनु पनि दुर्भाग्य नै हो । शिक्षकहरूले यस अवधिमा राजनीतिक आन्दोलनहरूमा सक्रियतापूर्वक सहभागी भएर मुलुकमा लोकतन्त्र स्थापना गर्न ठूलो योगदान गरेका छन् । २००७, २०३६, २०४६ र ०६२÷६३ का नागरिक स्वतन्त्रता र लोकतन्त्रका ठूला र महत्वपूर्ण आन्दोलनहरूमा शिक्षकहरू अग्रपंक्तिमा खटेको कसैका सामु छिपेको छैन । यति हुँदाहुँदै पनि विद्यालयका शिक्षक, कर्मचारीहरुले न्याय पाउने अर्थात् एउटै शैक्षिक मुद्दालाई पनि वर्षौंसम्म लिएर हिड्नुपर्ने अवस्थाको सिर्जना कसरी भयो; यस विषयमा गम्भीर हुनु आवश्यक देखिन्छ ।

नेपालको संविधान, २०७२ ले माध्यमिक तह सम्मको शिक्षालाई निःशुल्क भनेको र शिक्षा ऐनको आठौँ संशोधन, २०७३ ले कक्षा ११ र १२ लाई समेत विद्यालय तहमा मिसाएको भएपनि अहिलेसम्म सो अनुरुप कार्यान्वयन हुन नसक्दा लाखौं विद्यार्थीहरु अन्यायमा परेका छन् । केन्द्र सरकार र स्थानीय सरकारले चासो नदिँदा कक्षा ११ र १२ को शैक्षिक कार्यक्रम दिन प्रतिदिन अन्योल एवं अव्यवस्थित बन्दै गइरहेको छ । त्यतिमात्रै होइन विद्यालयमा कार्यरत कर्मचारी एवं बालविकास सहयोगी कार्यकर्ताहरुको व्यवस्थापनमा पनि राज्य बेखबरजस्तै बनेको अवस्थामा आउनै लागेको शिक्षा ऐनले ती सबै समस्याहरुको यथोचित सम्बोधन गरोस् ।

हाल देशभरका सामुदायिक विद्यालयहरुमा शिक्षकको दरबन्दी निकै कम छ । त्यसमा पनि विषयगत शिक्षकको अवस्था त निकै भयावह नै छ । अहिले आउनै लागेको नयाँ शिक्षा ऐनमा यस विषयलाई पनि समेटेर सरकारले दरबन्दी बढाउनतर्फ अविलम्ब लाग्नुपर्ने देखिन्छ । संविधानअनुसार कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारको जिम्मेवारीमा पर्छ । तर, हाल सो तहमा पढाउने शिक्षक एकजना पनि स्थायी छैनन् भने एउटा विद्यालयमा २ जना अस्थायी शिक्षकको व्यवस्था गरेर राज्य पुरै जिम्मेवारीबाट पन्छिएको अवस्था विद्यमान रहिआएको छ । संविधानले निःशुल्क भने अनुसार कार्यान्वयन पनि हुन सकेको छैन । सरकारले कक्षा १२ सम्मको शिक्षालाई जिम्मा नलिँदा त्यसको गम्भीर असर विद्यालय, सामुदायिक विद्यालय, शिक्षक र अभिभावकमा परेको छ । यसरी कक्षा ११÷१२ तह सञ्चालनका लागि विद्यार्थीबाट शुल्क उठाउनुपर्ने र निजी विद्यालयकै तरिकाले कक्षा ११ र १२ सञ्चालन गर्न बाध्य हुनुपरेको सामुदायिक विद्यालयहरूको गुनासो छ । शिक्षकहरु पनि ३० औं वर्षसम्म स्थायित्वको विषयमा अन्योल रहँदै आफ्नो जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गरिरहेका छन् । अस्थिर राजनीति र नेतृत्वको अदुरदर्शीताको परिणाम भोग्न लाखौं विद्यार्थी तथा शिक्षक, अभिभावकहरु बाध्य छन् ।

हाल देशभर कक्षा ११ र १२ (साविक उमावि तह) पढाइ हुने चार हजार तीन सय १० सामुदायिक विद्यालयमा अध्यापनरत सबै शिक्षक अस्थायी प्रकृतिकै मात्र रहेका छन् । सरकारले सामुदायिक विद्यालयमा कार्यरत राहत, करार र अस्थायी दरबन्दीका कुनै पनि शिक्षकलाई स्थायी गर्न सकेको छैन । ०४६ मा उच्च मावि शिक्षा नियमावली आएपछि ०४९ देखि सरकारले उच्च मावि तहको पठनपाठन सुरु गरेको थियो । तर, ३० वर्ष बित्दा पनि सरकारले उमावि तहमा एकजना पनि स्थायी शिक्षक दरबन्दी कायम गर्न सकेको छैन । नेपालको संविधान, २०७२ ले कक्षा १२ सम्मको पढाइ निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ । तर, शिक्षकलाई स्थायी नगर्दा र आवश्यक मात्रामा शिक्षक नदिँदा सामुदायिक उमाविहरूले विद्यार्थीबाट शुल्क उठाएर व्यवस्थापन गर्दै आइरहेका छन् । साढे ६ लाख विद्यार्थी अध्ययन गर्ने कक्षा ११ र १२ मा सरकारले तीस वर्षदेखि स्थायी दरबन्दीको एकजना पनि शिक्षकको व्यवस्था नहुनु निकै दुर्भाग्य रहेको शिक्षकहरुले विभिन्न आन्दोलनका माध्यमबाट मुखरित गर्दै आइरहेका छन् । अब, शिक्षा क्षेत्रमा देखिएका यस्ता तमाम समस्याहरूको समाधानमा आउने भनिएको नयाँ शिक्षा ऐन मार्गदर्शक बनोस् साथै शिक्षा क्षेत्रको समग्र सुधार गरी समृद्ध र समुन्नत नेपाल बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?