ट्रेंडिंग:

>> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री

मानव बेचबिखनको जोखिममा, १८–२५ उमेर समूहका यूवती

१६ श्रावण २०८०, मंगलवार
१६ श्रावण २०८०, मंगलवार

भैरहवा, १६ साउन ।   रूपन्देही जिल्लामा मानवबेचबिखनको जोखिममा पर्नेहरूको उद्वारका क्रममा बढी जोखिम उमेर समूह १८ देखि २५ वर्ष सङ्ख्या एक अध्ययनले देखाएको छ । रूपन्देही जिल्लाबाट दक्षिणमा भारतको खुल्ला सीमा भएका कारण र भैरहवा, बुटवलमा धेरै रोजगारी र जनसङ्ख्याका आधारमा समेत मानवबेचखिनको जोखिममा धेरै पर्ने बिभिन्न संघ संस्थाहरू बताउँछन् ।

शान्ति पुनस्र्थापना गृहले २०७९ साल फागुन देखि २०८० असार मसान्तसम्म जिल्लाभरीबाट गरेको उद्धार तथा बिभिन्न तथ्याङ्कमा रूपन्देही जिल्लाबाट १८ वर्ष देखि २५ वर्ष उमेर समूहका बढी जोखीममा पर्नेहरूको सङ्ख्या धेरै रहेको पाइएको छ । १० वर्ष मुनिका १९ जनालाई परामर्श गरिएकोमा जोखिममा परेको पाइएन भने, ११ देखि १५ वर्ष उमेर समुह मध्ये २ सय ७ जनामा परामर्श गरिएकोमा मानवबेचखिन जोखीममा ११ जना रहेको र उनीहरूलाई उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह रूपन्देही जिल्ला कार्यक्रम संयोजक निशा पन्थीले बताइन् ।
त्यसैगरि १८ देखि २५ वर्ष उमेर समुहका १२ सय ४० जनामा परामर्श गरिएकोमा जम्मा ३२ जनालाई उद्वार गरिएको जसमा २८ जनालाई प्रहरीको रोहबरमा जिम्मा लगाइएको र ४ जनालाई अभिभावकलाई जिम्मा लगाइएको पन्थीले जानकारी दिइन् ।

२६ वर्ष देखि ३० वर्ष उमेरका २ सय ४४ जनासंग परामर्श गरिएकोमा ५ जना उद्वार गरिएको ४ जनालाई प्रहरीको रोहबरमा जिम्मा लगाइएको १ जनालाई अभिभावकलाई जिम्मा लगाइएको छ । ३० वर्ष देखी माथि उमेर समूहमा १ सय ३८ जना परामर्श गरिएकोमा १० जनालाई उद्वार गरिएको मध्ये, ८ जनालाई प्रहरीको रोहबरमा जिम्मा लगाइएको २ जनालाई अभिभावकसंग जिम्मा लगाइएको पुनस्र्थापना गृहको रिर्पोटमा उल्लेख गरिएको छ । रूपन्देही जिल्लाबाट जम्मा २ हजार ७२ जनासंग परामर्श गरिएकोमा ७० जनाको उद्धार गरिएको, ८ जनालाई अभिभावकलाई जिम्मा लगाइएको, ६२ जना प्रहरीको रोहबरमा जिम्मा लगाइएको, २ जनालाई मुद्दा दर्ता गरिएको, २ जनालाई पुनस्र्थापनाका लागि पठाइएको, २ जना भारत वा अन्य देशबाट उद्धार गरि ल्याइएको जसमध्ये ५ सय ७९ जना विवाहित रहेको, १४ सय ९३ जना अविवाहित रहेको, १ सय ६० जनाको बुबा नभएको, ६१ ज्नाको आमा नभएको ५७ जनाको आमा बुबा नभएको पाइएको शान्ति पुनस्र्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमीराज भट्टराईले जानकारी दिए ।

आर्थिक वर्ष ०७९।८० मा जम्मा ७० जनाको उद्धार गरिएको छ । जसमा सबैभन्दा बढी उद्वार भएका उमेर समुहहरू १८ वर्षदेखि २५ वर्ष रहेको र सबै भन्दा बढी मानव बेचबिखनको जोखिमका पर्ने उमेर समुहरू समेत १८ देखि २५ वर्ष रहेको भट्टराई बताउँछन् । २ वटा मानव बेचखिन तथा ओसारपसार १ जना र जबरजीती करणीको मुद्दा १ जना गरी २ जना बिरुद्ध मुद्दा दर्ता भएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रिय कार्यक्रम संयोजक निर्मल सुवेदीले बताए ।
शान्ति पुनस्र्थापना गृहले सीमा निगरानीमा नेपाल भारतको सीमा क्षेत्रमा आफ्नो सुचना तथा परामर्श केन्द्र स्थापना गरी नेपालबाट भारत वा भारतभई अन्य तेस्रो मुलुक तर्फ जाने महिला तथा बालबालिकाहरूलाई मानवबेचबिखन तथा ओसार पसार बिरुद्ध बिभिन्न परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । जसमा जोखिममा परेकालाई अभिभावकको जिम्मा लगाउने, बालबालिका तथा युवतीलाई परिवारसंग पुनर्मिलन गराउने, पिडितहरूलाई गृहको केन्द्रीय कार्यालयमा सिपमुलक तालिमका लागि पठाउने र रोजगारीको अवसर सिर्जना गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक(एसपी) भरतबहादुर विकले १८ देखी २५ वर्ष उमेरका भनेको बढी साथीभाईको लहलहैमा लाग्ने, पढाई ब्रेकअप भयो भने नयाँ रोजगार खोज्ने, विशेषतः अलिकति पारिवारिक बिखण्डन आर्थिक अवस्था अलिकति कमजोर भएका, बाबु आमाको गाइड नभएका परिवार, यो उमेरका मानिसहरू चाँडो कमाउने उद्धेश्यका कारण बढी बेचबिखनको जोखिममा हुने बताउँछन् ।

परिवारीक समस्या, गाइडेड नभएर पढाई बिचमै छाडेका मानिसहरू रोजगारको र पैसा कमाउने लहलहैमा बिश्वांसमा उनिहरू परेको देखिन्छ प्रमुख प्रहरी उपरिक्षक विक भन्छन्, पैसाको विश्वाँस राम्रो काम पाइन्छ, रोजगार दिन्छु, मार्केटिङ ब्यवसाय लाखौँ कमाउने ब्यवसाय हो भनेको देखिन्छ त्यो गरेपछि उनिहरू भ्रममा पर्छन् । एनलाइसिस पावर त्यति बढेको हुँदैन नदेखिएपछि बढी बेचबिखनमा परेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?