ट्रेंडिंग:

>> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री

मिर्गाैला तथा मुटुका विरामीलाई लुम्बिनी केबलकारमा नि:शुल्क यात्रा

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

बुटवल, १५ साउन । बम्घाट युवा क्लवको सहयोगमा लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा तथा कामाख्या देवी मन्दीर दर्शन गराइएको छ । सोमबार बुटवलको बम्घाटमा रहेको बुटवल हिल्स, लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटु पीडित सरोकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश केसी, उपाध्यक्ष कृष्ण मल्लको संयोजकत्वमा ३० जना मिर्गाैलाको डाईलासिस गर्दै आएका व्यक्तिहरुलाई केवलकारमा यात्रा तथा तिनाउ–३ बसन्तपुर पाल्पामा रहेको कामाख्यादेवी मन्दीरमा दर्शन गराइएको हो ।

मिर्गाैलाको नियमित डाईलाईसीस गर्दै आएका विरामीहरुलाई केही समय भएपनि खुल्ला वातावारणमा रिफ्रेसमेन्ट प्रदान गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष रमेश केसीले जानकारी दिए ।

कार्यक्रममा क्लवको तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठ, विशाल घिमिरेले बोल्दै क्लवलाई केवलकारले प्रदान गरेको सामाजिक उत्तरदायित्व अन्तर्गतको कोटामा मिर्गाैला तथा मुटु रोगीहरुलाई यात्रा गराइएको जानकारी दिए । केवलकारको विषयमा जानकारी दिदै लुम्बिनी केवरकारका मिडिया संयोजक टोपराज शर्माले केवलकारले विभिन्न समयमा विभिन्न प्रकृतिका व्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष छुटमा यात्रा गराउने गरेको जानकारी गराएका थिए ।

केबलकारले विद्यार्थी, बुटवल–३ र तिनाउ– ३ का वडावासीलाई २५ प्रतिशत, अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटमा,  ८० वर्ष माथिका ज्येष्ठ नागरिक, ३ फिट भन्दा कम उचाईका बालबालिकालाई नि:शुल्क केवलकारको यात्रा गराउँदै आएको अपरेसन म्यानेजर डिएन कायस्थले जानकारी दिए ।

यस्तै साउन र भदौ महिनाको हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा सबै वर्ग र समुदायलाई ७५० रुपैयांको टिकट दरमा ५० प्रतिशत छुट गरिएको अपरेसन म्यानेजर कायस्थले बताए ।

केवलकार चढ्न पाउँदा र मन्दीर दर्शन गर्न पाउँदा विरामीहरुमाहरु खुसि भएका थिए । केही समय भए पनि शान्त वातावरणले उनीहरुको मानसिकतामा समेत प्रभाव पार्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका सिनियर नर्स सरिता कुँवरले जानकारी गराएकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?