ट्रेंडिंग:

>> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा

कार्की र अर्यालहरु घन्काउँदै पंचेबाजा

१७ पुष २०७८, शनिबार
१७ पुष २०७८, शनिबार

‘हामीहरुले पंचेबाजा बजाउँदा गाउँका दलित जातीहरुको पनि सम्मान बढेको छ’, हिरा बहादुर काकीले भने,‘दलितले मात्र बाजा बजाउनुपर्छ भन्ने होइन्, सिप भएपछि जसले बजाउँदा पनि हुन्छ ।’

000

गाउँघरमा बाजा बजाउने भन्दा वित्तिकै सवैले अनुमान गर्छन्, यो दलित समुदायका जातीले मात्र बजाउँछन् । दलित समुदायभित्र पनि परियार थरका व्यक्तिहरुले मात्र बाजा बजाउँछन् होला । विवाह, दशैँ तिहारमा लाग्ने मेला, विभिन्न चाडपर्व र समारोहमा दलित समुदायहरुले मात्र बाजा बजाउँछन् भन्ने सोँचलाई परिवर्तन गरेका छन् गुल्मीको मालिका गाउँपालिका–७ घमिरका यूवाहरुले ।

जहाँको पंचेबाजालाई क्षेत्री बाजा भनेर सवैले चिन्ने गर्दछन् । स्थानीय कार्की र अर्याल जातिका यूवाहरुले विगत २० वर्षदेखि निरन्तर पंचेबाजा बजाउदै आएका छन् । घमिरको पंचेबाजा यस क्षेत्रकै पहिचान समेत हो । घमीर पुराना लोकगायक बोम बहादुर कार्कीको जन्मथलो घमीरका यूवाहरु पंचेबाजा बजाउनतर्फ अग्रसर भएपछि मौलिक संस्कृतिको जगेर्नाले निरन्तरता पाएको छ ।

नौ जनाको यूवाहरुले स्थानीय छापहिलेको खड्का कुलपूँजामा पंचेबाजा बजाएर दर्शकहरुलाई मनोरञ्जन दिए । उनीहरुले बजाएको बाजामा झुम्मिएर दर्शकहरु नाँचे । सनाही, झेली, दमाह, नर्सियाँ कर्नाल, टेम्कुडी र ढोलक पंचेबाजामा प्रयोग गरिने साधन हुन् । यूवाहरुले यी साधन सहित कुलपूजामा दर्शकलाई मनोरञ्जन दिए ।

१३ वर्षको उमेरदेखि सनाही बजाउँदै आएका स्थानीय ३३ वर्षिय हिरा बहादुर कार्कीले छिमेकी जिल्ला पाल्पा सहित गुल्मीका विभिन्न ठाउँमा पुगेर पंचेबाजा बजाउँदै आइरहेको जानकारी दिए । ‘हामीहरुले पंचेबाजा बजाउँदा गाउँका दलित जातीहरुको पनि सम्मान बढेको छ’,उनले भने,‘दलितले मात्र बाजा बजाउनुपर्छ भन्ने होइन्, सिप भएपछि जसले बजाउँदा पनि हुन्छ ।’

केही वर्षदेखि गाउँमा पंचेबाजालाई व्यवसायिक रुपमा बजाउन थालेको समेत उनले जानकारी गराए । छापहिलेको सिर्पाली खड्का कुलपुजामा दुई दिन पंचेबाजा बजाए बापत आफूहरुले २२ हजार रुपैयाँ पारिश्रमिक लिएको कार्कीले सुनाए । ‘बोलाएको सबै ठाउँमा पुग्छौ’,उनी भन्छन्,‘गाउँभरी क्षेत्री बाजा भनेर हामीलाई चिन्ने गरेका छन् ।’

उनले आफूहरुले बजाउने बाजाको मूल्य नतोकेको र आयोजकले स्वेच्छिक रुपमा पारिश्रमिक दिने गरेको बताए । यूवाहरुलाई एकीकृत गरी पंचेबाजालाई थप व्यवस्थित र व्यवसायीक बनाउने योजनामा रहेको समेत उनले जानकारी दिए । समाजमा हुने जातिय विभेदलाई समेत यसले कम गर्दै लगेको उनको अनुभव छ । पंचेबाजाका लागि चाहिने साधनहरु आफूहरुकै लगानीमा खरिद गरिएको उनको भनाई छ ।

गैर दलित यूवाहरुले बजाएको पंचेबाजाले समाजमा बाजा बजाएकै कारण दलितहरुलाई गरिने विभेद र अपमानमा कमी हुने गरेको वडा अध्यक्ष बेद प्रसाद पन्थीले अनुभव सुनाए । ‘उहाँहरुको सिपलाई व्यवसायिक, व्यवस्थित र प्रवद्र्धन गर्नका लागि स्थानीय सरकार सदैव तयार छ’,उनले भने,‘त्यसका लागि उहाँहरुले आफूलाई चाहिने सहयोगका बारेमा लिखित प्रस्तावना सहित वडा कार्यालयमा आउनुपर्छ । आगामी वर्षका लागि कार्यक्रम बनाउछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?