ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

‘हाम्रा कामले नगरको समग्र विकासमा गति बढाउँदैछ’

१३ पुष २०७८, मंगलवार
१३ पुष २०७८, मंगलवार

लुम्बिनी प्रदेशको पूर्वीद्वारा रहेको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका कृषि र पर्यटकिय सम्भावना बोकेको नगरको रुपमा रहेको छ । पहाडी क्षेत्र र भित्री मधेशको समिश्रण रहेको यो नगर भौतिक विकासमा समेत अगाडि बढिरहेको छ । प्रस्तुत छ, पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बर्दघाट नगरपालिकामा भए गरेका विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाको अवस्था, स्थानीय सरकारले गरेका काम र अघि बढाइएका योजनाहरुको बारेमा केन्द्रित रहेर बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बश्यालसँग गरिएको कुराकानीको सम्पादित अंश ।

स्थानीय सरकारको नेतृत्वमा तपाईं आइसकेपछि भौतिक पूर्वाधार क्षेत्रमा भएका मुख्य कामहरु के के हुन ?
बर्दघाट नगरपालिका सुगम र दुर्गम क्षेत्रको समिश्रण भएको नगर हो । स्थानीय सरकारमा हामी आउनुअघि पनि नगरको सुगम क्षेत्रमा बाटो, विद्युतमा खासै समस्या नभएपनि, खानेपानी समस्याग्रस्त अवस्थामा थियो । नगरबासीलाई शुद्ध पिउने पानीको ब्यवस्था गर्नको लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरि सञ्चालनमा रहेका आयोजनालाई ब्यवस्थित गर्ने र पिउने पानीको समुचित ब्यवस्थापन हुन नसकेका क्षेत्रमा आयोजना संचालन गरेका छांै ।

त्यस्तै नगरभित्र करिब सबै बाटोहरु ग्रावेल थिए भने हामीले करिब ३२ किलोमिटर सडकलाई कालोपत्रे गरेका छौँ । यसैवर्ष करिब ७ किलोमिटर सडक कालोपत्रे गर्दैछौँ । करिब २ सय ३० किलोमिटर कच्ची सडकलाई ग्रावेल गरेका छौँ भने करिब ३० किलोमिटर नाली निर्माण गरेका छौं । यस्तै नगरको अलि दुर्गम क्षेत्र मानिने पहाडी क्षेत्र संसारकोट, आमबास, लगायतका क्षेत्रमा विद्युतिकरण एवं नगर क्षेत्रको घना बस्तीभित्र सडकबत्तीको ब्यवस्थापन गरी उज्यालो नगर अभियान साकार पार्दैछौँ ।

शिक्षा, स्वास्थ्य लगायत जनताको प्रत्यक्ष सरोकार रहेका क्षेत्रको अवस्था के छ ?
शैक्षिक क्षेत्रमा बर्दघाट नगरपालिका सवल नै रहेको छ भन्नुपर्छ । शिक्षालाई प्राथमिकता दिँदै हामीले आधारभूत शिक्षालाई अनिवार्य गरेका छौँ भने कक्षा १० सम्मको शिक्षा निःशुल्क गराएका छौँ । आ.व. ०७७÷०७८ को कुल बजेटको २२.२९ प्रतिशत बजेट शिक्षामा छुट्याइनुले पनि शिक्षालाई नगरले प्राथमिकतामा राखेको प्रतित हुन्छ । नगरभित्र तीन वटा नमुना विद्यालय समेत संचालन भइरहेका छन ।

स्वास्थ्य क्षेत्रको कुरा गर्दा वडा नम्बर २ को चिसापानीमा रहेको चिसापानी अस्पताललाई स्तरोन्नती गर्ने र विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्ने गरि केन्द्र सरकारसँग समन्वय हुँदै आएको छ भने विभिन्न वडामा भएका स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने, स्वास्थ्य चौकी नभएका वडा वा क्षेत्रहरुमा स्वास्थ्यचौकी निर्माण कार्य अघि बढिरहेको छ जुन अन्तिम चरणमा पुगी यसै वर्ष सम्पन्न हुनेछन । नगरलाई पूर्ण सँस्थागत सुत्केरी नगर बनाउने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले नगरमा २ वटा अस्पताल, ११ वटा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक पनी सँचालनमा रहेको छ भने ५ वटा स्वास्थ्य चौकी निर्माणको अन्तीम चरणमा रहेका छन ।

नगरलाई आर्थिक रुपमा सवल बनाउको लागि के कस्ता कार्यक्रम अघि सारिएको छ ?
बर्दघाट नगरपालिकाका अधिकांश स्थानमा सडक सञ्जाल रहेको कारणले पनि औद्योगिक नगरीको रुपमा समेत अघि बढाउन सकिने हेतुले समृद्धिको नयाँ चरणः ब्यापार औद्योगिकरण भन्ने नारालाई आत्मसाथ गर्दै उद्योगग्राम स्थापनाको लागि नगरले स्थान छनौट गरी डिपिआर तयार सोही आधारमा उद्योग ग्राम निर्माण सुरु भएको छ । यस्तै नगरभित्रका कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगलाई विशेष सहुलियत प्रदान गरेका छौँ । जसले गर्दा नगरमा नै रोजगारीको सिर्जना गराइ विदेश पलायन हुुने सम्भावना रहेको जनशक्तिलाई कम गर्ने उद्देश्य रहेको छ । यसले गर्दा युवाहरुले आफ्नै ठाउँमा ब्यवशाय गरेर नगरलाई आर्थिक रुपमा सवल बनाउन भूमिका खेल्न सक्ने अपेक्षा समेत गरेका छौँ ।

आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको विकासमा नगरले के कस्ता कार्यक्रम संचालनमा ल्याएको छ ?
आर्थिक समृद्धिको मुल आधार कृषि नै रहेको कुरामा हामी विश्वस्त छौँ । सोही अनुसार जुन क्षेत्रमा जसको सम्भावना छ उक्त क्षेत्रलाई विशेष पकेट क्षेत्र भनी योजना अघि सारेका हौँ र अहिले पनि उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । जस्तै जंगल पहाडी क्षेत्र आमवास, संसारकोट क्षेत्रलाई बाख्रा पालन पकेट क्षेत्र घोषणा गरी काम अघि बढायौँ जसमा उन्नत जातका बाख्रा वितरण, पशु सेवा प्राविधिकको नियमित सेवा प्रदान गरेका छौं ।

यस्तै वडा नम्बर ७ को बेलाहानी क्षेत्रलाई मौरीपालन पकेट क्षेत्र, वडा नम्बर १२ र १३ को धनेवा क्षेत्रलाई मकै खेती पकेट क्षेत्र, वडा नम्बर १४ र १५ लाई तरकारी पकेट क्षेत्र र वडा नम्बर ९, ८ र ५ मा एक घर एक फलफूलको विरुवा कार्यक्रमलाई कार्यन्वयन गरिएको छ । कृषकहरुलाई निःशुल्क, सहुलियत विउ उपलब्ध गराउने, सिंचाइको लागि डिपवेल, स्यालो ट्युवेल को ब्यवस्थपन गर्ने, नियमित प्राविधिक सेवा उपलब्ध गराएका छौँ जसले गर्दा उत्पादनमा वृद्धि भइ अहिले नगरमा कृषि उपजमा केही हदसम्म भएपनि परनिर्भरता घटेको छ । यो कार्यक्रमलाई हामी निरन्तरता दिनेछौँ ।

पर्यटन क्षेत्रमा नगरले के कस्ता कार्यक्रम अघि सारेको छ ?
बर्दघाट नगर धार्मिक पर्यटकिय हिसावले धेरै नै महŒव राख्दछ । नगरको वडा नम्बर १२ मा रहेको बुद्धकालिन सभ्यतासँग सम्बन्धित बुद्धमंगल ताललाई सरसफाई र सौन्दर्यकरण गरी १२ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिएको छ जसलाई बुद्ध सर्किटसँग जोडी लुम्बिनी रामग्राम आउने पर्यटकलाई त्यहाँ आउने वातावरणको निर्माण गरिएको छ र बुद्धकालिन सभ्यताको कोलिया नगरको हलिदावसन जहाँ बुद्धले मित्तसुत्त आफ्ना शिष्यहरुलाई प्रदान गर्नुभएको थियो त्यो बुद्धमँगल क्षेत्र नै हो । त्यसको घोषणाको तयारीमा हामी रहेका छौँ।

यस्तै पहाडी क्षेत्र सँसारकोटमा ५० फूट अग्लो भ्यूटावर निर्माणाधिन रहेको छ जसले आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको छ भने वडा नम्बर १६ को वनदेवी र वडा नम्बर ५ को ऐतिहासिक कन्चनगढीलाई धार्मिक पर्यटकिय स्थलको रुपमा अघि बढाइएको छ । कन्चनगढी नेपालकै १०० पर्यटकिय गन्तब्य मध्ये रहेको छ र त्यसको निर्माणको लागि डिपिआर तयार गरी डिपिआर कै आधारमा निर्माण कार्य प्रारम्भ भइसकेको छ । हामीले गरेका कामले नगरको विकासमा गति बढाउँदै छ । यो अझै केही बर्षपछि देखिन्छ भन्ने लाग्छ ।

स्थानीय सरकारको पदावधि करिब सकिन थालेको छ । सरकार प्रमुख भइ आफूले गर्न चाहेको तर सम्पन्न गर्न नसकेका कुनै कार्यक्रम छन कि ?
हामीले बर्दघाट नगरलाई घेर्ने गरी चक्रपथ निर्माण गर्ने उद्देश्य लिएका थियोँ त्यसको डिपीआर मात्र तयार गर्न सक्यांै र त्यो काम बाँकी रहेको छ, अमरदिप टोलदेखि दुम्किबास जोड्ने बैकल्पीक मार्गको ट्रयाक खोल्ने काम भएको छ भने निर्माण कार्य गर्न सकिएको छैन । ब्यवस्थित अस्पताल निर्माणको लक्ष्य लिएता पनि त्यसको कार्यन्वयनमा अगाडि बढन सकिएको छैन ।

बर्दघाटमा एउटा बहुउद्देश्यिय भवन निर्माण गर्नको लागि डिपिआर तयार भएता पनि त्यसको निर्माण बाँकी रहेको छ । र खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै हामी आएको भएता पनि ब्यवस्थित रंगशाला निर्माण गर्न सकिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?