ट्रेंडिंग:

>> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा

घोराही बन्यो पूर्ण खोप सुनिश्चित उपमहानगर

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

दाङ, १ साउन ।

घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको छ । विभिन्न १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि आइतबार एक समारोह बीच पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको हो ।

सो अवसरमा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा भएको प्रमाण पत्र जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले नगर प्रमुख नरुलाल चौधरीलाई प्रदान गरेका थिए । घोराहीमा १५ महिनामुनिका ४ हजार ४ सय ३१ जना बालबालिकाले खोप लगाएको तथ्यांक छ । यस्तै पालिकाको १९ वटै वडाका १६ देखि ५९ महिनासम्मका १० हजार २ सय ६७ जना बालबालिकाले खोप लगाएका छन् ।

यद्यपि, अहिले पनि १५ महिनामुनिका शून्य डोज खोपका बालबालिका ७ जना रहेको पाइएको छ । वडा नम्बर १८ मा ३ जना र वडा नम्बर १४ मा ४ जना बालबालिकाले एउटा पनि खोप नलगाएको भेटिएको छ । खासगरी बजार क्षेत्रमा डेरा गरी बस्दै आएका अभिभावकहरुबाट लापरबाही हुँदा शून्य डोज खोपको संख्या देखिएको घोराही स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताए । १६ देखि ५९ महिनासम्मका शून्य डोज खोपका बालबालिका २४ जना रहेका छन् ।

यसैगरी, खोप लगाउने बालबालिकामा १५ महिना मुनिका ड्रप आउट संख्या ६ जना र १६ देखि ५९ महिनासम्मका ड्रप आउट १ सय ७१ जना देखिएको छ ।

कार्यक्रममा जिसस प्रमुख शर्माले पालिकालाई शून्य डोज खोपको संख्यालाई शुन्यमा झार्न सबै सरोकारवाला गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । यसका लागि मानव र सामाजिक विकासका बारेमा वडातहमा अभियान चलाउन शर्माले आग्रह गरेका छन् । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले अभिभावकले खोपमा चासो नदिँदा लक्ष्यमा पुग्न गाह्रो भएको बताए ।

यसअघि जिल्लाको राप्ती, लमही, गढवा, बंगलाचुली, तुलसीपुर, दंगीशरण, बबईलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिसकिएको छ । अब जिल्लाको शान्तिनगर र राजपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित हुन बाँकी छ । पालिकालाई हरेक वर्ष यसरी नै पूर्ण खोप सुनिश्चित गरिने गरिएको छ । खोप नलगाएकै कारण कोही पनि बालबालिका कुनै प्रकारको रोगको शिकार हुन नपरोस् तथा हरेक व्यक्ति आधारभुत खोप सेवा पाउनबाट वन्चित नहोउन् भन्ने लक्ष्यका साथ नेपाल सरकारले यो अभियानलाई निरन्तरता दिदै आएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?