ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

लुम्बिनीमा केसी नै १६ महिना मुख्यमन्त्री !

३ भाद्र २०७८, बिहीबार
३ भाद्र २०७८, बिहीबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसी प्रदेश सरकारको बाँकी अबधि १६ महिना नै मुख्यमन्त्री बन्ने चर्चा शुरु भएको छ । विभिन्न अड्कलबाजीका साथ उनी मुख्यमन्त्रीमा निरन्तरता हुने चर्चा चलेको हो ।

पाटीको पकड तुलानात्मक रुपमा लुम्बिनी प्रदेशमा राम्रो भएको हुँदा मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई नै निरन्तता दिन माओवादी केन्द्र प्रयासरत भएको बताइन्छ । मुख्यमन्त्री रहेको अवस्थामा चुनावमा जाँदा चुनावी परिणाम आफ्नो पाटी अनुकुल आउने सक्ने उसको आंकलन छ । अहिले पनि सात प्रदेशमध्ये लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री सहित सभामुख र प्रदेश प्रमुखको जिम्मेवारी लिएको छ ।

जनता समाजवादी पाटी (जसपा) पनि मुख्यमन्त्री केसीलाई मुख्यमन्त्रीमा निरन्तरता दिने पक्षमा देखिएको छ । जसपाका प्रदेश स्तरका एक नेताले मुख्यमन्त्री फेरबदल हुँदा नेता र राजनीतिप्रति नै गलत सन्देश जाने हुँदा आफुहरु प्रदेशको बाँकी अबधीमा मुख्यमन्त्री फेरबदल गर्न नहुने मान्यतामा रहेको बताए । छोटो अबधीमा मन्त्री फेरबल हुँनु राम्रो होइन ति नेताले बुटवल टुडेसँग भने, आठ/आठ महिनामा मुख्यमन्त्री र मन्त्री फेरबल हुँदा जनतामा सन्देश गलत जान्छ । ति नेताले विकल्पहरु तयार गरी अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिदा राम्रो हुने हुँदा त्यसतर्फ आफुहरुले पहल गर्ने बताए । उनले मन्त्रीहरु फेरबदल गरेर भएपनि अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिनुपर्ने बताए ।

नेपाली कांग्रेसले भने ८ महिनापछि काग्रेसको मुख्यमन्त्री सहित अर्को मन्त्रीमण्डल गठन हुने बताइसकेको छ । अहिलेको गठबन्धनको सहमती जे छ त्यस अनुसार नै दलका माननीयहरु मुख्यमन्त्री र मन्त्रीमा फेरबदल हुने कांग्रेसका नेताहरु बताउँछन् ।

मुख्यमन्त्रीका लागी पालोमा रहेका कांग्रेसका नेता विरेन्द्रकुमार कनौडियाले आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादीका दल नेता कुलप्रसाद केसीले नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको बताउँदै आएका छन् ।

यस्ता छन् ६ संभावना
१) केन्द्रमा काग्रेस र माओवादीको गठबन्धन निरन्तरता नहुनसक्छ त्यस अवस्थामा केसी नै मुख्यमन्त्री निरन्तर रहने ।

२) कांग्रेसका तर्फबाट ८ महिनापछि मुख्यमन्त्री बन्ने भनेका विरेन्द्रकुमार कनौडियाको उखु किसानको बिषयले गर्दा केसी मुख्यमन्त्री बन्नमा सहयोग पुग्ने ।

३) आठ महिनापछि कांग्रेसलाई मन्त्रीको संख्या थपेर केसीलाई मुख्यमन्त्रीमा निरन्तरता दिने ।

४) माओवादी केन्द्रले गठबन्धन दल जसपा र जनमोर्चालाई केसीको निरन्तरताका लागि लबिङ गर्ने ।

५) माओवादीले गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई नै छाडेर लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नछाड्ने ।

६) केन्द्रको गठबन्धन कायम रहे कुनै मुद्दामा कांग्रेससँग लेनदेन गरी लुम्बिनीको मुख्यमन्त्री नछाड्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?