ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

पाउलान त मुख्यमन्त्री केसीले नेपाल पक्षका पन्थी र घर्तीको विश्वासको मत ?

१ भाद्र २०७८, मंगलवार
१ भाद्र २०७८, मंगलवार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको छ ।

पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेपाली काग्रेस र माओवादी केन्द्रले नयाँ मन्त्री छनौट गर्न नसकेपछि मुख्यमन्त्री केसी विश्वासको मतपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने मनस्थितीमा पुगेका छन् । मन्त्री बन्न नपाएको अवस्थामा सांसदहरु बिच्किनी डरले मुख्यमन्त्री केसी मन्त्रिमण्डल विस्तारमा ढिलाई गरिरहेका छन् ।

केसीलाई माधव पक्षले देला त विश्वासको मत ?

शंकर पोखरेल मुख्यमन्त्रीबाट बाहिरिहेसँगै नेकपा एमालेका दुुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका थिए । विगतदेखि नै नेपाल समूहमा रहेको बताइए पनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन् ।

एमाले नेतृत्वको प्रदेश सरकार परिवर्तनसँगै उनीहरु नेपाल समूहमा खुलेका हुन् । नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका थिए । विपक्षी गठबन्धनले पन्थी र घर्तीलाई आफ्नो पक्षमा मतदान गराउने प्रयास गरिरहेको स्रोतको भनाई छ । स्रोतका अनुसार उनीहरु केन्द्रबाट आउने निर्देशनको पर्खाईमा रहेका छन् ।

यद्यपी यस विषयमा नेताहरु कुरा खोल्न चाहदैनन् । पन्थी कपिलवस्तुबाट एमालेको प्रत्यक्ष निर्वाचित सांसद हुने भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।

यसअघि नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव जितेका अजयप्रताप शाहीलाई मुख्यमन्त्री केसीले विनाविभागिय मन्त्री बनाइसकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?