ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

प्रविधिले विद्यार्थीमा आखाँको समस्या

११ श्रावण २०७५, शुक्रबार
११ श्रावण २०७५, शुक्रबार

बिद्यालयहरुमा नयां प्रबिधि भित्र्याउने, कम्प्युटरबाट पढाउने र इण्टरनेटबाट बिद्यार्थीलाई नया नया बिषय सिकाउने प्रचलन बढ्दो छ । प्रोजेक्टरबाट पढाउने, कम्प्युटर सिकाउने जस्ता बिषयको प्रचार बिद्यालयहरुले गरीनै रहेका छन ।
नयां प्रबिधिको प्रयोगसंगै केही समस्या पनि देखिन थालेका छन । आधुनिक प्रबिधिका सामानको प्रयोग गर्ने बिद्यार्थी र सामान्य परम्परागत ढंगको सिकाइमा सहभागि बिद्यार्थीको पढाईमा भिन्नता भएजस्तै आखाँको दृष्टिमा समेत भिन्नता पाइएको छ ।
यिनै बिद्यार्थीहरुलाई लक्ष्यित गरी छुट्टै अध्ययन नगरीएपनि बुटवल स्थित बुटवल लायन्स आखा अस्पतालले बुटवल तथा बजार उन्मुख क्षेत्रका बिद्यार्थी र ग्रामिण क्षेत्रका बिद्यार्थीको आखा परीक्षण गर्दा ग्रामिण क्षेत्रका भन्दा बजार क्षेत्रका दोब्वर वढी बिद्यार्थीका आखामा दृष्टि समस्या पाइएको हो ।
आखाँ अस्पतालका प्रमुख नेत्र बिशेषज्ञ डा. उपेन्द्र भारीका अनुसार ग्रामिण क्षेत्रका बिद्यालयमा एक सय बिद्यार्थीको आखाँ परीक्षण गर्दा सरदर ३ जना र त्यही संख्यामा बुटवल तथा बजार क्षेत्रमा सरदर ८ जनामा दृष्टि समस्या देखिएको छ ।
गत आर्थिक वर्षमा अस्पतालले रुपन्देही र कपिलवस्तुका बिभिन्न बिद्यालयका १४ हजार बिद्यार्थीको आखाँ परीक्षण गर्दा ९ सय ५० बिद्यार्थीमा र अझ अघिल्लो आर्थिक वर्षमा ३६ हजार बिद्यार्थीको आखाँ परीक्षण गर्दा एक हजार ३ सयमा दृष्टि समस्या भई चस्मा लगाउनु परेको थियो ।
बजारका बिद्यार्थीहरुले गाउका बिद्यार्थीको तुलनामा बढी टिभि हेर्ने, मोवाइल चलाउने, भिडियो गेम हेर्ने र धुलो तथा अन्य प्रदुषण पनि बढी भएकाले यस्तो समस्या देखिएको डा भारी बताउछन ।
पछिल्लो समय भित्रिएका नया प्रबिधि र खानपानले वाल वालिका अर्थात बिद्यार्थीको आखाँमा समस्या बढी देखिएको रण अम्विका शाह आखा अस्पताल भैरहवाका वरिष्ट नेत्र बिशेषज्ञ डा. रमेश गिरी पनि बताउछन ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा नेपालमा छ लाख विद्यालय जाने बालबालिका चस्मा नलगाउनाका कारण दृष्टि दोष (धमिलो देख्ने) समस्यामा छ
। पछिल्ला वर्षहरुमा वालवालिकाका आखाँमा बढी समस्या देखिन लागेका बताउदै डां गिरीले वालबालिकाको नियमित आँखा जाँच गराउन सुझाव दिन्छन ।
उनका अनुसार भिटामिन ’ए’ को कमी, कुपोषण, निमोनिया, दादुरा, झाडापखालाका कारणले बच्चाको आँखाको दृष्टि कम हुँदै जाने र पूरै अन्धोपन देखा पर्ने हुन्छ । ’कुपोषण, झाडापखाला, निमोनिया हुनेबित्तिकै बालबालिकाको आँखाको दृष्टि कम नभएपनि छ महिना, वर्ष दिन पछि बिस्तारै हुन सक्छ ।’
ग्रामिण क्षेत्रमा भन्दा बजारका बिद्यार्थीमा आखांको समस्या देखिएपछी बुटवल लायन्स आखाँ अस्पतालले बजारका बिद्यार्थीहरुको आखा परीक्षणलाई बिशेष प्राथमिकता दिएको अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले जानकारी दिए ।
यसैबिच
लायन्स क्लव अफ बुटवलले बुटवल उपमहानगरपालिकाका सरकारी तथा आवासिय विद्यालयमा अध्ययनरत ५० हजार वालवालिकाको नेत्र परिक्षण अभियान सुरु गरेको छ । क्लवले बिद्यार्थीको आखाँ परीक्षण पश्चात औषधी तथा आवश्यक पर्नेलाई उनिहरुकै रोजाईमा फ्रेम सहितको चस्मा पनि निःशुल्क दिने अध्यक्ष सुनिल कृष्ण श्रेष्ठले जानकारी दिए । यो अभियानका लागि क्लवले २७ लाख रुपैयाँ अनुमान गरी वजेट छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?