ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा…

सडक पुग्यो बास उठ्यो

८ असार २०७८, मंगलवार
८ असार २०७८, मंगलवार

गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्यो । अझै पनि पहिरो गएकाले घरमा जान सक्ने अवस्था छैन । पहिरोका कारण वेदुखर्कमा १५ घर विस्थापित भए । अझै पाँच घर पहिरोको उच्च जोखिममा छन् ।

भौगर्भिक अध्ययन विना गाउँ गाउँमा सडक खन्दा, सडक छेउछाउका घरको उठिबास लागेको हो । विस्थापित भएका तथा जोखिममा रहेका परिवारले आफूहरु बस्दै आएको बस्ती बासस्थानका लागि उपयुक्त छ वा छैन, त्यसका लागि यहाँको भौगर्भिक अध्ययन हुनुपर्ने माग गरेका छन् । उनीहरुले राहत प्याकेजसहित कार्यक्रम ल्याउन समेत सरकारसँग आग्रह गरेका छन् ।

ठूलो वर्षा हुँदा सडकको नाली पुरिएको थियो, केहीबेरपछि एक्कासी पहिरो गयो, वेदुखर्ककी लक्ष्मी कुँवरले भनिन्, पहिरोले घर पुरिएपछि हामी घरभित्रै थुनियौँ । वेदुखर्कमा पहिरो जानु पहिलेदेखिकै समस्या हो । पक्की घर भएपनि वर्षायाममा निदाउन नपाउनु यहाँको पुरानै समस्या हो ।

वर्षौदेखि पहिरोको समस्या खेप्दै आएका उनीहरुले यो बस्ती बासस्थानका लागि उपयुक्त छ वा छैन, त्यसका लागि यहाँको भौगर्भिक अध्ययन गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
भौगर्भिक बनावटको अध्ययन बिना नै जथाभावी सडक निर्माण गर्दा पहिरोको समस्या देखिएको स्थानीयवासी अर्पण कुवँरको भनाइ छ । आफूहरु विकास विरोधी नभएको तर सडक खन्दा र बस्ती बसाउँदा भौगर्भिक अध्ययन गरेको भए यो समस्या वर्षेनी नदोहोरिने उनको बुझाइ छ ।

वेदुखर्कमा पहिरो जाँदा घर च्यापिने र बस्ती विस्थापित हुने मात्र होइन, यहाँका विद्यार्थीसमेत पढाइबाट वञ्चित हुनुपर्ने अवस्था छ । महेन्द्र नमूना माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विपना कुँवरको बिहान र साँझ गरी चार विषयको अनलाइन कक्षा सञ्चालन हुन्छ । तर, आफू बस्ने घर नै पहिरोले च्यापेपछि उनले पढ्न पनि पाएको छैन ।
बेदुखर्कको बस्तीमा तीन वटा महत्वपूर्ण सडक छन् । एउटा बस्तीको बीच भागबाट नै तम्घास–सन्धिखर्क जाने, दोस्रो बस्तीभन्दा करिब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र तेस्रो बस्तीभन्दा करिब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक । पहिरोले तम्घास सन्धिखर्क जोड्ने र तम्घास–नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो । दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन् । ठूला–ठूला मेसिन प्रयोग गरेर बिना अध्ययन बाटो मर्मत गर्दा जोखिम बढेको स्थानीयबासीको भनाइ छ ।

आफू मात्र नभएर सिङ्गो बस्ती नै विस्थापित भएकाले यो स्थानमा बस्ती बस्न मिल्ने÷नमिल्नेबारे भौगर्भिक अध्ययन हुनुपर्ने लक्ष्मीको भनाइ छ । वर्षायाम आउनसाथ वर्षेनी यस्तै समस्या देखिने भएकाले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग उनको छ । असारे विकासको नाममा जथाभावी सडक निर्माण गर्नु र गुणस्तरहीन काम गर्नुजस्ता कारणले पनि आफूहरुको बस्ती जोखिममा परेको लक्ष्मीले बताइन् ।स्थानीयवासी पद्म विष्टको घर तीनवटा सडकको बीचमा पर्छ । ती सडकका कारण उनले घर छोड्न बाध्य भएका छन् । २०७२ सालमा सडकको स्तरोन्नती गर्दा घरभन्दा करिब ५० मिटर तलबाट लोहोनी एण्ड ब्रदर्श कम्पनीले घर नै जोखिममा हुनेगरी ढुङ्गा निकाल्यो । त्यसबेलादेखि उनको घर तलबाट पहिरो जाने क्रम अझै रोकिएको छैन । घरको आँगनबाटै निर्माण भइरहेको तम्घास सन्धिखर्क सडकको नालीमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्दा पानी तल झर्छ । फलस्वरुप उनिलगायत वरिपरिका परिवारले घर छाड्न बाध्य भएका छन् । घरमुनिको सडकमा पर्खाल लगाई जोखिम कम गर्न चार वर्षदेखि लागि परे पनि अझैसम्म कतैबाट पहल नभएको उनको गुनासो छ ।

गत वर्ष पहिरो जाँदा बस्ती नै बस्न हुने/नहुनेबारे अध्ययन गर्न सरकारसँग अनुरोध गरेपनि अहिलेसम्म पहल नभएको सोही ठाउँका पोम नारायण सुवेदीको भनाइ छ । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बस्ती बसेको जमिन कमजोर बन्दै गएकाले त्यसको अध्ययनका लागि भूगर्भविद् ल्याउने विषयमा आफूले पहल गर्ने बताए । वर्षायाम सकिएलगत्तै सो ठाउँको भौगर्भिक अध्ययनका लागि आफूले पहल गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?