ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

लुम्बिनी वाणिज्य क्याम्पसलाई बहुसंकाय क्याम्पसको रुपमा विकास गरिने

२४ असार २०८०, आईतवार
२४ असार २०८०, आईतवार

बुटवल, २४ असार ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहूसंकाय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडी बढाईएको बताएका हुन् ।

अध्यक्ष पाण्डेले हाल व्यवस्थापन संकायको मात्र पठनपाठन हुँंदै आएकोमा भविश्यमा मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि संकाय थप गरि बहूसंकाय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडी बढाइएको बताए ।

अध्यक्ष पाण्डेले क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्न बुटवल १२ तामनगरस्थित चारपाला सामुदायिक वनको ३० विगाह जग्गाप्राप्तीको प्रक्रिया अगाडी बढाईएको र जग्गा प्राप्त भएपछि विश्वविद्यालयको लागि आवश्यक संरचना निर्माण गरिने बताए ।

अध्यक्ष पाण्डेले क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी ५ वटा स्वायत्त कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए। पाण्डेका अनुसार सेमेष्टर प्रणालीमा आधारित २ वर्षे मास्टर अफ म्यानेजमेन्ट स्टडिज र चार वर्षे व्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन इन इन्फरमेसन टेक्नोलोजी संचालनका लागि पाठ्यक्रम निर्माण गरि त्रिभुवन विश्वविद्यालयमा पेश गरिसकेको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले बुटवलको विकासमा लुम्बिनी वाणिज्य क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताए । उनले यहाँका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको वातावरण बनाउने लागि पनि लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहूसंकाय क्याम्पसको रुपमा स्थापित गर्नुपर्ने बताए ।

क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले सबै संकायमा गरी ३ हजार २ सय १२ जना विद्यार्थी अध्ययनरत क्याम्पसले हालसम्म २०६८ र २०७५ सालमा गरि दुईपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएको उल्लेख गरे । क्याम्पसले तेश्रो पटकको लागि पनि क्यूएए प्राप्तिको प्रक्रिया अगाडी बढाएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए ।

तत्कालीन बुटवल नगर पञ्चायत तथा बुटवलका उद्योगी व्यवसायीहरुको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक कक्षा संचालन गरेको लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आईकम कक्षा शुरु गरेको थियो ।

पाँचवर्ष पछि २०४२ सालमा स्नातक तहको बि.कम. र २०५७ सालमा स्नातकोत्तर तहको एमविएस कक्षा संचालन गरेको क्याम्पस २०६३ सालमा ए स्किममा पर्न सफल भएको थियो ।

२०७० सालमा पहिलोपटक सेमेष्टर प्रणालीको वि.वि.एम. कक्षा संचालन गरेको थियो। त्यस्तै २०७४ सालदेखि स्वायत्त कार्यक्रम अन्तर्गत एम.वि.ए. वि. एफ, २०७६ सालमा वि.वि.एफ.ए र एम.वि.एस. फाईनान्स तथा २०७७ सालबाट वि.वि.एम अप्लाईड र वि.एम.एस.का कक्षाहरु संचालन गर्दै आएको छ ।

क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने लुम्बिनी प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट क्याम्पस रहेको दावी गर्नुभयो। उपाध्यायका अनुसार २०७५ सालमा देशभरका सामुदायिक क्याम्पसहरुमध्ये सर्वोत्कृष्ट बनेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजा सहित १९ पटक गोल्डमेडल प्राप्त गरेका छन् ।

हाल ३० जना स्थायी र १४ जना आंशिक करार गरी ४४ जना प्राध्यापक तथा २४ जना कर्मचारी कार्यरत रहेको क्याम्पसले हरेक वर्ष २ जना प्राध्यापकलाई एम.फिल. तथा पि.एच.डी. अध्ययनको लागि ३ वर्षे तलबी अध्ययन विदा उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?