ट्रेंडिंग:

>> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु 

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, पक्षमा ४६ र विपक्षमा ४३ मत

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

काठमाडौँ ।

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। यससँगै एमालेले ६ महिनाबीचमा ४ प्रदेशको नेतृत्व गुमाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेका हुन्।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका थिए।

प्रदेशसभाको बैठकलाई सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गति लिएको भन्दै कांग्रेस र माओवादीसहितका दलहरुसँग पनि साथ मागेका थिए।

सभामुख गौतमका अनुसार ९३ सांसद्‍मध्ये मत विभाजनका क्रममा ८९ जना उपस्थित रहेका थिए।

तर कार्कीको पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले मात्रै मत दिए। यस्तोमा कार्कीले मागेको विश्वासको मतको पक्षमा ४६ मत परेको हो।

उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसद थिए। तर कार्कीको विपक्षमा ४३ मत मात्रै परेको छ।

कोशीमा जनता समाजवादीकी एक्ली सांसद निर्मला लिम्बु भने बैठकमा उपस्थित नै भइनन्। उनलाई विश्वासको मतको पक्षमा ल्याउने कार्कीको प्रयास सफल हुन सकेन।

यस्तोमा बहुमतका लागि कार्कीलाई ४७ मत चाहिनेमा ४६ मात्रै आयो भने विपक्षमा ४३ मत खसेको छ।

कार्कीले यसअघि आफू सहमतिको सरकार बनाउन पनि तयार रहेको बताउँदै त्यसका लागि अन्य दलहरु तयार हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबारदेखि प्रदेशसभाको बैठक बसेको थियो।  मुख्यमन्त्री कार्कीले बिहीबार नै विश्वासको मत लिने तयारी थियो। तर अबेर राति बैठक स्थगित भएको थियो।

बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा सांसदहरुको प्रश्नको जवाफ दिए।

कार्की २०७९ पुस २४ गते मुख्यमन्त्री बनेका थिए। त्यसबेला उनलाई एमाले, माओवादी, राप्रपा र जसपाका सांसदको समर्थन थियो।

तर पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भंग भएपछि मा‌ओवादी र जसपाले समर्थन फिर्ता लिँदा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो। यस्तोमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

कार्की पुस २४ मा संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरेर मुख्यमन्त्री बनेका थिए।

प्रदेश १ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसद छन्। कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर माओवादी र जसपाले खुट्टो झिक्दा कार्कीसँग एमाले र राप्रपाका ४६ मात्रै सांसद देखिए।

एमाले स्थायी कमिटी सदस्य कार्की गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा ५ ‘क’बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?