ट्रेंडिंग:

>> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आर्कषण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी
खबर

देशकै उत्कृष्ट जिल्लाको मार्गमा रुपन्देही

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

बुटवल,  जेठ ।
पूर्वाधार निर्माणले तीब्रता पाएको रूपन्देहीले देशकै उत्कृष्ट जिल्लाको रूपमा पहिचान स्थापना गर्ने गरी अगाडि बढेको छ । समयमा नै निमार्णाधिन पूर्वाधार सकिएमा रूपन्देहीले पूर्वाधार विकासमा देशकै नेतृत्व गर्नेमा दुई मत छैन ।
ठूला ठूला परियोजन सञ्चालन भएपनी, समयमा काम सम्पन नहुने कुराले बिकास प्रति आम मानिसहरूले रुचि देखाउन छाडेका छन । बुटबल–भैरहवा बेलहिया सिक्सलेनको सडक निर्माण सम्पन्न हुने क्रममा छ ।

यो सडक निमार्ण सम्पन भएसँगै नेपाल भारतको ब्यापार बिस्तारलाई थप सहयोग हुने देखीन्छ । यो सडक बिस्तार हुँदा दक्षिणको ठूलो देश भारत र उत्तरको ठूलो देश चाईनाको बजारबीच ब्यापार ब्यबसाय गर्न यो राजमार्ग धेरै उपयोगी हुने देखिन्छ । सबै भन्दा छोटो दुरीको सडक भएकाले यसको प्रयोग धेरै हुने यसको फाईदा रूपन्देही जिल्ला समेत हुने देखीन्छ । भैरहवा लुम्बिनी कपिलबस्तु फोरलेनको सडक हालै निर्माण सम्पन भैरकेको छ । यो राजमार्ग निमार्ण हुनाले भारतका धेरै ठाउँबाट बिश्वमा सान्ती फैलाएका गौतम बुद्धको देश लुिम्बनी घुम्न आउनेहरूका लागि धेरै सहज हुने देखिन्छ ।


भारतका बिभिन्न मठ मन्दीरको दर्शन गर्दै स्थल मार्ग हँुदै विश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल आउजाउ गर्न सहयोगी हुने देखिन्छ । नेपालकै दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा निर्माण सम्पन्न भैसकेको छ । करिब ३५ अर्ब लगानीमा निर्माण गरिएको बिमान स्थल सञ्चालनमा आएसँगै बिश्वका धेरै मानिसहरू बुद्धका अनुयायीहरू यसै हवाईमार्ग हँुदै लुम्बिनी आउने ठूलो आशा गरिएको छ ।

बिश्वमा बुद्धका करोडौं अनुयाही भएकाले भगवान बुद्धसँगै बिमान स्थललाई बिश्वभरी प्रचार प्रसार गरेर लाखौं पर्यटक ल्याउन सकिने पर्यटन ब्यबसायीहरू बताउँछन यो बिमान स्थल फूल फेसमा सन्चालन गर्न सके रूपन्देही सहित यस क्षेत्रकै मुहान फेरीन समय नलाग्ने जानकारहरू बताउँछन । बुटवलमा २ बटा केबुलकार निर्माणाधिन अवस्थामा छन् लुम्बिनी केबुलकार सिद्धार्थ केबलकार निर्माणको अन्तिम चरणमा छन । लुम्बिनी केबल कारले यसै साताबाट ब्यबसायिक रूपमा केबुलकार सञ्चालन गर्ने रहेको लुम्बिनी केबुलकारका अध्यक्ष चन्द्र ढकालले बताए ।
छिमेकी देश भारतका धेरै पर्यटकलाई नेपाल भित्र्याउने नेपालमा प्रयाप्त मनोरजन गराउने उदेश्य सहित निमार्ण गरीएको हो यसले नेपालको प्रर्यटकीय क्षेत्रमा ठुलो सहयोग मिल्ने देखीन्छ ।


बुटवलदेखी पाल्पाको बसन्तपुर सम्म लैजाने गरी निमार्ण गरीएको केलब कारमा करीब ५ अर्व लगीनी हुने बसन्तपुरमा ५ स्टार होटल मन्दिर, जिपलाईन बिभीन्न परीकारका होटलहरु सन्चालन गर्ने योजना रहेको अध्यक्ष ढकालले बताउँछन् । यस्तै पारी बुटबल हुदै पाल्पाको नुवाकोट जाने गरी सिदार्थ केबल कार कम्पनीले काम गरीरहेको छ । करीब ३ अरब ५० करोड लगानीमा निमार्ण कार्य भैरहेको सिदार्थ केबलकारका अध्यक्ष माधव नेपालले बताउँछन् । केबुलकार को धेरै काम भैसकेको भन्दै नेपालले भने । साउनसम्म केबलकार सन्चालन हुने अध्यक्ष नेपालको भनाई छ । नुवाकोट पुग्ने पर्यटकहरुलाई सुबिधा सम्पन होटल धार्मीक पर्यटका लागि मन्दीर बुद्धको मुर्ती निमार्ण गरीने नेपालले बताए ।

बुटबलका दुई किनारमा निमार्ण भएका केबुलकारले भारतका धेरै पर्यटकहरुलाई नेपाल भित्राउन सहयोग पुग्ने रुपन्देहीकै बिकासमा ठुलो मलजल पुग्ने आशा गरीएको छ । बुटबललाई केन्द्र राखेर बुटबलकै सिमानामा ठुलो लागीमा सिद्धबाबा सुरुड्ड मार्ग निमार्ण हुदैंछ । यो सुरुड्ड मार्ग निमार्ण सँगै पाल्पा गुल्मी स्याड्डजा पोखरा बागलुड्ड बाट आउने यात्रुहरुलाई सहज हुने छ भने भारतका विभीन्न क्षेत्रबाट नेपालको पर्यटकीय क्षेत्र पोखरा घुम्न र मुक्तीनाथ दर्शन गर्न लागि यो सुरड्डमार्ग उपयोगी हुने देखीन्छ । नेपाल को सीमा क्षेत्र भारतका ठुला सहरहरुमा समेत सुरुड्डमार्ग नभएकाले सिद्धबाबामा निमार्णहुंदै गरेको सुरुड्ड मार्गले समेत दक्षिणका धेरै प्रर्यटक भित्राउने देखीन्छ ।
५ बर्षमा निमार्ण सम्पन गर्नेगरी नेपाल सरकारको ७ अरब ३४ करोडमा चीनाको चाईना स्टेट कन्टक्सन इन्जीनेरिड्ड कर्पोरेशनले काम गरिरहेको छ । करीब १ किलोमिटर १ सय २६ मिटर लम्बाई रहने सुरुड्डमार्गमा दुबै तिर हेली प्याड सुरुड्डमार्ग भित्र ३ बटा इमेरजेन्सी एक्जीट प्वाईट बनाउने सडक सुरक्षित बनाउने सुरड्डमार्ग बाहेकका ठाउँको सडकको स्तरउन्नती, पहिरो झर्ने ठाउँमा रकनेट ,रकबोल्ड बनाउने योजना रहेको निमार्ण कम्पनीले जनाएको छ । यो निमार्ण सँगै यसक्षेत्रको सडक यात्रा सहज र दुर्गटना रहितहुने देखिन्छ ।
बुटबल–नारायणघाट १ सय १५ किलोमिटर सडक सिक्सलेन हँुदै छ यो सडक निमार्ण सम्पनभएपछी बुटवल नारायणघाट सडक २ घण्टामा खुम्चिने हँुदा यो सडक निमार्णले पुर्व– पश्चिम यात्रा गर्नेहरुलाई बुटवल केन्द्रीत गर्ने यातायात ब्यबसायीहरु बताउँछन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्माले रुपन्देहीमा निमार्ण भैसकेका निमार्णको चरणमा रहेका परियोजना समयमा निमार्ण सम्पन गरेर निमार्ण सम्पन भैसकेका परीयोजना सन्चालन गर्नुपर्ने बताउँछन् ।
गौतमबुद्ध अन्तराष्टिय बिमानस्थल, सेज निमार्ण सम्पन भएपनी सरकारकै कारण सन्चालनमा आउन नकसको भन्दै उनले यसलाई अविलम्ब सञ्चालन गर्नुपर्ने बताउँछन् । यदी समयमा नै पुर्वाधार निर्माण भएमा रुपन्देहीले देशकै नेतृत्व गर्नेमा दुईमत नभएको उनको भन ाई छ । जुन उदेश्य ले निमार्ण गरीएको हो सोही अनुसार सन्चालन गर्न राज्य लाग्नुपर्ने उनको भनाई छ भैरहवाको अन्तराष्टिय बिमान स्थल देखेर निजीक्षेत्रले करीब ३५ अबर बढी लगानी गरेको छ । तर बिमान स्थल निमार्ण सम्पन भएको महिनौ सम्म बिमान स्थल सन्चालन हुन नसक्नु आफैमा दुखको कुरा भएको भन्दै अध्यक्ष सर्शाले भने जुन पर्यटन व्यवसायी लगानी गरेका छन्, त्यसको ७० प्रतिशत वित्तीय लगानी जोखिममा रहेको भन्दै यसमा सरकार गम्भिर बन्नुपर्ने सुझाव अध्यक्ष शर्माको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?