ट्रेंडिंग:

>> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने
ताजा अपडेट
फ्रन्टपेज

‘कछुवाभन्दा सुस्त सडक’

वन कार्यालय तथा वन विभागसंग समन्वय गर्ने कार्य प्रभावकारी रुपमा हुन नसक्दा सडक निर्माणको कार्य रोकीदा वर्षेनी विनियोजित बजेट कार्यान्वयनमा आउन नसकेको हो । जसको कारण ४२ बर्ष पुग्दा समेत सडक सडकजस्तो बन्न सकेको छैन् ।
१४ जेष्ठ २०८०, आईतवार ०६:११
१४ जेष्ठ २०८०, आईतवार ०६:११

पाल्पा, जेठ- रैनादेवी छहरा गाउँपालिका, वल्ढेङगढीको जोगदमार विर बहादुर थानी मगरको उमेरले ४५ वर्षको उमेरका भए , उनको तातेताते उमेर छदैमा सालझण्डीबाट बल्ढेङगढी हुदै सुन्दरे ढुगां जोडने मोटर बाटो निर्माण भयो ।

बुटबलदेखि पश्चिम पाल्पा हुदै गुल्मी, अर्घाखाँचीलाई कम समय र कम दुरीमा जोडने उद्देश्यले त्यस समयका नेता तथा सामाजिक व्यक्तित्व काशीनाथ गौतमको परिकल्पना अनुरुप सडक निर्माणको थालनी गरेको उनको मानसपटलमा आइरहन्छ ।स्थानिय जनताको जनसहभागिता, जिल्ला पञ्चायत हुदै २०४८ साल पछिको समयमा जिल्ला बिकास समिती, गाउँ बिकास समिती, स्थानिय वन सामुदायिक उपभोक्ता समिती२०७० सालमा संसद बिकास कोषको गरी झण्डै पचासकरोड रुपैयाको लागतमा टयाक खोलियो क्ुल ३० किलोमिटर सडक खण्डमा सडकको स्तर उन्नतीको लागि डिभिजन सडक कार्यालयले तिस करोड रुपैया खर्चियो ।


मुुलुक संघिय संरचनामा प्रवेश गरेसगै उक्त सडकको प्राविधिक रेखदेखसंगै बजेट व्यवस्था प्रदेश सरकार अन्तर्गत सडक पुर्वाधार कार्यालयलाई जिम्मा लगायो । रेखाकंनको सुरुवातसंगै स्तर उन्नतीको क्रमसम्म करिब १ अरव रुपैयाँ खर्चिए पनि ८ हजार ४ सय मिटरमा सडकको स्तर उन्नतीको काम रोकिदा स्थानियहरुमा आफ्नो घरवाट बस चढेर, बुटबल तानसेन जाने सपना त सपना मै सिमीत हुन पुगेको स्थानिय धर्म बहादुर कार्की बताउँछन ।
प्रदेश सरकारले स्तर उन्नतीसगैं कालो पत्रे गर्नका लागि करोडौ रुपैयाँवर्षेनी विनियोजन गरे पनि यस खण्डमा रुख कटानको समस्याका कारण स्तर उन्नतीसंगै कालोपत्रे गर्ने कार्य रोकिएको सडक कार्यलयका पुर्वाधार कार्यालयका प्राविधिकहरु बताउँछन । सडक निर्माणको कार्य वनको अल्झनका कारण वर्षै देखि यस क्षेत्रका आम जनताले कष्ट पुर्ण तवरले यात्रा गर्नु पर्ने बाध्यता कायमै रहेको स्थानिय सुरेश रायमाझी बताउँछन । वन कार्यालय तथा वन विभागसंग समन्वय गर्ने कार्य प्रभावकारी रुपमा हुन नसक्दा सडक निर्माणको कार्य रोकीदा वर्षेनी विनियोजित बजेट कार्यान्वयनमा आउन नसकेको उनले बताए ।


सडक निर्माण कार्यलाई निरन्तता दिनका लागि पटक पटक सडक कार्यालयदेखि फाइल बोकेर डिभिजन कार्यलय पुगेको र वन कार्यालयबाटै फाइल अगाडि बढन सकेन माथिल्लो तह बाटै समस्याको समाधान गरिनु पर्ने रायमाझीको बुझाई रहेको छ । सडक निर्माण, नाली निर्माण छयमपाइ राख्ने काम पनि सकियो यसको लागि पनि करोडौ रुपैया भयो । कुल तिस किलोमिटर लम्बाई मध्य ८ हजार ४ सय मिटर दुरीमा स्तर उन्नती पक्की नाली निर्माणको लागि २०७९ साल साउन २२ मा निर्माण कार्य पुरा गर्ने गरी २९ करोड ५१ लाख रुपैयामा ठेक्का संझौता भएपनि यस सडक खण्डमा ५ सय ४८ वटा रुख कटान गर्नु पर्ने भएकाले ठेक्का प्रकृयाको काम अगाडि बढन नसकेको सडक पूर्वाधार कार्यालय, पाल्पाका प्रमुख अरुण गुप्ता बताउँछन् । रुख कटानको प्रकृयाका लागि मन्त्रालय देखि मन्त्रालयसम्म समन्वयका लागि पत्राचार भएको प्रमुख गुप्ताले बताए ।
डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराई भने ठुलो सख्यामा रुख कटान गर्नुपर्ने भएकाले माथिल्लो निकायबाटै सहमति लिएपछि बल्ल तल्लो निकायबाटै अनुगमन गर्नु तथा सहजीकरण गरी दिने हो । उनले भने । लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडकको किनाराको मात्र कटान गर्ने हो । पुरा जगंल फडानी गर्ने होइन स्थानिय जनताले संरक्षण गरेको वन हो । वन कार्यालयले आफनो नियम लागु गर्न खोज्दा करोडौ रुपैयाको योजना असफल पार्न राजनैतिक योजना भएको स्थानियहरुको आरोप रहेको छ ।

रकम विनियोजन गर्ने निकायले नै समस्याको निकास खोज्नु पर्दछ ।वर्षेनी आएको रकम फिर्ता हुदा सम्म मन्त्रालय मौन हुनु भनेको लज्जास्पद कार्य भएको स्थानिय दिपक लम्तरी बताउँछन । सरकारले इच्छा शक्ति राखेको के हुदैन पाल्पामा नै गतिलो उदाहरण छ । बुटबल तानसेन सडक खण्डको झुम्सा चरड्डे सडक खण्डमा हेरे पुग्दछ । यस सडक खण्डमा हजारौको सख्यामा रुख कटान संगै पहिरोले क्षती गर्दा मौन रहने वन विभागले यस सडक खण्डमा तेर्सो भागमा कटान गर्ने हो । पहिरोको कम संभावना भएको स्थानमा कटान सहमति नदिनु भनेको थप उल्झन झिक्नु हो उनले भने । कम क्षती हुने गरी वातावरणिय क्षेत्रमा ह्रास कम हुने गरी कामलाई अगाडि बढाउनु पर्ने कार्यमा स्थानिय सरकारको तर्फ बाट आफुले वन विभाग, वन कार्यालयसंग समन्वय गर्ने गाउँ पालिकाका अध्यक्ष रुक्मागत भटराई बताउँछन वन विभागले समस्या समाधानको बाटो खोज्नु पर्दछ । ऐन नियम कानुन देखाएर निर्माण कार्य रोक्न नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?