ट्रेंडिंग:

>> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आर्कषण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु एक साता हिरासतमा रहने

११ जेष्ठ २०८०, बिहीबार
११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं,११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोग पत्र दर्ता भएपनि पक्राउ परेकाहरू अझै कम्तीमा एक साता प्रहरी हिरासतमा रहने देखिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा मुद्दा दायर गरेको थियो । बुधबार अबेर मुद्दा दायर भएका कारण अदालतमा प्रतिवादीहरूको बयान सुरू हुन सकेन । बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ ।

पक्राउ परेका १६ जनाको बयान सकिन केही दिन लाग्ने निश्चित छ । एकजना प्रतिवादीको बयान गर्न कम्तीमा पनि २–३ घण्टा लाग्नेछ । सरकारी वकिल कार्यालयमा भएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाणले करिब ९ घण्टा र पूर्वमन्त्री टोपबहादुर रायमाझीले साढे ५ घण्टा लगाएका थिए ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पुरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोग पत्र दर्ता भएको हो ।

अदालतमा अभियोग पत्र दर्ता भएपछि प्रतिवादीलाई थुनामा राख्न अब अदालतबाट म्याद लिइरहनु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?