ट्रेंडिंग:

>> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’

गौतमबुद्ध विमानस्थल पूर्ण रुपमा चलेपछि मात्रै निजगढ : सांसद घिमिरे

९ जेष्ठ २०८०, मंगलवार
९ जेष्ठ २०८०, मंगलवार

बुटवल, ९ जेठ ।  रुपन्देही ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले गौतमबुद्ध सहित नयां बनेका विमानस्थलहरु पूर्णरुपमा सञ्चालनमा आएपछि मात्रै निजगढ विमानस्थल बनाउनुपर्ने माग सहित सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउने उल्लेख छ ।

अरबौं लगानीमा बनेका विमानस्थल राम्रोसंग नचल्दा निजी क्षेत्रबाट विमानस्थललाई लक्षित गरेर भएको अरबौं लगानी संकटमा परेकाले पहिला बनेका विमानस्थल पूर्णरुपमा चलाउन सरकारलाई नीतिगत दवाव दिन संशोधन प्रस्ताव दर्ता गरेको सांसद घिमिरेले बताए ।

रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले पनि गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् ।
यस्तै सांसद घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि एकीकृत लुम्बिनी समृद्धि कार्यक्रम लागु गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

‘लुम्बिनीको विकासबारे नीति तथा कार्यक्रममा झारा टराई विषय मात्र उल्लेख छ, त्यसले पुग्दैन ठोस रुपमा विकास गर्न एकीकृत लुम्बिनी समृद्धि कार्यक्रम नै चाहिन्छ’– सांसद घिमिरेले भने ।
यस्तै सांसद घिमिरेले एक पालिका एक हुलाकको सरकारको नीति समयसापेक्ष नभएकाले हुलाक कार्यालयलाई इन्टरनेट सेवा प्रदायक कार्यालयको रुपमा विकास गर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । घिमिरेसहित २३ जना सांसदले नीति तथा कार्यक्रम संशोधनको सूचना दर्ता गराएका छन्।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज पनि छलफल जारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np