ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

गोरुसिङ्गेमा सर्पदंश उपचार सेवा २४ सैं घण्टा

८ असार २०७७, सोमबार
८ असार २०७७, सोमबार

कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न नसकिने भन्दै कतिपय सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्थाले नागरिकलाई उपचार सेवा दिन छाडेका छन । तर कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगे स्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रले सर्पदंशका बिरामीलाई संक्रमणको जोखिम बिच नियमित उपचार सेवा दिदै आएको छ ।

कोरोना संक्रमणका बेला समेत उपचार केन्द्रले जोखिमका बिच २४ घण्टे सेवा दिएर आफुहरुलाई नयाँ जिवन दिएको उपचारका लागी आएका सर्प दंशका बिरामीहरु बताउँछन । यो संक्रमणका बेला अन्य स्थानका उपचार केन्द्र खुल्ने नखुल्ने अन्योलको अवस्था रहेकाले बुटवल नगई उपचारका लागी कपिलवस्तुको सर्पदंश उपचार केन्द्र आएको जिल्लाको बाणगंगा नगरपालिका ८ मधुवनका सर्पदंशका बिरामी नारायण अधिकारीले बताए । “अरु ठाँउमा कोरोना संकटका बेला सेवा दिन्छन दिन्नन थाहा थिएन । यहाँ २४ घण्टानै पक्कै उपचार हुन्छ भनेर गत राती सर्पले टोके पछि यहाँ आएको हुँ ।” अधिकारीले भने । संकटका बेलामा समेत केन्द्रका कर्मचारीले स्तरीय सेवा दिएको भन्दै उनले धन्यबाद दिए । उनी जस्तै अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ का मोहन बिसीले आफुलाई हरियो सर्पले टोके पछि चार दिन केन्द्रमा पुगे पछिनै सहि उपचार पाएको बताए ।

उपचार केन्द्रले गत बर्ष ६ सय ६५ जनाको उपचार गरेको थियो । यस बर्ष कोरोना संक्रमणको लकडाउनका बिच असार महिनाको हाल सम्मको अबधीमा १ सय ८३ जनाले उपचार पाएका छन । त्यसै गरि समयमै केन्द्रमा नपुर्याएका कारण यो बर्ष सर्पदंशका तिन बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमणका बिचमा पनि सर्पदंशका बिरामीलाई बचाउनकै लागी आफुहरुले नियमित सेवा प्रवाह गरेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र, गोरुसिङ्गेका व्यवस्थापक नविन भण्डारी बताउँछन । कोरोना माहामारी सँगै सर्पदंशको घटना बढने सिजन भएका कारण आफुहरुले जोखिम मोलेरै उपचार सेवा दिदै आएको भण्डारीले स्पष्ट पारे । “कोरोना संक्रमणबाट बच्ने प्रयास गर्दै सेवा दिएका छौ ।

हामीलाई पनि जोखिम नै छ, तर बिरामी उपचार नगर्ने हो भने कतिपयको अकालमै ज्यान जान सक्न । त्यसैले जोखिम बिच सेवालाई निरन्तरता दिएका छौं ।” उनले भने । उपचार मात्रै नभई सर्पदंशबाट बच्नका लागी अपनाउनु पर्ने सावधानीका उपाय बारेको सचेतनाको कार्यलाई समेत निरन्तरता दिईएको केन्द्रका व्यवस्थापक भण्डारीले जनाए ।बुद्धभुमी नगरपालिकाले उपचार केन्द्रको सेवा प्रवाहलाई सहज बनाउन कर्मचारी व्यवस्थापन, पुर्वाधार निर्माण र एम्बुलेन्स सञ्चालन गरि सहयोग पुर्याउदै आएको छ । कोरोना संक्रमणको जोखिमका बिचमा पनि सर्पदंश उपचार केन्द्रका कर्मचारीले २४ घण्टानै खटिएर सेवा प्रवाह गर्दै आएको बुद्धभुमी नगरपालिकाका प्रमुख केशव श्रेष्ठ बताउछन । प्रदेश ५ मै सर्पदंशका बिरामीलाई उत्कृष्ट सेवा प्रवाह गर्दै आएको केन्द्रको व्यवस्थापन चुस्त बनाउन जिल्लाका सबै पालिकाका प्रमुख सदस्य रहने तथा संघिय र प्रदेश सभा सदस्य सल्लाहकार रहने गरि समतिी निर्काण गरेर अगाडी बढिएको प्रमुख श्रेष्ठले जानकारी दिए । “यो कोरोना संक्रमणको जोखिमका बिच पनि उपचार केन्द्रमा निरन्तर सेवा प्रवाह गर्ने बातावरण बनाउन पहल गरेका छौ । सेवाको निरन्तरताका लागी आवश्यक सहयोग, सहकार्य र समन्वय गर्न तत्पर छौ ।” उनले भने ।

उपचार केन्द्रमा कपिलवस्तु, रुपन्देही, अर्घाखाची, प्युठान, दाङ्ग र रोल्पा जिल्लाका सर्पदंशका बिरामी उपचारका लागी आउने गरेका छन । बुद्धभुमी नगरपालिकाको व्यवस्थापनमा नेपाली सेनाको नारायण दल गणको स्वास्थ्यकर्मीको प्राबिधीक सहयोगमा १७ बर्ष अघि देखी निरन्तर सेवा दिदै आएको छ । केन्द्रमा नेपाली सेनाका दुई जना प्राबिधिकको जनशक्ति २४ घण्टा सेवा दिन खटिने गरेका छन । उपचार केन्द्रको पुर्व पश्चिम राजमार्ग स्थित गोरुसिंगे बजारको मुख्य सडकमा १० शैया क्षमताको आफनै भवन छ । २०६० सालमा शसस्त्र द्वन्दकालिन अवस्थामा नेपाली सेनाको व्यारेक भित्र आम जनताको आवतजावतले सुरक्षा संबेदनशिलतामा प्रभाव परि सर्पदंशका घटनालाई उपचार गर्न समस्या पर्दा सो केन्द्र स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?