ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

प्रदेशलाई खुला दिसा मुक्त बनाउन कपिलवस्तु बाधक

२२ बैशाख २०७६, आईतवार
२२ बैशाख २०७६, आईतवार

प्रदेश नम्बर ५ लाई खुला दिसा मुक्त बनाउने अभियानको बाधकको रुपमा कपिलवस्तु जिल्ला देखिएको छ । कपिलवस्तु नगरपालिकाको नगरस्तरीय सरसफाई स्वच्छता समन्वय समिती सँगको छलफलका क्रममा खानेपानी, सरसफाई तथा ढल व्यवस्थापन बिभागको टोलीले सो जानकारी दिएको हो ।
सो अवसरमा बोल्दै बिभागका समाजशास्त्री भोजेन्द्र अर्यालले कपिलवस्तु जिल्लाकै कारण प्रदेश ५ खुला दिसा मुक्त हुन नसकेको बताए ।
“घोषणामा ढिलाईले अन्य स्थानमा समेत पुर्ण सरसफाइृका योजना सञ्चालनमा समस्या परेको छ ।” अर्यालले भने । हाल सम्म नेपालका करिब ५४ लाख घर धुरी मध्य ९९ प्रतिशत घरधुरीमा शौचालय निर्माण भै सकेको उनले जानकारी दिए । नेपालका ७७ मध्य ६४ जिल्ला घोषणा भएको ३ जिल्ला घोषणाको अन्तिम अनुगमनमा रहेको उनले जनाए । घोषणा हुन बाकी १३ जिल्ला मध्य कपिलवस्तु र बारा जिल्लाको प्रगती पुछारमा रहेको देखिएको छ ।
देशभरका घोषणा हुन बाकी १८ नगरपालिका मध्य कपिलवस्तुको कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिका तथा २२ गाँउपालिका मध्य यशोधरा र शुद्धोधन गाँउपालिका घोषणा हुन बाकी रहेको अर्यालले जानकारी दिए । जिल्लाको कृष्णनगर नगरपालिकामा अझै पनि २ हजार ८ सय घरमा शौचालय बन्न नसकेको स्पष्ट पार्दै नगरपालिका सँगको छलफलमा यहि जेठ महिना भित्र खुला दिसामुक्त घोषणा गर्न नगरपालिकाले प्रतिबद्धता जनाएको अर्यालले जानकारी दिए । सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका वास फोकलपर्सन बलराम न्यौपानेले नगरपालिकाको १२ मध्य ९ वटा वडा खुला दिसामुक्त भएको जानकारी दिए । बाकी रहेका वडा नम्बर ४,५ र ६ मा ५ सय ३१ घरधुरीमा शौचालय निर्माणाधिन अवस्थामा रहेको र ७ सय ९३ घरधुरीमा शौचालय निर्माणको कार्य अगाडी बढाउन आबश्यक योजना अगि बढाईएको न्यौपानेले जनाए ।
बिभागका बरिष्ठ समाजशास्त्री कमल अधिकारीले अभियानलाई दु्रत रुपमा अगाडी बढाउन घरधुरीको तथ्याङ्क संकलन, सरोकारवाला नशांकन, सुक्ष्म योजना निर्माण र कार्यान्वयन, अनुगमन तथा निगरानीमा ध्यान दिन आवश्यक रहेको बताए । अभियान सफल पार्न वडास्तरीय सुक्ष्म योजना बनाई बस्तीस्तरमा कार्यान्वयन गर्नु पर्ने सुआहाराका जिल्ला संयोजक लवहरी बुढाथोकीले सुझाव दिए । डिभिजन खानेपानी सरसफाई कार्यालय कपिलवस्तुका प्रमुख राजकुमार चौधरीले कपिलवस्तुलाई खुला दिसामुक्त बनाउने अभियान सफल पार्नका लागी छुटेका स्थानमा सबै सरोकारवालाले ध्यान दिन आवश्यक रहेको बताए ।
आफूहरु अहिले कृष्णनगर नगरपालिकामा बढि केन्द्रित रहेको उनले स्पष्ट पारे । कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले कपिलवस्तु नगरपालिकामा २०६८ सालबाटै शुरु भएको अभियान पछिल्लो समय दु्रत गतिमा बढेको बताए । खुला दिसामुक्त अभियान नगरपालिकाको प्रतिष्ठाको बिषय समेत रहेकाले नगरपालिका सो बिषयमा गम्भिर भएर लाग्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा उपस्थित सरोकारवालाले कपिलवस्तु नगरपालिकालाई अषाढ १५ गते भित्र खुला दिसामुक्त घोषणा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।
कपिलवस्तु नगरपालिकालाई आफनो कार्यकालमा खुला दिसामुक्त घोषणा गर्न पाउनु आफुहरुका लागी समेत सम्मानको बिषय भएकाले अभियान सफल पार्न कुनै कसर बाकी नराखिने उपप्रमुख लक्ष्मी गुप्ताले प्रतिबद्धता जनाईन । कार्यक्रममा सहभागी वडा अध्यक्षहरु गैरे, रावेन्द्र त्रिपाठी, दिरेप कुमार चौधरी, ओम प्रकाश पाण्डेय र वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष दुर्गेश पाण्डेयले घोषणा अभियान सफल पार्न पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कपिलवस्तु जिल्लाका १० स्थानिय तह मध्य हाल सम्म ६ स्थानिय तह खुला दिसामुक्त घोषणा भै सकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?