ट्रेंडिंग:

>> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो

चैतभित्र नसके हर्जना

१२ पुष २०७५, बिहीबार
१२ पुष २०७५, बिहीबार

निर्माणाधीन बुटवल–बेलहिया ६ लेन सडक आगामी चैतभित्र पूरा नभए निर्माण कम्पनीहरुले हर्जना तिर्नुपर्ने भएको छ । व्यापारिक मार्ग बिस्तार आयोजनाले ठेकेदार कम्पनीहरुलाई अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्म म्याद दिएको र यो अवधिमा पनि निर्माणको काम नसके प्रत्येक दिनको हर्जना तिराउने भएको हो ।
“थपिएको म्यादभित्र सडकको निर्माणको काम पूरा नभए निर्माण कम्पनीले ०.०५ प्रतिशत प्रतिदिनको हिसावले हर्जना तिर्नुपर्ने छ”–आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले भने । सडक निर्माणमा ढिलाई हुँदा बुटवल–भैरहवा यात्रा गर्ने सयौं यात्रु धूलोको प्रत्यक्ष मारमा परेका छन् ।
गएको दसैंसम्म निर्माण सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गरिने बताइए पनि फेरि आउँदो चैतसम्मको म्याद ठेकेदारलाई दिइएको छ । २७ किलोमिटरको यो सडकको अझै १५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । निर्माणको काम बाँकी क्षेत्रमा चार ठेकेदार कम्पनीले गरिरहेका छन् । भैरहवाको अञ्चलपुरदेखि लखनचोकसम्म सडक निर्माणको ५० प्रतिशत मात्रै पूरा भएको छ । यो क्षेत्रमा श्रेष्ठ एपेक्स जेभीले काम गरिरहेको छ ।
टेलिकम्युनिकेशन इन्डिया लिमिटेड (टीसीआईएल) ले दुई ठाउँ (मणिग्रामदेखि सुनैनापथसम्म र मधवलियादेखि लखनचोकसम्म) मा काम गरिरहेको छ । यसमध्ये मधवलियादेखि लखनचोकसम्म ६८ प्रतिशत मात्रै काम सकिएको छ भने मणिग्रामदेखि सुनैनापथसम्म ७५ प्रतिशत काम सकिएको छ । त्यस्तै कालिका रायमाझी जेभीले भलवारीको सुनैनापथदेखि मधवलियासम्म काम गरिरहेको छ । उसले ८० प्रतिशत भन्दा बढी काम सकेको छ । आयोजनाका इन्जिनियर अधिकारीले चैतपछि म्याद नथपिने, यदि थप्नै परे प्रत्येक दिनको हर्जना तिराइने बताए । “हर्जना तिर्नुपर्ने भएपछि निर्माण कम्पनीहरुले अहिले तीव्र गतिमा काम गरेका छन्, अहिलेकै अवस्था कायम रहे चैतसम्म कतिपय क्षेत्रको सर्भिस लेन बाहेक मूल सडक सकिन्छ”–उनले भने ।
व्यापारिक मार्ग विस्तार आयोजनाले ठेकेदार कम्पनीहरूलाई म्याद पटक–पटक थपिदिँदा २०६८ देखि निर्माण सुरू गरिएको सडक आठ वर्ष हुन लाग्दा समेत पूरा हुन सकेको छैन । म्याद पटक–पटक थपिदिने तर काम सक्न कुनै दबाब नदिँदा आयोजनाप्रति स्थानीयबासी रुष्ट छन् ।
आयोजनाका अनुसार हालसम्म २२ किलोमिटर सडक कालोपत्रे भएको छ । अब पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजनाको दाबी छ । तर, कालोपत्रे भएका सडकको सर्भिस ट्रयाक निर्माण कतिपय ठाउँमा बाँकी छ । डण्डा खोलामा दायाबायाँ पाँचसय मिटर सर्भिस लेन बनाउन बाँकी छ । त्यस्तै अञ्चलपुरदेखि लखनचोकसम्म पनि सर्भिस लेनको काम पूरा भएको छैन । निर्माण सामग्रीको अभावले सर्भिस लेनको काम अगाडि बढ्न नसकेको इन्जिनियर अधिकारीले दावी गरे ।
ठेकेदार कम्पनीहरूलाई काम तीव्र रूपमा गर्न दबाब दिएको उनले बताए । “नियममा पाउने बाहेक ठेकेदारलाई म्याद बढाएका छैनौं”–उनले भने–“अनुगमन र दबाब तीव्र पारेका छौं ।”
४० करोड बजेट अपुग
बुटवल–बेलहिया ६ लेन सडक बिस्तार आयोजना निर्माणमा ५ अर्व ८६ करोड लागत इस्टिमेट गरिएको थियो । अहिलेसम्म यो सडक बिस्तारमा ४ अर्व ६० करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न गर्न झण्डै ४० करोड रुपैयाँ अपुग हुने देखिएको छ । २० वटा आकाशे पुल निर्माणको योजना भएकोमा १० वटाको मात्रै ठेक्का भइ काम अगाडि बढेको छ । १० वटा पुलको ठेक्का नै हुन बाँकी छ । अव यसको ड्रोइन डिजाईन (नक्सांकन) गरिसकेपछि थप बजेट प्रस्ताव गरिने इन्जिनियर अधिकारीले बताए । बुटवलको सडक बिस्तारको काम भने सर्वोच्चको आदेशले रोकिएको छ । आयोजनाले अदालतको आदेशबारे पुनरावलोकनको निवेदन दिएपनि उक्त निवेदन अझै विचाराधीन छ । बुटवल सडक बिस्तारमा पुनरावलोकनबारेको आदेश आयोजनाले पर्खिरहेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?