ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

भन्सारलाई जग्गा खोज्दै

१५ मंसिर २०७५, शनिबार
१५ मंसिर २०७५, शनिबार

देशभरका १ सय ४३ छोटी भंसारहरू मध्ये स्तरोन्नति गरि मुल भन्सार कायम गरिएको सुठौली भन्सारका लागि सीमा क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा खोजी गर्ने कार्यको पहल शुरु गरिएको छ ।
हाल रहेको भन्सारको कार्यालय मर्यादपुर सीमा क्षेत्र भन्दा १ किलोमिटर उत्तर रहेकाले स्तरोन्नति भएको भन्सारका लागि सीमा क्षेत्रमै जग्गा खोजी गर्न थालिएको हो । यस अघि ५ वटा छोटी भन्सारलाई स्तरोन्नति गरि मुल भन्सार बनाउने निर्णय पछि गत असोज ८ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भन्सारको उद्घाटन गरेका थिए । मुलमा स्तरोन्नतिको निर्णयपछि बिभागले आवश्यक कर्मचारीलाई भन्सारमा खटाए पनि आवश्यक भौतिक पूर्वाधारको अभावले भन्सारदेखि सीमा नाकासम्म मालबाहक सवारीको जाँचपाँसका क्रममा आवागमन प्रभावित हुँदै आएको छ । भन्सार बिभागले खटाएका कर्मचारीले आवश्यक जग्गा खरिद प्रक्रियाका लागि सम्बन्धित जग्गा धनीलाई सम्पर्क गरे पनि जग्गा खरिदका लागि दुबै पक्ष बीच कुरा मिल्न नसक्दा सुठौली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तिर्थराम पासवान नेतृत्वको भन्सार कर्मचारीको टोलीले जग्गा खरिद प्रक्रियामा सहयोग गर्न गाउँपालिका सँग समन्वय शुरु गरेको छ । भन्सारको टोलीले गाउँपालिकासँग समन्वय गरे सँगै गाउँपालिका अध्यक्ष गृजेश कुमार पाण्डेय नेतृत्वको दुबै टोलीले खरिद गर्नुपर्ने जग्गा रहेको स्थलको अवलोकन गरेको हो ।
यसअघि गाउँपालिकामा छलफल गर्दा प्रमुख भन्सार अधिकृत तिर्थराम पासवानले आफूहरूले जग्गाधनीसँग कुरा गर्दा धेरै मूल्य बताएको र कतिपय जग्गाधनीले जग्गा दिन ईन्कार गरेको बताए । “सीमा जोडेर निर्माण गर्नुपर्ने यार्ड, चेकपोष्ट र सुरक्षा चेक पोष्ट निर्माणका लागि करिब ५ बिगाहा बढि जग्गाको आवश्यकता पर्ने हुन्छ । भविष्यमा नेपाल भारतको संयुक्त भंसार सञ्चालन गर्नु पर्ने अवस्थालाई मध्यनजर गरि जग्गा खरिद गर्ने प्रक्रियामा छौं,” उनले भने । “जग्गा अधिकरणका प्रक्रियामा जानु भन्दा स्थानीय तहको पहल कदमीमा जग्गा खरिदको प्रक्रियामा जाने योजनामा छौं । समयमै जग्गा प्राप्ति नहँुदा भौतिक पूर्वाधार अभावले काम गर्न समस्या परेको छ,” उनले थपे । सम्बन्धित जग्गाधनीलाई चित्त बुझाएर जग्गा प्राप्तिको पहल गर्न आवश्यक रहेको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय बताउँछन् ।
“भंसार चोरी निकासी रोक्नका लागि समेत स्थानीयको सहयोग आवश्यक पर्छ । त्यसैले जग्गा प्राप्तिको प्रक्रिया सम्बन्धित जग्गा धनीको चित्त बुझाएर चलनचल्ती अनुसार अगाडि बढाउनु पर्छ । ” पाण्डेयले भने । स्तरोन्नती गरिएको भंसार सञ्चालनका लागी सम्बन्धित जग्गाधनी र भंसार बिच सहजीकरण गर्ने जानकारी दिँदै चलनचल्तीको दररेट अनुसार भंसारका लागि जग्गा प्राप्त गर्नका लागी आफूले समन्वय गर्ने यशोधरा गाउँपालिकाका अध्यक्ष गृजेश कुमार पाण्डेयले जानकारी दिए । “आवश्यक पर्ने जग्गाको निक्योल गरि सम्बन्धित जग्गा धनीको पहचान गरेर दुबै पक्ष बिच छलफल गराई भंसारका लागी जग्गा प्राप्ती गर्ने बातावरण बनाउन पहल गर्छौ । ” गाँउपालिका अध्यक्ष पाण्डेयले भने । यस अघि सुठौली छोटी भंसार सगै चाकलचौडा भंसार सञ्चालन गरिएको भए पनि अब सुठौली भंसार मातहत चाकलचौडा, गौरा, दोहनी र रंगपुर छोटी भंसार सञ्चालनमा आउने छन । सुठौली भंसारको स्तरोन्नती सँगै गौरा, दोहनी र रंगपुर छोटी भंसार सञ्चालनमा ल्याउने तयारी शुरु गरिएको जनाईएको छ । सुठौली भंसारमा चार महिना अघि नै बैज्ञानिक प्रबिधीको आशिकुडा प्रबिधी शुरु भई सकेको छ । गत आर्थिक बर्षमा सुठौली छोटी भंसार कार्यालयले २५ करोड ५३ लाख ५७ हजार भंसार राजश्व असुली गरेको भए पनि भंसार स्तरोन्नती पश्चात भौतिक पुर्वाधार अभावकै कारण चालु आवमा भंसार बिभागले सुठौली भंसारलाई १५ करोड रूपैयाँको राजश्व असुलीको लक्ष्य दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?