Logo
१४ जेष्ठ २०८०, आईतवार

सांसद  चन्द्र भण्डारी कुर्सीमा बस्न र हिंड्न सक्ने भए


बुटवल,१० चैत । ग्यास सिलिण्डर लिक भएर शरीर जलेपछि भारतमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
उपचारको ३६औँ दिनसम्म आइपुग्दा बिहीबार भण्डारीले अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरू गरेका भण्डारी निकट माधव न्यौपानेले जानकारी दिए । ‘आज अरुको सहयोगमा आफैँ कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो’ न्यौपानेले भनेका छन् ।
भण्डारीले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको पनि बताइएको छ । कलमी गरेको छालाले राम्रो काम गरेकाले चाँडै निको हुने विश्वास लिइएको छ । फिजियोथेरापी पनि क्रमिकरूपमा भइरहेको छ ।

संक्रमण हुन नदिन अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाटमा रोक लगाएका छन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका उनको भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार भइरहेको छ । सोही आगलागीमा परेर भण्डारीकी आमाको भने मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस   >>   लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयक पेश हुँदै   >>   भारत भ्रमणबारे प्रधानमन्त्रीले सामूहिक छलफल गर्दै