ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

कपिलवस्तु यातायातको साधारणसभामा बिबाद

१४ मंसिर २०७५, शुक्रबार
१४ मंसिर २०७५, शुक्रबार

सरकारले यातायात सिण्डिकेटमा कडाई गरेसँगै समितीका पदाधिकारीले कपिलवस्तु यातायातका नाममा बैङ्कमा रहेको रकम झिकेर व्यक्तिगत खातामा राखेको भन्दै बिवाद भएको छ । कपिलवस्तु यातायातको १७ औं साधारणसभामा प्रस्तुत आय व्यय बिवरणमा समितीका सदस्यले बिरोध जनाएका हुन । समितिका सदस्यहरूको बिवादले साधारणसभामा केहि समय भनाभन र हात हालाहालको अवस्था तयार भएको थियो । पछिल्लो समय समितीका एक समुहले हालको कार्य समितीले अनियमितता गरेको आरोप लगाउँदै साधारणसभा र अधिबेशनको माग गर्दै आएको थियो । बिहिबारका लागी तोकिएको साधारणसभा अन्योलताका बिच शुरु गरिएको थियो । साधारण सभा शुरु भए पश्चात मात्रै सभास्थलमा गत आर्थिक बर्ष २०७४÷७५ को आर्थिक प्रतिबेदनको फोटोकपी सदस्यलाई उपलब्ध गराईएको थियो । साधारणसभामा कोषाध्यक्ष राधेश्याम बरईले गत आवको ३२ लाख ६२ हजार ६ सय ३ रूपैयाँ बराबरको आय व्यय प्रतिवेदन पेश गरे । प्रतित्रेदन पेश गर्ने क्रममा बैङ्क मौज्दात ३६ हजार ९ सय मात्रै देखाईए पछि कपिलवस्तु यातायात सम्बद्ध व्यवसायी साधारणसभामै बिरोधमा उत्रिएका हुन् । दैनिक १० हजारका दरले मासिक ३ लाख हाराहारीको रकम सवारीको चलानी मात्रैबाट उठ्ने भए पनि हालको बैङ्क मौज्दात न्युन देखिनु अनियमितता भएको भन्दै व्यवसायी आक्रोशित बनेका थिए ।
व्यवसायी आक्रोशित बने पछि कोषाध्यक्ष राधेश्याम बरईले सरकारले सिण्डिकेटका नाममा सरकारले कडाई गरेकाले बैङ्कको रकम झिकी पेश्की देखाईएको जनाए । “सरकारले सिण्डिकेट भयो भन्दै खाता नै रोक्का गर्न थालेपछि रकम निस्किदैन कि भनेर यातायात व्यवसायीका नाममा पेस्की दिएका हौं,” उनले सभास्थलमै भने । उनले गत आवको अबधीमा ३३ सवारीधनीका नाममा १६ लाख ७१ हजार ९ सय २३ रूपैयाँ पेश्की रहेको जनाए । सोही क्रममा समितीकै महासचिव अमृता खड्काले आफूहरूलाई अध्यक्ष र कोषाध्यक्षले आम्दानी खर्चको हिसाब नदिएको बताईन । गत आवको आय व्ययमा हस्ताक्षर गरेकी उनले आफूलाई आर्थिक बिवरण थाहा नभएको बताए सगै व्यवसायीले अडिट बिवरणमा किन हस्ताक्षर गरेको भन्दै प्रश्न गरे उनले आफुले अडिट प्रयोजनका लागी हस्ताक्षर गरे पनि हिसाब किताब जानकारी नभएको र आफुले लिएको पेश्कीको खर्च गरि हिसाब मिलानको तयारीमा रहेको भन्दै बचाउ गरिन । आय व्यय बिवरणमा सबै भन्दा बढि महासचिव अमृता खड्काको नाममा २ लाख ९४ हजार ९ सय ९७, अध्यक्ष मोहम्मद ईनामका नाममा २ लाख ४३ हजार ६ सय ५४ रूपैयाँ र कोषाध्यक्ष राधेश्याम बरईको नाममा १ लाख ५० हजार ७ सय पेश्की देखिएको छ । “दैनिक आम्दानीको अवस्था हेर्दा समेत आय व्यय बिवरण चित्त बुझदो छैन । हरेक खर्चका बिल भरपाई हरेक सदस्य बीच राखेर मात्रै समस्या समाधान हुन्छ,” समिति आबद्ध सदस्य मोहम्मद अहमदले भने । बार्षिक ३० लाख बढि रकम संकलन हुने समितिको बैङ्क मौज्दात ३६ हजार देखाउनुका साथै रकम अपारदर्शि रूपमा समितिका पदाधिकारीले प्रयोग गरेको भेटिए पछि साधारणसभामा बिरोध जनाएको समितीका साधारण सदस्य मोहम्मद ईस्तियाकले आरोप लगाए । “बैङ्कमा भएको समितिको खाताको रकम झिकेर अध्यक्ष र कोषाध्यक्षले परिवारको सदस्यको नाममा राखेका छन । हरेक बर्षका हिसाब किताव व्यवसायी बिच राख्नु पर्छ,” उनले थपे । समितीको बर्तमान बिधान बिपरितका पदाधिकारी राखिएको आरोप लगाउँदै समितीका पदाधिकारीले गरेका अनियमितताको यथार्थ छानबिन हुनुपर्ने सदस्यहरूले माग राखे । समितिका सदस्यले साधारणसभामा बिरोध गरे सगै मंसिर १५ गते समितीको अधिबेशन गर्ने तथा निर्वाचित कार्य समितीले आव व्यय बिवरणको हिसाब किताव लिने निर्णय गरिएको छ । आफुहरूले प्रस्तुत गरेको आय व्यय बिवरणमा सदस्यहरूलाई चित्त नबुझेको बताएकाले निर्वाचित समितीलाई आफुहरूले हिसाब किताव बुझाउने समितीका अध्यक्ष मोहम्मद ईनाम शेखले बताए । पछिल्लो समय सवारी दुर्घटनामा बृद्धि भएकाले आफुहरूले सवारी धनीका नाममा पेश्की दिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?