ट्रेंडिंग:

>> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

स्वयंसेवक कर्मचारी भर्ना प्रक्रियामा अन्यौल

११ मंसिर २०७५, मंगलवार
११ मंसिर २०७५, मंगलवार

प्रदेश पाँचमा स्वयंसेवक कर्मचारी भर्ना प्रक्रियामा अन्यौल देखिएको छ । कर्मचारी अभाव झेलिरहेको प्रदेश सरकारले अभाव टार्नका लागि भन्दै स्वयंसेवक भर्नाको तयारी गरेको छ । तर संघीय सरकारले कर्मचारी पठाएमा प्रदेशबाट भर्ना गरिएका स्वयंसेवक कर्मचारीको अवस्था के हुने भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन ।
सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीका अनुसार संघीय सरकारले स्र्वकृत दरबन्दी अनुसार सबै कर्मचारी पठाए यहाँबाट भर्ना गर्न लागिएको स्वयंसेवक कर्मचारीको अवस्था के हुने भन्नेबारेमा केही योजना बनेको छ । “हामीले स्वयंसेवक कर्मचारीको रूपमा प्राविधिक जनशक्तिलाई केन्द्रित गर्दै कर्मचारी भर्नाको तयारी गरेका हौं, तर भर्ना गरिएपछि ती स्वयंसेवक कर्मचारीको ठाउँमा संघीय सरकारले कर्मचारी पठाएमा कार्यरत कर्मचारीलाई पनि निकाल्न मिलेन, यसमा समस्या देखिएको छ”–उनले भने ।
उनका अनुसार संघीय सरकारले अव छिट्टै नै कर्मचारी पठाउने आश्वासन दिएको छ । कर्मचारी समायोजन विधेयक मन्त्रिपरिषदमा गएको र त्यो पारित भएर टुंगिएपछि कर्मचारी समायोजनको काम सुरु हुने र प्रदेशमा कर्मचारी आउने आशा गरिएको पनि उनले बताए ।
प्रदेश सरकार यसबारेमा थप गृहकार्य गरी ठोस निर्णय गर्ने तयारीमा रहेको पनि मन्त्री चौधरीले बताए । प्रदेशका मुख्यमन्त्रीसँगै सबै मन्त्री तथा सांसदले संघीय सरकारले आवश्यक दरबन्दी अनुसारका कर्मचारी नपठाउँदा कार्यालय व्यवस्थापनदेखि सरकारका योजनाहरूलाई अगाडि बढाउन नसकिएको बताउँदै आएका छन् ।
एक महिनाअघि प्रदेश सरकारले प्रदेश ५ प्रदेश स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधि स्वीकृत गरेपछि स्वयंसेवक कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । तर संघीय सरकारद्वारा स्वीकृत दरबन्दी अनुसारका कर्मचारी प्रदेशमा खटिन आएमा यहाँबाट भर्ना भएका स्वयंसेवक कर्मचारीको अवस्था के हुने भन्नेबारे भने कार्यविधि मौन छ ।
सरकार गठन भएको ९ महिनासम्म पनि संघले दरबन्दी अनुसारका कर्मचारी पठाएको छैन । संघले कर्मचारी नपठाएपछि स्वयंसेवक कर्मचारी भर्नाका लागि प्रदेश सरकारले कार्यविधि बनाएको हो । तर सकरारका कतिपय अधिकारीहरू यो कार्यविधि अनुसार भर्ना गरिने कर्मचारीको अवधि दीर्घकालसम्म नरहने बताउँछन् ।
स्वयंसेवक कर्मचारी भर्नाका लागि प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको छ । उक्त बजेट सामाजिक विकास मन्त्रालय मार्फत खर्च गर्न सकिने कानुनी व्यवस्था छ । खासगरी भौतिक पुर्वाधार विकास मन्त्रालयलाई प्राविधिक जनशक्तिको अभाव छ । मन्त्रालयलाई इन्जिनियर र ओभरसियर गरी १ सय ५० जना प्राविधिक जनशक्ति आवश्यक देखिएका छन् ।
सामाजिक विकास मन्त्रालयले तय गरेको यो कार्यविधि मन्त्रिपरिषदबाट पारित भइ स्वयंसेवक भर्नाको बाटो खोलेपनि सकरारकै मन्त्रीहरू यसबारे अझै अलमलमै छन् । सामाजिक विकासमन्त्री सुदर्शन बराल केन्द्रबाट कर्मचारी नआउने हो भने स्वयंसेवक भर्ना गर्नुको विकल्प नरहेको बताए । जनशक्तिको अभावले प्रदेश सकरारले पहिलो चौमासिकमा पुँजीगत बजेट खर्च गर्न सकेको छैन । जनशक्ति, समय र संरचना नहुँदा प्रदेश सरकारले गत वर्ष पनि ८१ प्रतिशत बजेट खर्च गर्न सकेको थिएन ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?